घुम्टे युवा परिवार जापान शाखाद्वारा मल्मको विपन्न परिवारलाई आर्थिक सहयोग

-


     जनहित न्युज    
     भाद्र २३ गते २०८०


सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाद्वारा मल्मको विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्म टोकरीका जंग बहादुर चोखालको परिवारलाई संस्थाको सक्रियतामा जापानमा संकलित रकम ३ लाख ४७ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज बहादुर थापा, घुम्टे युवा परिवार केन्द्रिय समिति अध्यक्ष थम्मन थापा सन्देश र जापान शाखाका सदस्य प्रकाश थापाले रकम संयुक्त रुपमा जंग बहादुर चोखाल र उनकी धर्मपत्नी मोती चोखाललाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष राज बहादुर थापाले घुम्टे युवा परिवार स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहँदै जापानमा समेत शाखा स्थापना गरेर छोटो समयमै उदाहरणिय काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
विदेशमा रहेर पनि आफनो कमाईको केहि रकम समाजमा परोपकारी काममा सहयोग गरेर अतुलनिय योगदान पुराएको र आगामी दिनमा थप प्रभावकारी भुमिका निर्वाह गर्न सुझाव दिए ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष विष्णु थापा र घुम्टे युवा परिवार जापान शाखाका सदस्य प्रकाश थापाले मन्तव्य राखेका थियो ।
केहि समय यता टाउकोमा समस्या भई उपचार गराईरहनुभएका चोखाल परिवारलाई उपचारार्थ थौरै भए पनि राहत होस भन्ने उद्येश्यले परिवारको उज्जवल भविष्यको कामना गर्दै जापानमा रहेका शुभेच्छुकले उक्त रकम सहयोग गरेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।
राहत रकम ग्रहण गर्दै चोखाल परिवारले सहयोगी संस्था घुम्टे युवा परिवार जापान शाखा र सहयोगदाता सबैमा धन्यवाद गरे ।
समाजमा सामाजिक एकता अनि सदभाव कायम गर्न घुम्टे युवा परिवार जापान शाखाले विभिन्न समयमा परोपकारी कामहरु गर्दै आईरहेको जापानका कोषाध्यक्ष विष्णु थापाले बताए
वि.सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवारले समय समयमा स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।
कार्यक्रम घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?