गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजना गरिन लागेको दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।
Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिएको खेल संयोजक नारायण भण्डारीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले यसपटक दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन गर्न लागेको हो यस वर्ष १२ समूहका बिचमा प्रतियोगिता संचालन हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाई राख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको समाजका क्षेत्रीय अध्यक्ष रामु साहनीले बताए।
प्रतियोगितामा कोबे समाज, बोहोराफाँट समाज जापान, घुम्टे युवा परिवार जापान, सिजुओका जापान टिम, गलकोट समाज जापान ओसाका ए, एनवाईएससी जापान, ओएनएस जापान, कर्णाली प्रदेश ओकिनावा, गलकोट समाज जापान, एनआरएनए कान्साइ, गलकोट समाज जापान कान्साइ बि र गलकोट स्पोर्ट्स क्लब टोकियोको सहभागिता रहने बताईएको छ । खेल प्रचलित नियमानुसार खेलाइने बताईएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५५ हजार ५५५ नगदसहित गलकोट कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५५ हजार ५५५ सहित प्रमाणपत्रको पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ ।
सार्वजनिक गरिएको टाईसिट(Fixture) यस प्रकार रहेको छ ।