गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालमा एसिया प्यासिफ़िक क्षेत्रीय समितिको उप संयोजकका लागि श्रवण सत्यालले उम्मेदवारी दिएका छन्।
एनआरएनए आइसीसीका सदस्य समेत रहेका सत्याल जापानमा रहेर व्यावसायी गरि एक दशकभन्दा बढी समयदेखि एनआरएनएको अभियन्ता, साहित्यिक र वैचारिक संघ सस्थाका विभिन्न पदमा बसेर काम गरिसकेका छन्।
“अबको एनआरएनए साझा एनआरएनए भन्ने मान्यतालाई स्थापित गराउनका लागि डिआरसीमा उम्मेदवारी घोषणा गरेको हुँ ।” डिआरसीका प्रत्यासी सत्यालले भने-“लामो समयसम्म एनआरएनएका साथै सामाजिक सेवाका सबैखाले गतिविधिमा सरिक भइसकेका छु यस भित्रका आरोह र अवरोह देखेर नै केही संस्थागत परिवर्तनका लागि नै नेतृत्वमा आउन लागेको हुँ।”
रचनात्मक कामको सुरूवात गर्नुपर्छ भन्ने सोच राख्ने प्रत्यासी सत्यालले संस्थाको विकाससँगै विभिन्न विकृति पनि बढ्दै गएकाले विकृतिलाई रोकेर सकारात्मक कामका लागि नौलो प्रयोग गर्न आफूले एनआरएनएको अभियानलाई निरन्तरता दिनका लागि डीआरसीमा उम्मेदवार दिएको प्रष्ट पारे ।
उनले आफू जापान केन्द्रित रहेर एनआरएनएको अभियानमा सक्रिय भैरहदा एसियामा रहेका गैर आवासीय नेपालीहरूको हक हितको लागि क्रियाशील रहि एनआरएनएका लागि केही उपयोगी काम गर्ने बाचा समेत व्यक्त गरे।
‘प्रवासमा रहदा आफूले भोगे जानेका ज्ञानको सदुपयोग गर्ने मेरो उद्देश्य हो,’ उनले भने-समाजको निम्ति केही दिन आउने भन्ने प्रमाणित गर्न र सामुहिक भावनामा हाम्रो अर्थात सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान बोकेर डीआरसीको पदमा उम्मेदवारी दर्ता गरेको हुँ ।