एनआरएनएलाई सबैको आशा र विश्वासको केन्द्र बनाउने योजनासहित कंडेलको डिआरसीमा उम्मेदवारी

-


     जनहित न्युज    
     भाद्र १ गते २०८०


गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा दिपक कंडेलले उम्मेदवारी घोषणा गरेका छन ।
जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील कंडेल विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका हुन ।
एनआरएनएको अभियानमा लामो समयदेखि सक्रिय कंडेल हाल उप संयोजक(डिआरसी) पदमा रहेर क्रियाशील रहेकोले आफू सो पदका लागि योग्य उम्मेदवार रहेको उनको दाबी छ । ‘विगतको विषेश परिस्थितिमा म डीआरसीमा रहेतापनि मैले सोचेअनुरूप कार्य गर्ने वातावरण नभएकोले यस पटक सबैको साथ र सहयोग रहेकोले सोहि पदमा आउन लागेको छु ।” प्रत्यासी कंडेलले भने ।
निर्वाचनका लागि कंडेलले प्रवासमा नेपाली सस्कार सस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानीज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने लगायतका चुनावी एजेण्डाहरु उनले अगाडि सारेका छन ।

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजकका उम्मेदवार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभई नेपाल र नेपालीका लागि रचनात्मक कार्य गर्नका लागि भएको जिकिर गरे ।एसियाका एनआरएनए नेपालीलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बागलुङको बिँहुमा जन्मिएका कंडेल हाल जापानमा व्यावसायीको रूपमा कार्यरत रहेका छन । विभिन्न सामाजिक र व्यावसायिक संघ संस्थामा आवद्द कंडेलले समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई समन्वय र सहकार्यमा गर्नुपर्छ भन्ने मान्यता राखी कुनै पदमा बसेर आफ्नो पदको मर्यादा अनुरूप समाज सेवा गर्नुपर्ने उनको मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?