राष्ट्रिय समाचार

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै  मुस्किल

बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ ।  आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरू पेसा रोजेका हुन् । “पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी,… पुरा पढौ

जमराको जुस सेवनका फाइदा

दसैँमा टीका र जमराको आफ्नै धार्मिक मान्यता छ। तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ। त्यसैले पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ। जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनले पुष्टि गरेका छन्। जमराको… पुरा पढौ

एमडीएमएसमा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो । यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो । यसअन्तर्गत आईफोन र… पुरा पढौ

सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर कति हुनुपर्छ ?

हाल सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्ष हुनुपर्ने कानुनी मान्यता रहेको छ। यद्यपि पछिल्लो समय सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्षभन्दा कम हुनुपर्ने र १६ वर्षसम्म राखिनुपर्ने विषयमा बहसहरु भइरहेका छन्। भारतमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालिग मानिँदैन।भारतको इण्डियन मेजोरिटी एक्ट-१८७५ का अनुसार १८ वर्ष पुगेको व्यक्तिलाई बालिग मानिएको छ। भारतको संविधानको ६१ औं संशोधनले पनि १८ वर्ष पुगेपछि मतदानको अधिकार र ड्राइभिङ लाइसेन्स बनाउन पाउने अधिकार दिइएको छ। त्यसैगरी बाल विवाह निषेधसम्बन्धी नियम २००७… पुरा पढौ

परम्परागत हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने

परम्परागत रुपमा मनाउदै आइएको ताराखोला गाउँपालिका वडा न ३ हिलको हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने भएको छ । त्रिशुली युवा क्लबको आयोजना र फ्रेन्ड सर्कल ताराखोला जापानको सह आयोजनामा मंसिर ३ देखि ७ गतेसम्म विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ हरिबोधनि एकादशी मेला आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष जीवन बस्नेतले जानकारी दिए । मेलाको अबसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल,वडास्तरिय भुपु भलिबल ,खुल्ला धनुषबाण, C लेभल ब्याडमिन्टन प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिताको आयोजना गरिएको फ्रेन्ड सर्कल… पुरा पढौ

रामकुमारी झाँक्रीको त्यो अभिव्यक्ति र एनआरएनएको ‘नेपाली पारा’

११ औँ महाधिवेशनबाट विभाजित भएसँगै यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए)बारे विभिन्न टिप्पणी भइरहेका छन् । विभाजनअघि नै एनआरएनएको गलत प्रवृत्तिबारे रामकुमारी झाँक्रीको अभिव्यक्ति चर्चित बनेको थियो । गत बुधबार ११ औं महाधिवेशनमा नागरिकता तथा मताधिकार सेसन अन्तर्गत अतिथिको रुपमा बोलाइएका थिए–नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, पूर्व उपसभामुख चित्रलेखा यादव, पूर्व सांसद सूर्य पाठक, नागरिकता टास्क फोर्सका दुर्गा पाठक लगायत । सो क्रममा गैरआवासीय नेपालीहरुलाई राजनीतिक र मताधिकारबाहेकको नेपाली नागरिकता दिने निर्णयविरुद्ध बेलायतका केही एनआरएनएहरुले अभिव्यक्ति दिए । उनीहरुले वंशजको… पुरा पढौ

दशैंभर मौसम सफा रहने

दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने छ ।मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि दशैंभर मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । मौसमविद्… पुरा पढौ

विजया दशमीको टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।  विजयादशमी आफैँमा शुभ दिन भएकाले आज… पुरा पढौ

रानीमहल नजिकै जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

पाल्पाको तानसेन रानीमहल सडक खण्डमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज साँझ ५ बजे जीप दुर्घटना भएको हो । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् । दुर्घटना अप्ठ्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ… पुरा पढौ

कालीगण्डकी किनारमाबालुवा चाल्ने मजदुरलाई आएन दशैँ !

गाउँ–शहरमा दशैँ छाइसकेको छ । धेरैलाई दशैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभाष छैन । दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपाली दशैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भने, ‘पैसा नभइ दशैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने… पुरा पढौ