राष्ट्रिय समाचार

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।  म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताए । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुनुहुन्छ ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर… पुरा पढौ

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

-राम थापाकास्की । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा… पुरा पढौ

तिहारमा सुनसान छन् गाउँघर

‘पहिले-पहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’ उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्म थलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले… पुरा पढौ

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो। विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ। टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ। १०२ वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए। दरबारको बारदली, झ्याल,… पुरा पढौ

दुई महीनामा वैदेशिक रोजगारीमा एक लाख १७ हजार विदेशिए, दुई खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो

नेपालको अर्थतन्त्र रेमिटेन्सले धानेको विषय अब नयाँ रहेन। नेपाली युवाले वैदेशिक रोजगारीबाट कमाएको धनले नेपालको वैदेशिक मुद्राको सञ्चिति थेगेको मात्रै छैन, आन्तरिक माग बढाएर अर्थतन्त्र चलायमान बनाउन पनि मद्दत पुगेको छ।युवा जनशक्तिको वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै नेपाल भित्रिने रेमिटेन्स रकममा पनि उल्लेख्य वृद्धि भइरहेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महीना अर्थात् साउन र भदौमा नेपालमा रु. दुई खर्ब ६३ अर्ब रेमिटेन्स भित्रिएको… पुरा पढौ

पक्राउ परे रवि लामिछाने

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै… पुरा पढौ

कलिला छोराछोरी छाडेर श्रम गर्न विदेसिँदै आमाहरू

दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, 'घर चलाउन, घरै छाड्नुपर्‍यो ।' घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो ।  कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्‌को कमाइले परिवार चलाउन सकेनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन… पुरा पढौ

अब विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले १० लाख राहत पाउने

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि भएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेलेले जानकारी दिएका छन । जस अनुसार अब मृतक परिवारले पाउँदै आएको राहत बढाएर… पुरा पढौ

बाबुले ६ वर्षीय छोरालाई भीरबाट खोलामा फालेर हत्या गरे

बागलुङमा बाबुले ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या गरेका छन् । ताराखोला गाउँपालिका घर भई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मतलाई मंगलबार साँझ भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।  केशवले बागलुङ नगरपालिका–३  को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । किस्मत घटनास्थलबाट २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।प्रहरीले हत्यामा संलग्न केशवलाई  मंगलबार साँझै नियन्त्रणमा लिएको छ । पुरा पढौ

पश्चिम नेपालको एउटा विशिष्ट दशैं संस्कृति नयाँ पुस्ताले बिर्सनै लागेको एउटा संस्कृति– बिहेको वर्ष ससुराली लैजाने ‘केरा–कुराउनी’

गुल्मीको रूरूक्षेत्र गाउँपालिका– ४ स्थायी घर भई हाल बर्दघाट नवलपरासीमा बस्दै आएका नेत्रप्रसाद पन्थ (९७) को विवाह गरेको वर्ष संवत् १९९७ सालमा १३ पाथी कुराउनी र केरा ससुरालीमा लगिएको थियो । १३ पाथी कुराउनी बनाउन दार्सिङबास–ठानिडाँडा (साविक गाविसको एउटा वडा)को दूधले नपुगेर २ पटकसम्म खोलापारिको गाउँ दिगामबाट दूध संकलन गरिएको नेत्रप्रसादले स्मरण गरे । ‘त्यो बेला सके धेरै, नत्र एक भारी केरा–कुराउनी अनिवार्य लैजाने चलन थियो । केरा–कुराउनी माइती पक्षले खाएपछि मात्र विवाह पाको (परिपक्व) भएको मानिन्थ्यो । केरा–कुराउनी लैजानु… पुरा पढौ