रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थप

-


     जनहित न्युज    
     कार्तिक २५ गते २०८१


सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थपिएको छ।

आइतबार जिल्ला अदालतले १३ दिन थप म्याद दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविलाई छुटाउन पार्टीका नेताहरू निरन्तर दबाबमा छन्। तर सफल भएका छैनन्।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?