नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु: पहिलो दिनमै २ हजार बढी प्रतिनिधिद्वारा नाम दर्ता

-


     जनहित न्युज    
     पौष २७ गते २०८२


पाली कांग्रेसको बहुप्रतिक्षित विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको संस्थापन पक्षको आलटालका बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सक्रियतामा यो विशेष महाधिवेशन आह्वान गरिएको हो।

प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार उद्घाटन सत्रको पहिलो दिन साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। आइतबार बिहान ८ बजेदेखि नै भृकुटीमण्डपको मूल गेटमा स्थापना गरिएको स्टलबाट दर्ता प्रक्रिया सुरु गरिएको थियो।

नाम दर्ताका लागि प्रति प्रतिनिधि एक हजार रुपैयाँ शुल्क तोकिएको छ। सचिवालय सदस्य युवराज पाण्डेका अनुसार, देशभरबाट आएका प्रतिनिधिहरूले नाम दर्ता गरी आफ्नो परिचय पत्र (कार्ड) लिने क्रम जारी रहेको छ।

महामन्त्रीद्वयको अग्रसरता र विधानको मर्म पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेपछि विधानको धारा १७ (२) बमोजिम यो अधिवेशन बोलाइएको हो। सभापति लगायत संस्थापन समूहले महाधिवेशन टार्न खोजे पनि पार्टीभित्रको बढ्दो दबाब र महामन्त्रीद्वय थापा र शर्माको अडानका कारण महाधिवेशन सम्भव भएको सहभागी नेताहरूले बताएका छन्।

कांग्रेसको शक्ति सन्तुलनमा चासो नेपाली कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। ५० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू पहिलो दिन नै दर्ता प्रक्रियामा सहभागी हुनुलाई पार्टीभित्रको संस्थापन इतर पक्षको बलियो उपस्थितिका रूपमा हेरिएको छ।

यो विशेष महाधिवेशनले पार्टीको नीति, नेतृत्वको कार्यशैली र आगामी चुनावी रणनीतिका विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ। भृकुटीमण्डप क्षेत्रमा अहिले कांग्रेस कार्यकर्ता र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?