बन्दुकधारीको गोली आक्रमणमा परेका जापानका पूर्व प्रधानमन्त्री आबेको उपचारका क्रममा मृत्यु 

-


     जनहित न्युज    
     असार २४ गते २०७९


जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका ६७ वर्षीय शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा स्टम्प भाषण गर्ने क्रममा एक बन्दुकधारीको गोली आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।
एलडीपी स्रोतका अनुसार गोली प्रहारपछि नारा मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरि कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा थिए।‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा उपाचारारत रहेका पूर्व प्रधानमन्त्री आबेको केहि समय अघि निधन भएको हो ।
आबे किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै जुलाई १० हुन लागेको उपल्लो सदनको चुनावमा उम्मेदवारको लागि भाषण दिइरहेका बेला उनीमाथि बिहान ११:२५ बजे गोली हानिएको थियो।

पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट एक व्यक्तिले गोली हानेर उपचारका लागि उनको हेलिकोप्टरबाट काशिहरा सिटीस्थित मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको थियो ।
विपद् व्यवस्थापन एजेन्सीका अनुसार २०२० सम्म प्रधानमन्त्री रहेका आबेमाथि भएको गोली आक्रमणबाट घाइते भएका उनको घाँटीको दाहिने भागमा रगत बगेको र छातीको देब्रे भागमा आन्तरिक रक्तस्राव भएको पुष्टि भएको थियो।
नारा प्रिफेक्चरल प्रहरीले घटनास्थल नजिकै बन्दुक जस्तो देखिने वस्तु बरामद गरी नारा प्रान्तका ४१ वर्षीय तेत्सुया यामागामीलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

हत्या प्रयासको आशंकामा नारा निवासी यामागामीलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।संदिग्ध व्यक्ति पहिले समुद्री आत्मरक्षा बलको सदस्य रहेको सरकारी स्रोतले जनाएको छ ।

बन्दुकधारी आक्रमणकारीलाई पक्राउ गर्दै प्रहरी
बन्दुकधारी आक्रमणकारीले आक्रमण पछिको अवस्था नियाल्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?