२६ औं लाङ्घाली साँझका लागि चर्चित कलाकार श्याम राना मगर र सम्झना लामिछाने मगर जापानमा

-


     जनहित न्युज    
     पौष २० गते २०८०


टोकियोमा नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रमका लागि चर्चित कलाकार श्याम राना मगर सम्झना लामिछाने मगर लगायतको प्रस्तुति हुने भएको छ।

नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ लाई साँगीतिक मय बनाउनका लागि मगर द्वयको साथमा चेतन घर्ती मगर दिपन थापा मगरसहित दर्जन बढी स्थानीय कलाकारको विविध प्रस्तुति रहने सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए।

मगरहरुको एतिहासिकतालाई झल्काउने र मगर संस्कृति परम्परालाई प्रवासमा रहँदा पनि निरन्तरता दिँदै दोस्रो पुस्तामा हस्तान्तरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ नियमित रुपमा लाङ्घाली साँझ गर्दै आइरहेका हौ। महासचिव ठाडा मगरले भने – मगरहरुको एतिहासिकता र मौलिक परम्परालाई निरन्तरता दिनका लागि जापानको प्रवासमा रहेका मगरहरूले आउदो जनवरी १३ तारिख शनिबारका दिन टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) को हलमा सक्रान्ति पर्व अवसर पारेर २६ औं लाङ्घाली साँझ गर्न लागेको हौ।

आफ्नो मौलिक कला संस्कृतिप्रति चासो जगाई राख्न र मगर जातीको उपस्थितिलाई अर्थपूर्ण बनाउनका लागि पनि कार्यक्रमको महत्व र आवश्यकता दुवै भएकोले सोहि दिन साँझ ५ बजेदेखि शुरु हुने लाङ्घाली साँझलाई भब्य रुपमा मनाउन लागिएकोले जापानमा रहेका मगर सहित सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि महासचिव ठाडा मगरले आग्रह गरे ।

२६ औं लाङ्घाली साँझको लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए ।

मगर जातीको संस्कार संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै विदेशमा रहेका नया पुस्तालाई समेत जोडेर परम्पराको पुस्ता हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको सङ्घका अध्यक्ष रामहरी खपांगी मगरले बताए।

हामी नेपाली संसारको जुनसुकै कुनामा पुगे पनि जहां हामी पुगेका हुन्छौ त्यहा हाम्रो कला, संस्कृति सबै पुगेको हुन्छ। अध्यक्ष खपाङ्गी मगरले भने – हाम्रो संस्कार र संस्कृति आफैमा महान् छन यी संस्कृति र रितिरिवाजलाई जिवन्त राख्दै पुस्ता हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो।

संस्कार र संस्कृतिसंग जोडिएका सकारात्मक पक्षलाई आत्मसात गर्दै विकृतिहरुलाई छोडेर अगाडि बढ्नु हाम्रो दायित्व रहेकोले आपसी भाईचाराको सम्बन्ध स्थापित गर्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने खपांगी मगरको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?