रङ्गमंच

जापानका मनोजको घर त गैरी गाँउ चर्चाको शिखरमा

मानिस बिभिन्न गतिविधीका कारण चर्चामा आउने गर्छन। कसै कसैमा त झन बहुआयामिक प्रतिभानै हुने गर्छ । त्यसै मध्येका एक हुन् मनोज केसी । अध्ययनको सिलसिलामा जापान आएका केसी उनको बहुआयामिक प्रतिभाका कारण चर्चामा छन्। जापानको नागोया शहरमा रहदैं आएका केसी विभिन्न सामाजिक गतिविधीमा कृयाशिल छन्। संगै उनि उत्कृष्ट भलिवल र फुटवल खेलाडी समेत हुन्। जापानमा भएका धेरै प्रतियोगिताहरुमा उनि बिजयी हुँदै पुरस्कृत भई सकेका छन्।स्वास्थ्यका लागी पनि खेल जरुरी छ , त्यसैले यस क्षेत्रमा पनि मेरो लगाव भयो केसी बताउँछन्… पुरा पढौ

अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २’को टिजर सार्वजनिक, सिनेमा अल जापानका २० भन्दा बढि सहरमा लाग्ने

“भ्यागुता हैन मेण्डक भन मेण्डक” युवा पुस्ताका प्रिय नायक अनमोल के सीको अप कमिङ फिल्म छडके २ मा उनले बोल्ने डायलक हो यो । क्रूर र रिसाह ग्याङ् स्टार अवतारमा अनमोल फिट देखिएका छन । एक मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनप्रधान लाग्छ ।टिजर रिलिजसंगै छडके २ को उत्सुकता अझ थपिएको छ ।  फिल्मको केन्द्रीय कथावस्तु र द्वन्द्वलाई टिजरले राम्रोसँग स्थापित गर्न सकेको छ । टिजरले पात्र चित्रण पनि खुलाएको छ । समग्रमा यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र… पुरा पढौ

तनहुँ जिल्ला अदालतबाट पाए पल शाहले सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । “तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उहाँले भन्नुभयो, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।” अभिनेता… पुरा पढौ

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ…

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा? गायिका नीरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य! प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा नीराले जवाफ फर्काएकी थिइन्– ‘हे...सब मरिन्छ, त्यही अन्तिम वर्षमाबाँचुञ्जेली बाँचम् न हर्षमा...’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै नीरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप भएकी छन्। २२ वर्षको अल्पायुमै उनको इहलीला सकिएको हो।  पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै नीराको मखमली आवाज पनि… पुरा पढौ

‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी निराको लागि भोलि नआउदै आकाशमै अस्ताइन

एकदिन अघि मात्रै ‘भोली पोरामा रमाईलो गर्नुपर्छ’ भन्दै फेसवुकमा स्ट्याटस लेखेकी दोहोरी गायिका निरा छन्त्यालसमेत आईतवारको विमान दुर्घटनामा परेको खुलेको छ। पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ। माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन । ‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भन्नुभएको रैछ । तर उसको कहिल्यै फोन… पुरा पढौ

जापानको सांगीतिक कार्यक्रममा प्रकाशले गाउदा परदेशी नेपाली दर्शकको भक्कानो छुट्यो, इश्वरले सबैलाई नचाए

एकातिर गीत र अर्कातिर गीतमार्फत सन्देशप्रद विचार राखेर गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका-२०२३ मा कलाकार प्रकाश सपुतले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई देशको वर्तमान अवस्थाका कारण लाखौ नेपाली जनशक्ति विदेशिन वाध्य हुनुपरेको बारेमा चोटिलो प्रहार गर्दै त्यस तर्फ विशेष ध्यान पुर्याउन आग्रह गर्दै भने- मेरो पनि हैन र यो देश मेरो पनि हैन र ……..प्रकाशले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर गीत संगीतमार्फत अनुनय गरे। विदेशमा जतिसुकै सुविधायुक्त वातावरण रहेपनि पनि हरेक नेपालीलाई… पुरा पढौ

वर्षकै सर्वाधिक सफल चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने

टोकियो, जापान । यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरुको अभियन रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो । चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो ।चलचित्र नाकानो जेरोहलमा जनवरी ७ तारिख शनिवार दिउँसो ३ र साँझ ६ बजे गरेर दुई… पुरा पढौ

लाइभ दोहोरीमा ‘फोहोरी’ : बालकलाकारको बढ्दो प्रयोगबारे के भन्छन् सरोकारवाला?

हे जानु है बेलुकी पानी पिएर घुम्न जाउँ तलतिर दश लाख लिएर बालगायिका कमला घिमिरेले टुक्का सुनेर सबै हाँस्छन्। कमला पनि खित्का छाडेर हाँस्छिन्। एकछिन रोकिन्छिन् अनि सँगै दोहोरी गाउनेहरुले लय तान्दै गीत अघि बढाउँछन्। त्यसपछि गीत गाउने पालो आउँछ - सुमन परियारको। उनले कमलाको गीतको जवाफ दिँदै भन्छन: नानीको कुराले सातो गयो नि दश लाखको माया त मंहगो भयो नि यतिमै मात्र सीमित हुँदैन उनीहरुका दोहोरी। यस्तै हो छोडिदेऊ अब संसार चल्न त परिगो कोही - कोही अनुसार फेरि… पुरा पढौ

जर्मनीकी जस्मिनलाई मिस इन्टरनेसनलको उपाधि , नेपालकी न्यान्सी अन्तिम १५ मै परिनन्

मिस इन्टरनेसनल २०२२' को उपाधि जस्मिन सेलबर्गले जितेकी छिन्। मंगलबार जापानको टोकियोमा आयोजित फिनालेमा जर्मनकी २२ वर्षीया सेलबर्गले ताज पहिरिएकी हुन्। त्यसैगरि, काबो भर्डेकी स्टेफनी अमाडो फस्ट रनरअप, पेरुकी ट्याटियाना काल्मेल, कोलम्बियाकी नतालिया लोपेज कार्डोना थर्ड र डोमिनिकन रिपब्लिककी सेलिनी सान्तोस फोर्थ रनरअफ भए। मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले सहभागिता जनाएका थिए। यसपटकको पेजेन्टको नारा दिगो ‘विकासका लागि सौन्दर्य’ राखिएको थियो। जस्मिन विजेता बनेसँगै मिस इन्टरनेसनलले तीन वर्षपछि नयाँ सुन्दरी पाएको हो। सन् २०२० र सन् २०२१ को… पुरा पढौ

‘गयौ तिमी दरम पुल तरेर, कहिलै मेरी नहुनी गरेर’ भन्दै बिष्णु खत्रीले भावुक मुद्रामा भूपू मायालाई गुनासो पोखे 

नेपाली सांगीतिक आकाशको लोकसंगीत क्षेत्रमा सुपरिचित नाम हो बिष्णु खत्री । नेपाली लोकसंगीतको क्षेत्रमा मैलिक लोकगीतदेखि लिएर आफ़ना गीत संगीतमा आंचलिकता प्रस्तुत गरि परिचित बनाउनका लागि उनका गीतसंगीतले महत्वपूर्ण योगदान पुर्याएका छन । कहिले नेपाली समाजको चरित्रलाई आफ़ना सृजनामा उतारेर सचेतना फैलाउनका लागि त कहिले गरिब दीनदुःखीका भावनालाई समेटेर सरोकारवाला निकायलाई झकझकाउन उनका सृजनाले भूमिका निर्वाह गरेका छन ।  दुई दशक भन्दा लामो आफ़नो सांगीतिक यात्राका क्रममा खत्रीले आफ़नो जन्मभूमिको परिवेशलाई समेटेर पछिल्लो आफ़नो लोक लयमा आधारित ‘गलकोटमा बग्यो दरम’… पुरा पढौ