रङ्गमंच

अभिनेता पल शाहको मुद्दा फैसलाको चरणमा

बलात्कार अभियोग लागेका अभिनेता पल शाहको मुद्दा तनहुँ जिल्ला अदालतले आज पेसी तोकेकोसँगै फैसलाको चरणमा पुगेको छ। शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी रहेको छ । नवलपुर अदालतले भने २१ भदौका लागि पेसी तोकेको छ । यसअघि अदालतले साक्षी बुझ्ने तथा वादी र प्रतिवादीको बकपत्र गराउने कार्य गरिसकेको छ। दुवै अदालतमा ६ दिनको फरकमा पेशी तोकिएको छ। आउँदो पेशीमै अदालतले फैसला गर्न सक्ने अधिवक्ता वाग्लेले बताए।  ‘अदालतको काममा अनुमान गर्ने कुरा त भएन तर अब… पुरा पढौ

महँगो पर्व बन्दै तीज

महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।  तीज हामी महिलाको महान् चाड हो र यसलाई रमाइलो गरेर मनाउनुपर्छ तर यसको उपयोग सही ढङ्गले गर्न जानेन भने तीजको के मतलब भयो र… पुरा पढौ

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ । फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा वयवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको… पुरा पढौ

कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

सुर्खेत , २९ साउन, पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन ।  यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबनबहादुर केसीले जानकारी दिए । कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषय अलि बढी अभाव रहेको उनले… पुरा पढौ

श्रीदेवीबारे चार रोचक तथ्य

अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् । सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही… पुरा पढौ

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ । चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत… पुरा पढौ

यूट्यूबभरि छाउन लागे तीज गीत, सधैँ चलिरहने लोकदोहोरीलाई पारे ओझेलमा

दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् । भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक,स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ । मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतमा प्राण भरेको छ… पुरा पढौ

वैदेशिक रोजगारीमा हुने हरेक नेपालीको कथा सहित कर्णालीको परिवेश समेटिएको “चिसो मान्छे” जापानमा प्रदर्शन हुदै

एक फरक किसिमको अनुभूति र रमाईलो संगै कर्णालीका बाढीपिडित भई बर्षौदेखी जंगलमा बास बसिरहेका पिडितका बालबलिकाहरुको उच्च शिक्षाका लागि छात्रवृत्ति अभियानको लागि चलचित्र ‘चिसो मान्छे’ जापानमा जुलाई १७ मा साँझ ६ बजे प्रदर्शन हुने भएको छ ।KPS JAPAN TEAM को संयोजनमा जापानको नाकानो जेरो हलमा चलचित्र "चिसो मान्छे" को जापान प्रदर्शन गरिन लागेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए ।चिसो मान्छे मुलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई… पुरा पढौ

नेपाली सागीतिक क्षेत्रमा मोडलको रूपमा जम्दै तुलबिर थापा, “बर्खामास”मा दिए सशक्त प्रस्तुति

वर्षाको मौसम छ सबैतिर मानो रोपेर मुरी फलाउने चटारो छ। खोलानाला सुस्साएका छन् यसै बिचमा पछिल्लो समयको लोक संगीतको बजारमा “बर्खामास” ले छोटो समयमै आम दर्शक स्रोताको मन जित्न सफल भएको छ। शब्द लय संगीतको आफ़नो छुट्टै पहिचान त छदै छ यस एल्बमको भिडियोले अझ बढ़ी दर्शकको मन तान्न सफल रहेको छ ।परदेशको भूमिमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा भिजुवल अर्थात् मोडलको रूपमा उदयमान कलाकारको रूपमा देखा परेका छन तुलबिर थापा समर्पण । नेपाली लोकसंगीतमा आफ़नो बेग्लै पहिचान बनाएका… पुरा पढौ

लोकप्रिय लोकगायक बिष्णु खत्रीको ‘बर्खामास’ सार्वजनिक

असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको छोटो समयमा नै गीतलाई धेरै मन पराइएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताउनुभयो । गलकोट उहाँको जन्मथलो पनि… पुरा पढौ