प्रकाश दुतराजले १२ तारिक भव्य प्रस्तुति दिने

-


     दिनेश थापा    
     फागुन २६ गते २०७९


नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश दुतराज सांगीतिक प्रस्तुतिका लागि जापान आई पुगेका छन्।
गरिब तथा अनाथ बालबालिकाको सहयोग गर्ने उदेश्य लिएर गज्जव ईन्टरटेनमेन्टले आगामी १२ तारिक आईतबारका दिन साझ ६ बजेबाट टोकियोको केन्द्रबिन्दु नाकानो जिरो हलमा सांगीतिक कार्यक्रम गर्न लागेको हो।

सांगीतिक क्षेत्रमा एउटै स्वादबाट आजित भएका दर्शकश्रोतलाई दूतराजको नयाँ र फरक शैलीले आर्कषित गरेका छन्। आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका आफ्ना कोशेलीहरु दर्शक स्रोतामाझ ल्याउने गरेका छन्।विशेष गरि विदेशमा रहेका नेपाली लोक संगीत पारखीहरुका लागि उनका सृजना सुन्दै गर्दा जन्मदेशको पुगेको महशुष गर्न सकिने दर्शक श्रोताहरूको भनाई छ। गायक दुतराज मौलिक सिर्जना संगीतको कारणले चर्चित यस क्षेत्री अग्रपंतिमा छन्।

‘आरने’ बोलको गीतबाट सुरु भएको उनको चर्चा ‘बैनी झयालैमा’ ‘घर कता हो बहिनी’ सम्म आईपुग्दा उनको सफलताले एउटा उचाई लिईसकेको छ । छोटो समयमै धेरैभन्दा धेरै दर्शक-स्रोताहरुको रोजाईमा पर्न सफल गायक प्रकाशले नेपालमा पनि लाखौ दर्शकका बिचमा आफ्नो भव्य प्रस्तुति दिईसकेका छन्। जापानमा भने उनको यो नै पहिलो सांगीतिक कार्यक्रम हो।

गज्जब इन्टर्टेन्मेन्टको ब्यानरमा हुन लागेका कार्यक्रमहरुबाट हुने मुनाफाबाट गरीब तथा असहाय बालबालिहरुको शिक्षा दिक्षामा सहयोग गरिने आयोजक संस्थाका संयोजक सचिन श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार टोकियो मार्च १२ तारिख, फुकुओका १८ तारिख, नागोया १९ तारिख, ओसाका २० तारिख, शिजुओका २१ तारिख, निगाता २६ तारिख र नारिता अप्रिल २ तारिख कार्यक्रम हुने भएका छन् । यसबाहेक प्रकाशका अन्य थुप्रै सहायक कार्यक्रमहरु तयका लागि समन्वय गर्ने काम भईरहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?