सुर्खेत , २९ साउन, पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबनबहादुर केसीले जानकारी दिए । कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषय अलि बढी अभाव रहेको उनले…
पुरा पढौ