रङ्गमंच

जर्मनीकी जस्मिनलाई मिस इन्टरनेसनलको उपाधि , नेपालकी न्यान्सी अन्तिम १५ मै परिनन्

मिस इन्टरनेसनल २०२२' को उपाधि जस्मिन सेलबर्गले जितेकी छिन्। मंगलबार जापानको टोकियोमा आयोजित फिनालेमा जर्मनकी २२ वर्षीया सेलबर्गले ताज पहिरिएकी हुन्। त्यसैगरि, काबो भर्डेकी स्टेफनी अमाडो फस्ट रनरअप, पेरुकी ट्याटियाना काल्मेल, कोलम्बियाकी नतालिया लोपेज कार्डोना थर्ड र डोमिनिकन रिपब्लिककी सेलिनी सान्तोस फोर्थ रनरअफ भए। मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले सहभागिता जनाएका थिए। यसपटकको पेजेन्टको नारा दिगो ‘विकासका लागि सौन्दर्य’ राखिएको थियो। जस्मिन विजेता बनेसँगै मिस इन्टरनेसनलले तीन वर्षपछि नयाँ सुन्दरी पाएको हो। सन् २०२० र सन् २०२१ को… पुरा पढौ

‘गयौ तिमी दरम पुल तरेर, कहिलै मेरी नहुनी गरेर’ भन्दै बिष्णु खत्रीले भावुक मुद्रामा भूपू मायालाई गुनासो पोखे 

नेपाली सांगीतिक आकाशको लोकसंगीत क्षेत्रमा सुपरिचित नाम हो बिष्णु खत्री । नेपाली लोकसंगीतको क्षेत्रमा मैलिक लोकगीतदेखि लिएर आफ़ना गीत संगीतमा आंचलिकता प्रस्तुत गरि परिचित बनाउनका लागि उनका गीतसंगीतले महत्वपूर्ण योगदान पुर्याएका छन । कहिले नेपाली समाजको चरित्रलाई आफ़ना सृजनामा उतारेर सचेतना फैलाउनका लागि त कहिले गरिब दीनदुःखीका भावनालाई समेटेर सरोकारवाला निकायलाई झकझकाउन उनका सृजनाले भूमिका निर्वाह गरेका छन ।  दुई दशक भन्दा लामो आफ़नो सांगीतिक यात्राका क्रममा खत्रीले आफ़नो जन्मभूमिको परिवेशलाई समेटेर पछिल्लो आफ़नो लोक लयमा आधारित ‘गलकोटमा बग्यो दरम’… पुरा पढौ

छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्म ‘लाखे’ नोभेम्बर २७ मा जापानको फुनाबाशीमा प्रदर्शन हुदै

नेपाली कथानक चलचित्र ‘लाखे’ को फुनाबाशी शो नोभेम्बर २७ तारिक (आइतबार) जापानको चिबाको फुनाबाशी हलमा प्रदर्शन हुने भएको छ ।टुकी इण्टरटेनमेण्टको व्यवस्थापनमा प्रदर्शन हुन लागेको ‘लाखे’ को छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् ।… पुरा पढौ

परदेशी गायक मनोज केसीको ‘बस है माया’ सालैजो सार्वजनिक ( भिडियोसहित)

गायक तथा सर्जक मनोज केसीको 'बस है माया' सालैजो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। केसीको आफ्नै शव्द र राम कुमार गुरुङको संगीत रहेको गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन् । पछिल्लो समयमा विदेशमा रहेर पनि नेपाली लोक, कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्य राखेर केसीले एक पछि अर्को म्यूजिक भिडियो सार्वजनिक गर्दै आएका छन्।रोजगारीको शिलशिलामा जापानको नागोया शहरमा बस्दै आएका केसीले जापानमा हुने विभिन्न सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आम जापानबासी लोक गीत संगीत… पुरा पढौ

जापान कन्सर्टमा भिटेनले टाउकोमा बोतल फुटाउदै मञ्चमै ढले

र्‍यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन् । आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन गायकीभन्दा आफ्नो हर्कतको कारणले चर्चामा आए । कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थाले । उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मे-हम्मे पर्न थाल्यो । गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए । अनलाइन खबरमा प्रकाशित समाचारका अनुसार उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही… पुरा पढौ

नेपाली लोकभाकाः सधैं लोकप्रिय सधैं उपेक्षित

हिमाल खबरपत्रिकाको २०६१ मंसीर १-१५ को अङ्कमा ‘भाकाको जीत’ शीर्षकको आवरण रिपोर्ट प्रकाशन भएको थियो। रिपोर्टमा त्यति वेला चर्चित पप अल्बम २० हजार र लोकदोहोरी अल्बमहरू ५० हजारभन्दा बढी बिक्री भएको उल्लेख थियो। नेपाली श्रोतामाझ स्थापित हिन्दी फिल्मी गीतहरूको वर्चस्व तोड्दै स्वदेशी लोकभाकाले पकड बलियो बनाएको अवस्थालाई रिपोर्टमा ‘सांस्कृतिक महत्त्वको ठूलो उपलब्धि’ भनिएको छ। मार्टिन चौतारीद्वारा प्रकाशित रेडियो नेपालको सामाजिक इतिहास पुस्तक (२०६१) मा शेखर पराजुलीको ‘रेडियो नेपाल र श्रोता सर्वेक्षण’ लेखको चर्चा पनि यहाँ जोडौं। लेख अनुसार, सन् १९७१,… पुरा पढौ

जापानको कान्साईमा ‘द श्याडोज नेपाल, भि-टेन र डिजे नानी’ को प्रस्तुतिमा दशैं विशेष लाईभ म्युजिक कार्यक्रम गरिने

जापानको ओसाकामा ‘द श्याडोज नेपाल, भि-टेन र डिजे नानी’ को प्रस्तुतिमा ‘दशैं विशेष लाईभ म्युजिक कार्यक्रम’ गरिने भएको छ ।२०१५ मा स्थापना भएको ओएनएस ग्रुप र एनआरएनए कान्साईका संयोजक समेत रहेका दिलिप शर्मा गैरेद्वारा संचालित गणेशा डाइनिङ्गको संयुक्त आयोजनामा ओसाकामा हालसम्म कै वृहत लाइभ म्युजिक कार्यक्रम आयोजना गरिन लागेको आयोजक टिमका तेज गुरुङले जानकारी दिए ।आगामी अक्टोबर ६ तारिख बेलुका ६ बजेदेखि राती १० बजेसम्म संचालन हुने सो लाइभ म्युजिक कार्यक्रमको लागि अग्रिम टिकट लिएमा ३५०० येन र सोहि दिन… पुरा पढौ

‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’-संगीतकार आशिष अविरल

संगीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो । मूर्धन्य स्रष्टाको गीतमा संगीत गर्न पाउनु उनका लागि चुनौती र अवसर दुवै थियो । ‘गीतलाई न्याय गर्न सक्दिन कि भन्ने लाग्यो, संगीत गर्दिन भन्न पनि सकिनँ’, अविरलले भने, ‘एक किसिमको द्विविधाजस्तो भयो, गरुँ मृत्युको गीत, नगरुँ राष्ट्रकविजस्तो ‘लिजेन्ड’को इच्छा ।’  गत साता दिवंगत भएका कविवर घिमिरेद्वारा रचित उक्त गीत ‘त्यसरी होस् मरण…’ मा मृत्युकालिक कल्पनाको चित्रण छ । गीतमा गायक… पुरा पढौ

जापानमा फिल्म ‘लाखे’ को प्रदर्शन हुने, जेबी गुरुङले किने महंगो मूल्यमा

सस्पेन्स थ्रिलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् ।  फस्र्टलुक पोस्टरसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्लले बताए । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले सुनाए ।  निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, अर्पण… पुरा पढौ

जापानमा रहेकी गायिका अमृता श्रीपालले यौनदुर्ब्यवहार सहित ज्यानमार्ने धम्की दिएको आरोप , दोहोरी संचालकले गरे खण्डन

टोकियो - साँगीतिक कार्यक्रमको सिलसिलामा केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालमाथि हातपात तथा यौनदुर्ब्यवहार दुर्ब्यवहार र ज्यान मार्ने धम्की आएको घटनाप्रति मोना जापानले घोर भत्सर्ना गरेको छ । म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ भकिम्ले घर भई हाल साँगीतिक कार्यक्रमका लागि केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालले आफुमाथि हातपात तथा यौनजन्य दुर्ब्यवहार हुनुका साथै ज्यान मार्ने धम्की आएकोले न्यायिक सुरक्षा पाउँ भनि निवेदन पर्न आएको भन्दै मोना जापानले एक बिज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको… पुरा पढौ