परदेशी गायक मनोज केसीको ‘बस है माया’ सालैजो सार्वजनिक ( भिडियोसहित)

-


     दिनेश थापा     
     कार्तिक १२ गते २०७९


गायक तथा सर्जक मनोज केसीको ‘बस है माया’ सालैजो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। केसीको आफ्नै शव्द र राम कुमार गुरुङको संगीत रहेको गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन् ।

पछिल्लो समयमा विदेशमा रहेर पनि नेपाली लोक, कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्य राखेर केसीले एक पछि अर्को म्यूजिक भिडियो सार्वजनिक गर्दै आएका छन्।रोजगारीको शिलशिलामा जापानको नागोया शहरमा बस्दै आएका केसीले जापानमा हुने विभिन्न सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आम जापानबासी लोक गीत संगीत पारखीको मनमा राज गर्दै आएका छन्।

मनोज केसीको शव्द, मनोज केसी, राम कुमार गुरुङ, जुना श्रिष मगर र स्मृति शाहिको संयुक्त आवाज र राम कुमार गुरुङको संगीत रहेको सालैजो गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन् । विधार्थी जीवनदेखि नै स्थानीय रुपमा हुने लोक दोहोरी प्रतियोगितामा समेत भाग लिदै थुप्रै स्थानमा विजेता बन्न समेत सफल भएका केसीले यस अघि पनि केही गीत गाइसकेका छन् । हालै सार्वजनिक भएको यो सालैजो गीतबाट केसी बढि आशावादी देखिएका छन्।
दीपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा सेखर घर्ती मगर, दिपक कार्की, चाहाना राना मगर र लक्ष्मी गुरुङले अभिनय गरेका छन् । ‘आधा मुटु छोडेर मेरो जाने बेला मन भयो अधेरो’ जस्ता मुटुमा बिझाउने शब्द यस सृजनामा राखिएको गुरुङ बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?