मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक

-


     जनहित न्युज    
     श्रावण १५ गते २०८०


काठमाण्डौँ , साउन १३ । कलाकार तथा मोडल तुलशा कटुवाल शाक्यको अभिनय रहेकोे आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोसको भिडियो सार्वजनिक भएको छ ।

ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भने तिर्थ राज पोखरेल र ममता गुरुङ्गले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै प्रत्येक पाईला चाल्दा गीतको भिडियो चाडैँ नै बजारमा ल्याउने उक्त गीतका मोडल तथा कलाकार तुलशाले जानकारी गराएकी थिइन ।

उक्त गीतको शब्द रचना गरेका गायक मानाको आनन्दले भिडियोमा भने मोडल तुलशा कटुवाल र डाईरेन्टर देबराज आचार्यले अभिनय गरेका छन ।

सामाजिक परिवेश र समाज भित्र हुने बिभिन्न घटनाक्रमलाई चिर्दै सफल ब्यक्ति बन्नको लागि आफूलाई साथ दिने, बिश्वास गर्ने, साहस र भरोसा गर्ने ब्यक्तिको खाँचो रहन्छ र त्यसमा तिमिलाई देख्न पाईयोस जस्ता मार्मिक र प्रेमिल शब्दद्वारा रचित गीतको भिडियो डाईरेक्सन भने मोडल समेत रहेका देबराज आचार्यले गरेका हुन ।

जीवनमा प्रत्येक पाईला चाल्दा तिम्रो साथ र भरोसा मिलोस भन्ने गीतको भिडियो छायाङ्कन क्यामरा तथा ड्रोन प्राबिधिक आलोक वाग्ले र सन्तोष लामाले गरेका छन । गीतमा म्युजिक गायक तिर्थ राज पोखरेलको रहेको छ ।

आजभोलिको सामाजिक परिबेश युवा युवती बिच देखिने त्रिकोणात्मक माया र त्यस भित्र उब्जिने शंका उपशंकाहरुको समिश्रण सहितको परिघटनाले एक ब्यक्तिलाई सफल बन्न बाधक हुने र ब्यक्ति सफल बन्नको लागि एक आड भरोसा र बिश्वास गर्न लाएक मान्छेको आबश्यक पर्ने भाबलाई उक्त गीतमा देखाउन खोजिएको कलाकार तथा मोडल तुलशाले बताइन । मोडल तुलशा भिजन स्टार मल्टिमिडिया ग्रुप र भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.को सिईओ समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?