रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक

-


     जनहित न्युज    
     असाेज १३ गते २०८०


काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो ।

उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको
नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्न
सकिन्छ । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशन देखी साँफेबगरसम्म छायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो सम्पादन र छायांकनको पार्ट पनि एकदमै राम्रो रहेको हामी देख्न सक्छौ । म्युजिक भिडियोमा रवि ओडसँगै रवि सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण,करण साउद,गंगा साउद र बाल कलाकारहरु नविन बिक र स्मृति खड्काको अभिनय समेटिएको छ । टेकेन्द्र शाहले सम्पादन, राम कुमार केसीले छायांकन, राज पोखरेल र दिनेश थापाले सहायक छांयाकान गरेको उक्त म्युजिक भिडियोमा दशरथ सुनारको कथा र निर्देशन रहेको छ ।

गीत स्रोता एंव दर्शकहरुले माया गर्नेमा आफु विश्वस्त रहेको र सामाजिक
कथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको गायक रवि ओडले बताए । हेर्नुहोस
म्युजिक भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?