रङ्गमंच

मानसिक तनावसहित चरित्रमा शङ्का गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा 

गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छिन्। सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ । कानुनी रुपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेको जिल्ला अदालतले जनाएको छ।  सूचना अधिकारी दिपक कुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर… पुरा पढौ

साँगीतिक धमाका-२०२५ का लागि कलाकार जापान आइपुगे, आजदेखि कार्यक्रम सुरुवात, पहिलो दिन सिजुओकाबाट

'सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको' नेपाली लोक संगीतलाई नै नौलो आयाम दिन सफल यो गीत डिसेम्बर ३० देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको छ । त्यो मात्र हैन लोकसंगीतमा पछिल्लो समयको चर्चित गीत १ लाई शुन्य १०' एक्लो सिमल, जलजला बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाचेर नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा मौलिक लोक संगीतका पारखीलाई सालैजो अनि गाउँले पारामा… पुरा पढौ

गलकोट समाज जापानको “सांगीतिक धमाका-२०२५” मा कलाकार वसन्त, सुनिता, नविन सहित परदेशी गायक सुर्यले जापानमा तहल्का मच्चाउने

गलकोट समाज जापानले आयोजना गर्न लागेको “सांगीतिक धमाका-२०२५” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२५ मा जापानका चार वटा शहरमा "समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ सांगीतिक धमाका-२०२५ को सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका वसन्त थापा, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका सुनिता बुढा क्षेत्री, मौलिक लोकगीतका सर्जक तथा गायक नविन राना र आफूलाई परदेशी गायकको… पुरा पढौ

जापानमा ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को पहिलो पटक बृहत् कन्सर्ट आयोजना हुदै

जापानको टोकियोमा नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २२, २०२४ (आईतवार) मा आयोजना हुने भएको छ। यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका दर्शकहरुलाई नेपाली संगीत र संस्कृति सँग जोड्नु, आपसी समझदारी र सांस्कृतिक आदानप्रदानको मञ्च सिर्जना गर्नु हो। भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेले 'पूर्ण राई एण्ड दाजुभाइहरु' को जापान टुर - २०२४ अफिसियल राईट्स लिएर कन्सर्टको तयारी र व्यवस्थापन तीव्र गतिमा अगाडि बढाईराख्नु भएको छ्। उहाँले विगतमा पनि जापानमा धेरै… पुरा पढौ

“पूर्ण बहादुरको सारङ्गी“ जापानमा नोभेम्बर ५ मा प्रदर्शन हुदै

नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले चौतर्फी प्रशंसा पाएको छ। दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको देखिन्छ। नेपालमा पूर्वदेखि पश्चिमसम्मका शोहरू हाउसफुल भएको छ साथै दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ। नेपालि चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ जापानमा प्रदर्शन पनि प्रदर्शन गरिने भएको छ। जापानमा आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार आगामी नोभेम्बर ५ तारिक मङ्गलबार टोकियोको तोशिमा सिभिक हल ( Toshima Civic Hall ) हलमा प्रदर्शन गरिदैछ । टिकटक, युट्युब जस्ता प्लेटफर्ममा… पुरा पढौ

प्रथम टाइगर ग्रुप संगीतिक साझ २०२४ मा इन्द्र जिसीसहितका कलाकारको बेजोड प्रस्तुति हुने

टाइगर ग्रुप अफ पोखरा जापान शाखाले नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको अवसरमा पहिलो साँगीतिक साँझ टोकियो शिन (कामाता हल) मा गर्ने भएको छ । २०२३ मा स्थापना भएको टाइगर ग्रुप अफ पोखरा जापान शाखाद्धारा नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको पूर्व सन्ध्यामा जापानबासी नेपालीहरुलाई साँगीतिक मनोरञ्जन दिलाउनुका साथै हालै नेपालमा बाढि, पहिरो तथा डुबानले पुर्‍याएको ठुलो जनधनको क्षतिबाट पीडितहरुलाई सहयोग हुने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएकाे हो । साँगीतिक साँझ कार्यक्रम ३० अक्टाेबर (बुधबार) मा  (शिन-कामाता 〒144-0054… पुरा पढौ

बेनिड्रममा साँस्कृतिक मेला सम्पन्न

युरोपियन मुलुक स्पेनको बेनिड्रममा आईतबार साँस्कृतिक मेला सम्पन्न भएको छ । हिन्दुहरुका महान पर्वहरु बिजया दशमी, तिहार, नेपाल सम्वद छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक मेला सम्पन्न भएको हो । एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनको संयुक्त आयोजनामा संचालित साँस्कृतिक मेलामा नेपाली लोक संगीतका चर्चित गायक द्वय मिलन लामा र रबिन लामिछानेले प्रस्तुति दिनुभएको थियो । गायक लामाले तिहारे भाका देउसी भैलो, माछी काँडे डाडैमा घर सार, घरमा पराल बारिमा बन्सो, माझिदाई फोखरा फेवातालको, हङ्कङ आईडिले… पुरा पढौ

गायक दुर्गेश थापा : संघर्ष, विवाद र सफलता

आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो...’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाले भनेका थिए, “अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु ।” उनले उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि दोहोर्‍याएका थिए । भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि… पुरा पढौ

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ । जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनी भिजोनिया का सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ । यसको गीत तलाई… पुरा पढौ

दोहोरीमा बढ्यो छाडापन : १२ कलाकारमाथि एक्सन, खुमनलाई कारबाही गरेर देखाउन रियाको चुनौती

काठमाडौं : ६० को दशकदेखि नेपालमा लोकदोहोरीको बजार झाङ्गिएको देखिन्छ। त्यसताका खासगरी पूर्वी र सुदूर-पश्चिमका जिल्लाहरूमा लोकदोहोरी गीतले राम्रो बजार पाएका थिए। ०६२/६३ को राजनीतिक परिवर्तनपछि भने पश्चिमका केही जिल्लाहरूमा मेला-महोत्सव हुँदा  एकैपटक १० हजार बढी लोकदोहोरीका दर्शकहरू झुम्मिने गर्थे। त्यसपछि क्रमशः फराकिलो हुँदै गएको लोकदोहोरीको बजार युट्युब लगायतका सामाजिक संजालको बढो प्रयोग सँगै पछि केही समययता भने यसको बजार साङ्घुरिएको छ।  राजु परियार, बद्री पङ्गेनी, राधिका हमाल, रमिला न्यौपाने, सम्झना भण्डारी, शीला आले लगायतका कलाकारले उर्भर बनेको लोकदोहोरीको भूमि… पुरा पढौ