रङ्गमंच

नेपालका गायक गौतम र फिनल्याण्डकी गायिका माईयाले गीतमै तारिफ गरेपछि …

सामाजिक संजालका केही प्लयाटफर्ममा हिजो आज एउटा वाक्य चर्चामा छ । जुन नेपाली वाक्य हो ‘मलाई थाहा छ’ । हुन त यो सबैलाई थाहा भएर पनि जानकारी नभएको हुनुपर्छ । सुन्दा, बोल्दा सबैलाई जानकारी भएको यो वाक्य अहिले अन्तराष्ट्रिय स्तरमै चर्चित बन्दै गएको छ । सामान्य बोलीचालीको यो वाक्यलाई गीतको स्वरुप दिएपछि एकाएक चर्चामा आएको हो । नेपाली संगीत क्षेत्रका शालिन सर्जक, सबै बिधालाई उत्तिकै न्यायपूर्ण रुपमा पस्कने गायक थानेश्वर गौतमको गीत हो तिमी कस्ती हौं, ‘मलाई थाहा छ ।… पुरा पढौ

देशमा सयौं तोला सुन काण्डको चर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको”

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको "मन सय तोलाको" बोलको आधुनिक शैलीको गीत बजारमा ल्याएकी छन् ।तीजको गीत हालीमुहाली भइरहेको बेला गायिका पुनले मन छुने शब्द,संगीत र स्वरमा गीत सार्वजनिक गरेकी हुन् ।प्रेममा परेको मान्छे बिछोड हुँदाको पललाई शब्दमा कोरेर गीत रचेको गायिका पुन बताउँछिन् । गण्डकी ,धौलागिरी क्षेत्रको मौलिक गीतको नायिका भनेर परिचय बनाएकी गायिका पुनले अब भने गायिकाको रुपमा पनि परिचय फराकिलो बनाउने प्रयास गरेकी छन् । दर्जनौं गीतमा आफ्नो कला प्रस्तुत… पुरा पढौ

जापानको तीन सहरमा नेपथ्य गुन्जिदै, कन्सर्टमा हाउसफुल हुने गरि टिकट बिक्री भएको आयोजकको भनाई

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको लोकरक ब्याण्ड नेपथ्यले जापानको तीन सहरमा लोकरक गुञ्जाउने छ ।राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफुलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता जापान आउन लागेको भिजोनिया कम्पनीका निर्देशक सुभाष लामिछानेले जानकारी दिए ।“नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ ।” लामिछानेले भने-“ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा… पुरा पढौ

मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक

काठमाण्डौँ , साउन १३ । कलाकार तथा मोडल तुलशा कटुवाल शाक्यको अभिनय रहेकोे आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोसको भिडियो सार्वजनिक भएको छ । ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भने तिर्थ राज पोखरेल र ममता गुरुङ्गले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै प्रत्येक पाईला चाल्दा गीतको भिडियो चाडैँ नै बजारमा ल्याउने उक्त गीतका मोडल तथा कलाकार तुलशाले जानकारी गराएकी थिइन । उक्त… पुरा पढौ

पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता

पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ । असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ । विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताए । उनका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो… पुरा पढौ

रोमानियामा गीत गाइरहदा यसरी भयो प्रकाश सपुत माथि बोतल प्रहार

रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको नाकनेर सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए । यसरी… पुरा पढौ

टोकियोमा नेपथ्य व्याण्डको लाईभ कन्सर्ट तयारी तिब्र

टोकियो । जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट आयोजनाको तयारी आयोजकले तिब्र पारेको छ । डिसिइप्रोजेक्ट मार्फत अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थ धेरै व्यक्तिबाट टिकटनै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्रि थालनी गरेको जनाएको छ । हाल टोकियोको लोकल सिबुया र काठमाडौं लाउञ्ज बार नेवा डाइनिगं ओकुबोमा टिकट उपलब्ध गराइएको कन्सर्ट आयोजक कम्पनी भिजोनियाका प्रमुख सुभास लामिछानेले जानकारी दिनुभयो ।दुवै… पुरा पढौ

सांगीतिक सफलताको बाटोमा लम्किदै सीता परियार

लोक तथा दोहोरी गायिका सीता परियारले स्टार म्युजिक एन्ड फिल्म अवार्ड २०८० मा सर्बोत्कृष्ठ लोकदोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी छन ।‘बलेवामा घर छ’ नामक पन्चेबाजा गीतमार्फत सांगीतिक आकाशमा चम्किएकी सीतालाई यहि गीतले नै अवार्ड जिताएको हो । सरगम घतानको शब्द रबि कार्कीको लयमा सृजना भएको उक्त गीतमा सीता परियार रबि कार्की र सुनिल बिसीको स्वर रहेको छ ।बिर्सु मिडिया प्रा.लि . द्वारा २०८० असार २ गते चलचित्र बिकास बोर्ड चाबाहिलको सभाकक्षमा आयोजित एक समारोह बिच उक्त अवार्ड बितरण गरिएको थियो… पुरा पढौ

नेपाली गीत, संगीत, सस्कृति र सबै सर्जक अटने गरि बमबहादुर कार्कीको अध्यक्षतामा जन्म्यो-सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’

नेपाली गीत, संगीत, सस्कृति र त्यससंग सम्बद्ध सबै सर्जकहरू अटाउने बृहत् खालको संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ।लामो छलफलपछि अग्रज र अनुजसहितका सर्जक स्रष्टाहरूको साझा फोरमको रूपमा नेपाली गीत संगीतका क्षेत्रमा विशिष्ट कार्य गर्नका लागि वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको स्थापना गरिएको परिषद्का उपाध्यक्ष समेत रहेका लोक स्रष्टा विष्णु खत्रीले जानकारी दिए ।प्रशासन कार्यालयमा दर्ता गरिएको गरिएको परिषद्मा नौ सदस्यीय तदर्थ समिति रहेको छ । जसको उपाध्यक्षमा… पुरा पढौ

जब मुराकामीको कार हामागुचीले हाँके

अघिल्लो हप्ता सन् २०२२ को कान्स विजेता ‘द एइट माउन्टेन्स’ माथि लेखिरहँदा सन् २०२१ को ओस्कारमा उत्कृष्ट विदेशी चलचित्र र २०२१ कै कान्समा उत्कृष्ट पटकथा जित्न सफल जापानी फिल्म ‘ड्राइभ माइ कार’ लाई पृष्ठभूमिमा सम्झिरहेकी थिएँ। अघि पनि दुईपटक हेरिसकेको फिल्ममाथि लेख्ने आँट भने आइरहेको थिएन। जापानी फिल्म निर्देशक युसुके हामागुचीले जापानी लेखक/साहित्यकार हारुकी मुराकामी लिखित कथामाथि बनाएको यो फिल्म दर्शक मात्र होइन समीक्षक समेतलाई उत्तिकै मोहनी लगाउन सफल मानिएका थोरै फिल्ममध्येको एक गनिन्छ। मुराकामीका कथा यसै जादुयी त्यसमाथि पनि… पुरा पढौ