रेड पाण्डाको छाला सहित काठमाण्डौबाट पाँच जना पक्राउ

-


     जनहित न्युज    
     कार्तिक ८ गते २०७८


दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित पाँच जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको बिशेष अनुसन्धान टोलीले पक्राउ गरेको छ ।

काठमाण्डौ चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको भन्ने बिशेष सूचनाको आधारमा आइतबार ती पाँच जनालाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

पक्राऊ पर्नेमा काभ्रे ज़िल्ला रोशी गाउपालिका वडा नम्बर घर भई हाल काठमाण्डौ बस्ने २६ वर्षिय युवक लामा, नुवाकोट ज़िल्ला पन्चकन्या गाऊँपालिका वडा नम्बर ४ घर भै हाल काठमाण्डौ बस्ने २१ वर्षिय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाऊँपालिका वडा नम्बर २ घर भै हाल काठमाण्डौ बस्ने २२ वर्षिय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ घर भै काठमाण्डौ ज़ोरपाटी बस्ने २० वर्षिय सुभाष गिरी र रसुवा गोसाईकुण्ड गाऊँपालिका वडा नम्बर ६ घर भै हाल काठमाण्डौ गोकर्ण बस्ने २० वर्षीय दावा घलेलाई पक्राऊ गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार काठमाण्डौको चावहिल स्थित सत्कार क्याफेबाट अन्दाजी ९० से.मी. लम्बाई र १५ से.मी.चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छाला बिक्रि वितरण गर्ने उद्देश्यले ल्याइएको पाईएकोले पक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाण्डौ पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?