साँगीतिक धमाका-२०२५ का लागि कलाकार जापान आइपुगे, आजदेखि कार्यक्रम सुरुवात, पहिलो दिन सिजुओकाबाट

-


     जनहित न्युज    
     पौष १५ गते २०८१


‘सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको’ नेपाली लोक संगीतलाई नै नौलो आयाम दिन सफल यो गीत डिसेम्बर ३० देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको छ । त्यो मात्र हैन लोकसंगीतमा पछिल्लो समयको चर्चित गीत १ लाई शुन्य १०’ एक्लो सिमल, जलजला बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाचेर नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा मौलिक लोक संगीतका पारखीलाई सालैजो अनि गाउँले पारामा ढुङ्गे धाराको जस्ता लोकगीत जापानका शहरमा गुञ्जिने भएको छ।

https://www.facebook.com/share/p/15hidQJJSx/?mibextid=wwXIfr

नेपाली लोक संगीतको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका वसन्त थापासहित लाईभ लोकदोहोरी तथा सुरिलो कोकिल कण्ठ स्वरकी धनि पछिल्लो समयकी व्यस्त र चर्चित अनि अनुशासित लोक गायिकाको परिचय बनाएकी सुनिता बुढा क्षेत्री, मौलिक लोकसंगीतको धारलाई समातेर त्यसैमार्फत आफ्नो उचाई बनाई रहेका नविन राना अनि परदेशी गायकको छवि बनाइसकेका चर्चित गायक सुर्य खड्काले नयाँ वर्ष सन् २०२४ लाई स्वागत् गर्दै जापानका सिजुओका, ओसाका, नागोया र टोकियोमा आफ्नो दमदार प्रस्तुति दिने भएसँगै चर्चित कलाकारको प्रस्तुतिमा चर्चित गीत लाईभ हेर्न र त्यसमा रम्न सकिने भएको हो ।

आफ्नो स्थापनाकालदेखि हरेक अंग्रेजी नयाँ वर्षमा साँगीतिक धमाका प्रस्तुत गर्दै आएको सामाजिक संस्था गलकोट समाज जापानले यस वर्ष “’समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी’ सहयोगार्थ गर्न लागेको साँगीतिक धमाका-२०२५ मा जापानमै पहिलो पटक आफ्नो प्रस्तुति दिन लागेकी चर्चित गायिका सुनिता सहितका कलाकारले भरपुर मनोरञ्जन दिने विश्वास गलकोट समाज जापान अध्यक्ष रत्नसिंह बस्नेतले व्यक्त गरे ।
समाजले आयोजना गर्न लागेको साँगीतिक धमाका-२०२४५ मा प्रस्तुति दिनका लागि आईतबार नै कलाकारहरु टोकियो आइपुगेको र कार्यक्रम सम्पूर्ण तयारी व्यवस्थित रुपमा गरिसकिएको समाजका महासचिव दिलिप कँडेलले जानकारी दिए।

हानेदा इन्टरनेशनल एअरपोर्टमा अवतरण गरेका कलाकारहरुले जापानबासी नेपालीहरुको साँगीतिक तृष्णा मेटाउन र नयाँ वर्षलाई हर्षोल्लासपूर्ण रूपमा स्वागत गर्दै साँगीतिक माहौलमा रम्न अनि रमाउनका लागि जापानका मुख्य शहरहरु सिजुओका, डिसेम्बर ३० ओसाका डिसेम्बर ३१, नागोया जनवरी १ र टोकियो जनवरी २ मा साँगीतिक प्रस्तुति रहेकोले सम्पूर्ण जापानबासी नेपालीलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।

तीन वटै शहरको कार्यक्रमको सम्पूर्ण तयारी सकिएको, स्थानीय रुपमा कार्यक्रमको व्यवस्थापन एक क्षेत्रीय संयोजकको नेतृत्वमा समाजका क्षेत्रीय समितिले गरेको हुनाले कार्यक्रमको तयारी व्यवस्थित रुपमा भएको कार्यक्रम संयोजक लोकेश खत्रीले जानकारी दिए।
क्षेत्रीय संयोजकको रूपमा समाजका उपाध्यक्षहरु टोकियोमा दिल बहादुर थापा रामु , नागोयामा राजेन्द्र श्रेष्ठ, ओसाकामा शिबु थापा र सिजुओकामा सल्लाहकार कृष्ण केसीले कार्यक्रमको संयोजन गरिरहेका छन्।
कार्यक्रको उदेश्य पवित्र मनसायसहित राखिएकोले आर्थिक सहयोग गर्ने सहयोगदाताको पनि उल्लेख्य सहभागिता रहेको आर्थिक संयोजक तथा कोषाध्यक्ष महेन्द्र साहनीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?