मानसिक तनावसहित चरित्रमा शङ्का गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा 

-


     जनहित न्युज    
     माघ १८ गते २०८१


गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छिन्।

सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।

कानुनी रुपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेको जिल्ला अदालतले जनाएको छ। 

सूचना अधिकारी दिपक कुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए।

‘उहाँले वारेसमार्फत फिरादपत्र दायर गर्नुभएको छ’, उनले भने, ‘मानाचामल र अंशबण्डा केही माग्नुभएको छैन, केवल सम्बन्धविच्छेद गर्न चाहेको उल्लेख गर्नुभएको छ।’

झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाले केही महिनाअघि मात्र विवाह गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?