जापानमा ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को पहिलो पटक बृहत् कन्सर्ट आयोजना हुदै

-


     जनहित न्युज    
     मंसिर ६ गते २०८१


जापानको टोकियोमा नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २२, २०२४ (आईतवार) मा आयोजना हुने भएको छ। यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका दर्शकहरुलाई नेपाली संगीत र संस्कृति सँग जोड्नु, आपसी समझदारी र सांस्कृतिक आदानप्रदानको मञ्च सिर्जना गर्नु हो।

भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेले ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को जापान टुर – २०२४ अफिसियल राईट्स लिएर कन्सर्टको तयारी र व्यवस्थापन तीव्र गतिमा अगाडि बढाईराख्नु भएको छ्। उहाँले विगतमा पनि जापानमा धेरै इभेन्ट र कन्सर्टहरु भब्यताका साथ सफलता पुर्वक सम्पन्न गर्नु भएको छ।

कन्सर्टको पहिलो चरणको टिकट अनलाइनमार्फत उपलब्ध छ, जसको लिंक तल दिइएको छ:
https://dcticketing.com/event/purna-rai-and-daju-bhai

कन्सर्टको ईभेन्ट व्यवस्थापन डेस्टिनि क्रियशनले गरिराखेको छ।

‘पूर्ण राई एण्ड दाजुभाइहरु’ समूहले चर्चित गीतहरु जस्तै “मनको कुरा”, “कालो सेतो”, “स्पर्श”, “धुर्वतारा”, “तिम्रो माया ९९ भए मेरो माया १००”, “नभेटेको भए ठिकै हुन्थ्यो” लगायतका लोकप्रिय गीतहरु प्रस्तुत गर्ने छन्।

कन्सर्टको माध्यमबाट नेपाली संगीत र संस्कृतिको झलक जापानका दर्शकहरुलाई प्रस्तुत गर्न र आपसी सांस्कृतिक आदानप्रदानको सुदृढ मञ्च तयार गर्न महत्त्वपूर्ण अवसर हुने अपेक्षासमेत राखिएको छ।

कन्सर्ट जानकारी:

‘पूर्ण राई एण्ड दाजुभाइहरु’ जापान टुर – २०२४ अन्तर्गत नागोयामा डिसेम्बर १६, २०२४ र ओसाका डिसेम्बर १८, २०२४ मा भब्य र सभ्य रुपमा कन्सर्ट आयोजना हुने छ । सबै शहरहरुमा आयोजक संस्था र व्यवस्थापन टोलीहरुको तयारी अगाडी बढिराखेको छ्। पहिलो चरणको टिकट अनलाईनमा dcticketing.com मा काट्न मिल्ने व्यवस्था गरिएको छ ।

यस समूहले नेपाल र भारतका ५० भन्दा बढी स्थानमा आफ्नो सोलो कन्सर्ट प्रस्तुत गरिसकेको छ, र अब जापानमा पनि नेपाली संगीतको शानदार यात्रा जारी राख्ने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?