
गलकोट समाज जापानले आयोजना गर्न लागेको “सांगीतिक धमाका-२०२५” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।
गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२५ मा जापानका चार वटा शहरमा “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी” भन्ने नाराका साथ सांगीतिक धमाका-२०२५ को सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका वसन्त थापा, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका सुनिता बुढा क्षेत्री, मौलिक लोकगीतका सर्जक तथा गायक नविन राना र आफूलाई परदेशी गायकको रुपमा स्थापित गरिएका चर्चित कलाकार सुर्य खड्काको उपस्थितिमा सांगीतिक धमाका २०२५ गर्न लागिएको कार्यक्रम संयोजक लोकेश खत्रीले जानकारी दिए।

“विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक कार्यक्रम गर्दै आएकोमा समाजले यस वर्ष जापानको चारवटा शहरमा व्यापक तयारीका साथ चर्चित कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो” कार्यक्रम संयोजक खत्रीले भने।
सामाजिक उत्तारदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत यस वर्ष गलकोट क्षेत्रमा विविध क्षेत्रमा सहयोग गर्न जापानका चार शहर अन्तरगत सिजुओकामा डिसेम्बर ३० तारिख ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा सो कार्यक्रम गरिने समाजका महासचिव दिलिप कंडेलले जानकारी दिए ।
गलकोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा त्यहाका नागरिकलाई प्रत्यक्ष सेवा र लाभ प्रदान गर्ने गरि शिक्षा, स्वास्थ्य र खेलकूदका क्षेत्रमा आवश्यक सहयोग रकम संकलनका लागि यस वर्षको सांगीतिक धमाका गर्न लागिएको समाजका महासचिव कंडेलले बताए ।
जापानभित्र रहेका सम्पूर्ण गलकोटे लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, सदभाव, सहयोग र सम्पर्कमा अभिवृद्धि गर्न पनि यस कार्यक्रमले सहयोग गर्नुका साथै नेपाल र जापानबिचको मित्रताको सम्बन्धलाई अझ बढि प्रगाढ बनाउन मदत भै सरोकारवाला निकायसगको सम्बन्धमा विकास गर्दै सहकार्यमा योजना सम्पन्न गर्न मदत हुने आशा समेत गरिएको समाजका अध्यक्ष रत्नसिंह वस्नेतको भनाइ छ।
पछिल्लो समयका चर्चित तथा धेरैको रोजाईमा परेका कलाकारहरुलाई ल्याई उनीहरुको सांगितिक प्रस्तुतीले नयाँ वर्षको कार्यक्रम अत्यन्त रमाईलो हुने कला तथा संस्कृति विभागका संयोजक तथा उपाध्यक्ष रामप्रसाद गैरे गौरीशंकरले विश्वास व्यक्त गर्दै भने- नेपाल लगाएत विदेशमा समेत दर्शकबाट रुचाइएका गायक गायिका प्रस्तुति रहने भएको हुदा पनि दर्शकको उपस्थिति उल्लेख्य हुनेछ ।
कार्यक्रम व्यवस्थापन र उदेश्य अनुरुप सम्पन्न गराउनको लागि विभागीय जिम्मेवारी प्रदान गरि व्यवस्थित रुपमा कार्य अघि बढेको र आर्थिक संकलन कार्यलाई एक अभियान कै रुपमा अगाडी चलेको समाजका कोषाध्यक्ष तथा कार्यक्रमका आर्थिक संयोजक महेन्द्र साहनीले बताए ।
पवित्र र गलकोट क्षेत्रको आवश्यकतामा आधारित सहयोगार्थका निम्ति कार्यक्रम गरिन लागेकोले जापानमा रहेका हरेक नेपाली समुदायका व्यक्तित्वहरूको सक्रियतापूर्वक आर्थिक अभियानमा सहयोग हुने विश्वास उनले व्यक्त गरे ।
बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट बिभिन्न पेशा ,रोजगारी तथा अध्ययनका लागि जापान प्रवेश गरेका हामी गलकोटेको साझा संस्था गलकोट समाज जापान “हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध बनाऔ ” भन्ने भावनाका साथ गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भै जापानमा क्रियाशील संस्था हो ।