प्रथम टाइगर ग्रुप संगीतिक साझ २०२४ मा इन्द्र जिसीसहितका कलाकारको बेजोड प्रस्तुति हुने

-


     जनहित न्युज    
     कार्तिक ९ गते २०८१


टाइगर ग्रुप अफ पोखरा जापान शाखाले नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको अवसरमा पहिलो साँगीतिक साँझ टोकियो शिन (कामाता हल) मा गर्ने भएको छ ।

२०२३ मा स्थापना भएको टाइगर ग्रुप अफ पोखरा जापान शाखाद्धारा नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको पूर्व सन्ध्यामा जापानबासी नेपालीहरुलाई साँगीतिक मनोरञ्जन दिलाउनुका साथै हालै नेपालमा बाढि, पहिरो तथा डुबानले पुर्‍याएको ठुलो जनधनको क्षतिबाट पीडितहरुलाई सहयोग हुने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएकाे हो ।

साँगीतिक साँझ कार्यक्रम ३० अक्टाेबर (बुधबार) मा  (शिन-कामाता 〒144-0054 東京都大田区新蒲田1丁目18-16 हल) अपरान्ह साढे ४ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष चन्द्र खत्रीले बताए । कार्यक्रममा दर्शकहरुलाई मनोरञ्जन दिलाउनका लागि नेपालका लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरु ईन्द्र जिसी, बन्दना पाण्डे र ज्योति लोहनीलाई आमन्त्रण गरिएको संयोजक ध्रुब ज्ञवालीले बताए ।

नेपालबाट आमन्त्रित कलाकारहरुलाई जापानमै रहेका परदेशी गायकको परिचय बनाएका चर्चित गायक सूर्य खड्का, प्रथम गुरुङ, बिपिन गुरुङ लगायतका कलाकारहरुले साथ दिने संस्थाका सदस्य बिपीन खत्रीले बताए।

मानवीय सहयोगकाे उद्देश्य राखेर आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भई सहयोग गर्न सम्पूर्ण जापानबासी नेपालीजनहरुलाई निमन्त्रणा गरेको पनि खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?