‘अरेली काँडाले च्वास च्वासै’का गायक सहित ३ कलाकार ३ दिने साँगीतिक धमाका-२०२४ मा प्रस्तुति दिन जापानमा

-


     जनहित न्युज    
     पौष १४ गते २०८०


‘अरेली काँडाले च्वसै च्वासै’ नेपाली साङ्गीतिक आकाशमा यस वर्ष सर्वत्र छाएको यो गीत डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष गुन्जिने भएको छ । त्यो मात्र हैन पञ्चे बाजामा आधारित ‘बाबु दिन्छेउ र मलाई नानी दिन्छेउ र’ बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा ६० को दशकमा अत्यन्तै लोकप्रिय भाका’ सधैं मेरो दुख्यो दिलको घाउ, झुठो माया चाहिँदैन पापिनी तिम्रो नासो फिर्ता लिन आऊ’ जापानका शहरमा गुञ्जिने भएको हो।

नेपाली लोक संगीतको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका खेम सेन्चुरीसहित लाईभ लोकदोहोरीमा आफूलाई अब्बल सावित गरेका रेशम निर्दोश र अनुशासित लोक गायिकाको परिचय बनाएकी अमृता नेपालीले नयाँ वर्ष सन् २०२४ लाई स्वागत् गर्दै जापानका ओसाका, नागोया र टोकियोमा आफ्नो दमदार प्रस्तुति दिने भएसँगै चर्चित कलाकारको प्रस्तुतिमा चर्चित गीत लाईभ हेर्न र त्यसमा रम्न सकिने भएको हो ।

आफ्नो स्थापनाकालदेखि हरेक अंग्रेजी नयाँ वर्षमा साँगीतिक धमाका प्रस्तुत गर्दै आएको सामाजिक संस्था गलकोट समाज जापानले यस वर्ष “शिक्षा र स्वास्थ्य क्षेत्रमा अक्षयकोष वृद्धी सहयोगार्थ” गर्न लागेको साँगीतिक धमाका-२०२४ मा जापानमै पहिलो पटक आफ्नो प्रस्तुति दिन लागेका चर्चित कलाकार सेन्चुरीसहितका कलाकारले भरपुर मनोरञ्जन दिने विश्वास गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले व्यक्त गरिन।

समाजले आयोजना गर्न लागेको साँगीतिक धमाका-२०२४ मा प्रस्तुति दिनका लागि शनिबार नै कलाकारहरु ओसाका आइपुगेको र कार्यक्रमको सम्पूर्ण तयारी व्यवस्थित रुपमा गरिसकिएको समाजका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए।
ओसाका इन्टरनेशनल एअरपोर्टमा अवतरण गरेका कलाकारहरुले जापानबासी नेपालीहरुको साँगीतिक तृष्णा मेटाउन र नयाँ वर्षलाई हर्षोल्लासपूर्ण रूपमा स्वागत गर्दै साँगीतिक माहौलमा रम्न अनि रमाउनका लागि डिसेम्बर ३१ तारिख ओसाकाको K-SQUARE 3F K-ステージ オー 〒169-0072 東京都新宿区大久保1丁目8-4 हलमा जनवरी १ मा नागोयाको 〒460-0008 Aichi, Nagoya, Naka Ward, Sakae, 3 Chome−8−22 サンリツビル b1 मा रहेको नेपाल स्टेशन र जनवरी २ तारिख टोकियोको 〒169-0072 Tokyo,Shinjuku City,Okubo,1 Chome−8−4 K-SQUARE 3F मा साँगीतिक प्रस्तुति रहेकोले सम्पूर्ण जापानबासी नेपालीलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।

तीन वटै शहरको कार्यक्रमको सम्पूर्ण तयारी सकिएको, स्थानीय रुपमा कार्यक्रमको व्यवस्थापन एक क्षेत्रीय संयोजकको नेतृत्वमा समाजका क्षेत्रीय समितिले गरेको हुनाले कार्यक्रमको तयारी व्यवस्थित रुपमा भएको कार्यक्रम संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए।
क्षेत्रीय संयोजकको रूपमा समाजका उपाध्यक्षहरु टोकियोमा डिला गैरे, नागोयामा राजेन्द्र श्रेष्ठ र ओसाकामा रामप्रसाद गैरे गौरीशंकरले कार्यक्रमको संयोजन गरिरहेका छन्।
कार्यक्रको उदेश्य पवित्र मनसायसहित राखिएकोले आर्थिक सहयोग गर्ने सहयोगदाताको पनि उल्लेख्य सहभागिता रहेको आर्थिक संयोजक तथा कोषाध्यक्ष दिलबहादुर थापा रामुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?