नेपाल महोत्सव १०२५ को आज उद्घाटन हुँदै, चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने

-


     जनहित न्युज    
     जेठ ३२ गते २०८२


जापानको ओसाकामा आजदेखि हुने दुई दिने नेपाल महोत्सव २०२५ को उद्घाटन हुन लागेको छ ।
नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ जुन १४ र १५ तारिख अर्थात आज र भोलि गरि दुई दिनसम्म ओसाकाको creative center Osaka मा हुन लागेको नेपाल महोत्सव-२०२५ को उद्घाटन जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गर्न लागेको गलकोट समाज जापान कान्साई क्षेत्रीय समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक नर बहादुर थापाले जानकारी दिए।
गलकोट समाज जापान कान्साई क्षेत्रीय समितिको आयोजनामा नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी गरिन् लागेको नेपाल महोत्सवको सम्पूर्ण तयारी व्यवस्थित रूपमा भै उद्देश्य अनुरुपका क्रियाकलाप गरिने आज ११ बजे नेपाल महोत्सवको समुद्घाटन गरिने संयोजक थापाको भनाइ छ।

महोत्सव उद्घाटन समारोहमा नेपालका विभीन्न जातजातीका झाँकी तथा सांस्कृतिक समूहको प्रस्तुतिसहितको रयाली गरिने र यसले नेपाललाई जापानी समुदायमा परिचित गराई नेपालमा पर्यटन प्रर्वद्धन गर्न सघाउन पुर्याउने विश्वास आयोजकले लिएको नेपाल महोत्सवका कार्यक्रम संयोजक सुमित खत्रीले बताए।
उनका अनुसार दुई दिनसम्म चल्ने यस महोत्सवमा नेपालको मौलिकताको प्रस्तुतिका साथ साथमा नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुति, जापानमा रहेका कलाकारहरुको प्रस्तुति र नयाँ पुस्ताका नेपाली तथा जापानी गीत संगीत तथा गायन क्षेत्रका कलाकारहरुको २ दिन सम्म रहने प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाउने छ ।

नेपाल महोत्सवको उद्घाटन समारोहका लागि झाँकी व्यवस्थापन स्टेज व्यवस्थापनका साथै महोत्सव स्थलमा रहने स्टल को व्यवस्थापन व्यवस्थित रुपमा सम्पन्न भइसकेकोले कार्यक्रमको उद्घाटन समारोहका साथै २ दिने नेपाल महोत्सव भव्य र उद्देश्य अनुरुप सम्पन्न हुने विश्वास आयोजकले लिएको महोत्सव मूल समारोह समितिका आर्थिक समन्वय संयोजक गौरी सापकोटाको छ।
नेपाल महोत्सव नेपालीका लागि एक विशेष पर्वका रुपमा रहेकोले आफू र आफ्नो नजिकका सबैलाई एक पटक महोत्सव हेर्न उत्साहित गराई महोत्सवको अवलोकन गर्न महोत्सव मूल आयोजक समितिका सल्लाहकार समन्वय संयोजक भीम केसीले जापानवासी व्यावसायी, सामाजिक व्यक्तित्वसहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् ।
गलकोट समाज जापान कान्साईले ओसाकाबाट समेत नेपाल र नेपालको कला संस्कृतिलाईलाई प्रवर्द्धन गर्न लागि परेकोले जापानबासी नेपालीको लागि यो महोत्सव विशेष भएकोले आफूले सक्दो सहयोग पुर्याएर पुर्याएर यस महोत्सवलाई सफल पार्नका लागि महोत्सव मूल समारोह समितिका गल्कोट गलकोटका पालिका समन्वय संयोजक शिबु थापाले अनुरोध गरेका छन् ।


महोत्सवमा रहने रेष्टुरेन्ट अर्थात फुड स्टल प्रयोजनका लागि ११ वटा र अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि ७ वटा गरि कुल १८ स्टलबाट नेपाली मौलिक खानाका परिकारका साथै नेपालीहरुलाई आवश्यक अन्य सेवा प्रदान गरिने नेपाल महोत्सव मूल आयोजक समितिका स्टल संयोजक दिलिप कंडेलले बताए ।
कान्साई क्षेत्रमा रहेका सम्पूर्ण सामाजिक संघ संस्था समाजहरुको अधिकतम सहभागिता रहेको र सबैको अपनत्व महसुस गर्ने गरी महोत्सवको हुन लागेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भुवन सापकोटाको भनाइ छ।

महोत्सवमा चर्चित कलाकार विष्णु खत्रीदेखि नवोदित कलाकार धमाकेदार प्रस्तुति रहने
नेपाल महोत्सवमा नेपाली लोक संगीतका सदाबहार गायक तथा सर्जक विष्णु खत्री, लोकप्रिय लोक गायक रामचन्द्र चन्द, चर्चित लोक गायिका शान्ती रानी परियार, चर्चित गायक सुर्य खड्का, गायिका तथा सञ्चारकर्मी अनिता चलाउने, ज्योति लोहनी, काजल गुरुङ केशव शर्मा लगायतको लाईभ ब्यान्डकाे भव्य प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक कुलविर थापाले जानकारी दिए।
गरिब झुपडीका गीतदेखि पाका मन मनका भावनाहरुलाई गीत संगीतमा उनेर कहिले रुवाउने त कहिले सामाजिक सन्देश दिने साथै जनताका भावनालाई गीत संगीतमा साट्दै आएका चर्चित एवम् सदाबहार गायक विष्णु खत्रीले फेरि एकपटक जापानमा भरिया दाइले बिसाउने भारी लगायतका भाकाहरुले नेपाल महोत्सवमार्फत ओसाका गुञ्जायमान बनाउने छन्।

नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी गर्न लागिएको नेपाल महोत्सवमा पछिल्लो समयको चर्चित गीत म त ढले ढले…… गीतकी गायिका शान्तारानी परियारको प्रस्तुतिले नेपाल महोत्सव २०२५ अझ रोमाञ्चित हुने आयोजकको विश्वास छ।
नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन सहयोग पुर्याउन टेवा दिने ध्येयका साथ गरिन लागेको उक्त नेपाल महोत्सव २०२५ मा नेपाली लोक गीत संगीतलाई एक उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिएका रामचन्द्र चन्द, परदेशी गायकको परिचय बनाएका सुर्य खड्काको प्रस्तुतिले महोत्सवको रौनक नै फरक हुने अपेक्षा जापानको ओसाकाबासी नेपालीले गरेको आयोजकको भनाई छ।

फुटेका चुरामार्फत आफुलाई संगीतको नक्षत्रमा देखिएकी गायिका तथा यसै क्षेत्रसँग रहेर सञ्चार कर्ममा समेत भलाकुसारी गर्दै आएकी अमृता चलाउनेले समेत जापानमा दिने प्रस्तुतिले छुट्टै पहिचान बनाउने विश्वास समेत महोत्सव आयोजकले लिएको छ।
महोत्सवमा अन्य नेपालका चर्चित कलाकारहरुको साथमा जापानमा रहेर गीतसंगीतमा लागिरहेका कलाकार तथा नवोदित कलाकारहरुको समेत प्रस्तुति रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?