गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

-


     जनहित न्युज    
     श्रावण २१ गते २०८०


गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले आगामी सेप्टेम्बर ११ तारिकका दिन जापानको कान्साइमा दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको क्षेत्रीय समिति कान्साइले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको क्षेत्रीय अध्यक्ष रामु साहनीले बताए ।
खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न समितिले आवश्यकता देखेकोले प्रतियोगिताको आयोजना गरिन लागेको उनले बताए ।
प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिताको लागि अनुरोध गर्दै समितिका सचिव कौशल बोहोराले भने-“प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौ ।“
गतवर्ष संचालन गरिएको प्रथम गलकोट कप प्रतियोगिताको अनुभव र सिकाईलाई ध्यानमा राखेर त्यसको निरन्तरताको लागि खेल संचालन गर्न खेलप्रेमी सबैको आग्रहमा प्रतियोगिता संचालन गर्न लागिएको गलकोट समाज जापानका उपाध्यक्ष शिबु थापाले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५५ हजार ५५५ नगदसहित गलकोट कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५५ हजार ५५५ सहित प्रमाणपत्रको पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ ।सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । भने खेल 〒590-0974 Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म संचालन हुने छ । खेल प्रतियोगिताको टाईसीट छिट्टै सार्वजनिक गरिने खेल संयोजक नारायण भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?