प्रवास

कोषको सहि व्यवस्थापन र प्रणालीगत लेखाअभिलेख राखी आर्थिक अनियमितता हुन नदिनका लागि एनआरएनए जापानमा शर्माको कोषाध्यक्षमा उम्मेदवारी

जापान-एनआरएनए जापानमा कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी आर्थिक अनियमितता हुन नदिनका लागि कृष्णप्रसाद शर्माले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।जनस्तरबाट एनआरएनए जापानको कोषका बारेमा पटक पटक गुनासो आइरहने भएकोले व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने गरि चार बुँदे प्रतिबद्धता सहित २०२१-२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन ।डिपार्टमेंट अफ कमप्युटर साइन्स एण्ड इन्फोर्मेसन टेक्नोलजीमा स्नातक गरेर आफनै व्यवसाय गरि जापानको कान्साईमा रहेका शर्मा एनआरएनएको अभियानमा एक दशकदेखि निरन्तर… पुरा पढौ

एनआरएनए नागोयाको विवाद तत्काल समाधान गर्न १४ संघ संस्थाको आग्रह

नागोया,जापान- एनआरएनए जापान आफ्नो १०औं अधिबेशनको संघारमा छ । अहिले सबै क्षेत्रका क्षेत्रीय अधिबेशन सम्पन्न गरेको अबस्था छ । जापानका सबै क्षेत्रमा निर्वाचन सर्वसम्मतले सम्पन्न भएको छ । तर नागोयामा भने अधिबेशनलाइ लिएर भएको बिवाद उत्कर्षमा पुगेको छ । हाल नागोयामा दुई क्षेत्रीय समिति आफ्नो तरिकाले काम गरिरहेका छन । निर्वाचन समितिले एक पक्षीय उम्मेदवारलाइ मात्र साथमा लिइ निर्वाचन सम्पन्न भयो भनेर प्रतिष्पर्धि बिनाको निर्वाचन गराइ सपथ ग्रहण समेत गराएको छ भने अर्को पक्ष बहुमत उम्मेदवारहरुले अबैधानिक तरिकाले निर्वाचन गर्न… पुरा पढौ

२१ बुँदे प्रतिवद्धतासहित एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष गुरुङले गरिन आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा

जापान- सामाजिक सेवामा सक्रिय रहदै एनआरएनएको अभियानमा एक दशक भन्दा बढ़ी समय क्रियाशील रहेको एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामाले २०२१-२०२३ को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन । विगतका कार्यकाल सफलतामा साथ र सहयोगप्रति नमन र आभार , संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिवद्दता सहित अध्यक्षमा मेरो उम्मेदवार भन्ने मान्यता राखी गुरुङले आइतबार टोकियोमा पत्रकार सम्मेलन गरि औपचारिक रूपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेकी हुन ।आफ़नो जापानको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर… पुरा पढौ

एनआरएनए नागोयाको गाईजात्रा सकिएन

जापान, नागोया-यतिवेला जापानमा रहेका एनआरएनएको बाह्रै बटा क्षेत्रीय समितिको अधिवेशन सकिएको छ। सामाजिक सञ्जाल भरि बधाई दिनेको आईरोनै लागेको देख्न सकिन्छ। भष्ट्रचारमा डुबुल्की मारेको एनआरएनए जापानमा पनि नेता बन्ने तछाड - मछाड चलिरहेको छ। नागोया क्षेत्रीय समितिको गाईजात्रे कथा भने बेग्लै छ। जुन अहिलेसम्म पनि निरंन्तर चलिरहेको छ। जापानमा रहेको १२ बटा क्षेत्रीय समिति मध्ये नागोया बाहेक सबै क्षेत्रमा सर्वसहमत नेतृत्व चयन भयो। नागोयामा सर्वसहमत को त कुरौं छोडौं एक पक्षले उमेदवारी दर्ता प्रकृया नियम संगत नभएको भन्दैं निर्वाचन बहिस्कार… पुरा पढौ

सामुहिक नेतृत्वको विकासको लागि एनआरएनए जापानमा बस्नेतको उम्मेदवारी

जापान- सबैको अपनत्व हुने गरि सामुहिक नेतृत्वको विकास गरौसंस्थाप्रतिको पदीय ज़िम्मेवारी, अनुशासन, मर्यादा, दायित्व र सामाजिक एकता आजको आवश्यकता भन्ने मान्यताका साथ विकास बस्नेतले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन।विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशील हुदै हुदै आएका बस्नेत एनआरएनएको अभियानमा जापानको तोचीकीको संयोजक पदमा रहेर कार्य गर्दै सुरू गरेका हुन । दुई दशक लामो जापान बसाई गरेका बस्नेतले जापानमा रहेका बिभिन्न क्लब, संघ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय रहेको सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्दै उल्लेख गरेका… पुरा पढौ

स्वर्गीय राजु सुवेदीका बालबालिकाकाे शिक्षादिक्षाका लागि राहत रकम हस्तान्तरण

निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्बर ४ का स्वर्गीय राजु सुवेदीको परिवारलाई १३ लाख ९२ हजार १ सय २३ रुपैयाँ आर्थिक राहत रकम हस्तान्तरण गरेको छ । राहत रकम हस्तान्तरण गर्दै गलकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले यस अभियानको नेतृत्व गर्ने निलुवा समाज जापान लगायत सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै समाजले गरेको सहयोगबाट पीडितलाई ठूलो राहत पुग्ने बताए । जटिल रोगका कारण अचानक गत बैसाख ३ गते उपचारको क्रममा निधन भएका सुवेदीको परिवारमा आर्थिक… पुरा पढौ

एनआरएनए राष्ट्रिय परिषद जापानको अधिवेशन नजिकिदै जादा उम्मेदवारी घोषणा गर्ने क्रमले तिव्रता

जापान -गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको २०२१-२०२३ कार्यकालको अधिवेशन नजिकिदै जादा उम्मेदवारी घोषणा गर्ने क्रमले तिव्रता पाएको छ । जुलाई २५ मा ओसाकामा हुने अधिवेशनमा आगामी कार्यकालको समेत निर्वाचन हुने र सो कार्यकालको लागि उम्मेदवार घोषणा गरेको पदमा आफू काविल रहेको तर्क प्रस्तुत गर्दै सामाजिक संजालमार्फ़त उम्मेदवारी दाबी गर्ने कार्यले तिव्रता पाएको हो । संस्थाको लागि मुख्य कार्यकारी मानिएका अध्यक्ष र महासचिव पदमा धेरैको रोज़ाइ र दाबी गर्ने क्रम जापानको एनआरएनएमा पनि बढ्दै गएको छ । अध्यक्ष पदका… पुरा पढौ

एनआरएनए जापानको उपाध्यक्षमा घिमिरेको उमेदवारी किन ?

जापान-यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उम्मेदवारी दिनेको संख्या पनि बढिरहेको छ। उम्मेदवारी दिनु मात्र ठूलो कुरो होइन, विजयी हुँदैं आफुले गरेका वाचाहरु पुरा गर्न सके मात्र यसले अर्थ राख्ने गर्छ। पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन्। त्यसै मध्येका एक विष्णु प्रसाद घिमिरे पनि हुन् । घिमिरे भन्छन, कुनै पनि संस्थामा लाग्न त्यसको आधारभूत तहबाट आउन जरुरी छ। जसले संस्था सञ्चालन अनि संस्थाको लक्ष्यमा पुग्न सहज हुने गर्छ। अझ संस्थामा लाग्दा केही… पुरा पढौ

गैर आवासीय नेपाली संघ जापानको केन्द्रीय सदस्य पदमा रामप्रसाद शर्मा (रामु ढकाल)को उम्मेदवारी घोषणा

जापान-गैर आवासीय नेपाली संघ जापानमा पारदर्शिता र जवाफदेही नेतृत्वको लागि अनुभवी सदस्यहरुको आवश्यकता भन्ने मान्यताका साथ गुल्मीका रामप्रसाद शर्मा रामु ढकालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।कान्तो क्षेत्रीय समितिमा रहेर कार्य गरिसकेका शर्माले आफ़नो अनुभवलाई केन्द्रीय समितिमा समेत उपयोग गरि संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन आफ़नो उम्मेदवरी आवश्यक रहेको बताए ।आफूसँग पदाधिकारीमा रहेर कार्य गर्न सक्ने क्षमता रहेपनि निरन्तर एनआरएनएको अभियानमा क्रियाशीलहरुलाई सम्मान गर्दै उनीहरुको कार्यमा सहयोग पुर्याउनका लागि सदस्य पदमार्फ़त सामाजिक क्रियाकलापमा आउने… पुरा पढौ

एनआरएनए जापानको सुधारको स्पष्ट योजना सहित वरिष्ठ उपाध्यक्षमा न्यूरेको उम्मेदवारी घोषणा

जापान-स्मार्ट एनआरएनए सस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेद्बारी भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको अभियानमा एक दशक लामो सक्रिय भूमिका निर्वाह गरिसकेका नविन न्यूरेले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा युवा उपाध्यक्ष रहेका न्यूरेले संघलाइ प्रविधि मैत्री बनाएर कार्य गर्न गराउन, प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि आफू नेतृत्वदायी भूमिकामा रहनुपर्ने महशुस गरि… पुरा पढौ