प्रवास

जापानमा मृत भेटिएका बुढ़ाथोकीको ३० तारिक अन्तिम संस्कार गरिने, आर्थिक सहयोगका लागि अपिल

जापान- जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा मृत भेटिएका बागलुङ गलकोटका राजन बुढ़ाथोकी हरिको जुन ३० तारिकका दिन अन्तिम दाहसंस्कार गरिने भएको छ । ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । पारिवारिक स्रोतका अनुसार ३१ वर्षीय मृतक बुढ़ाथोकीको टोकियो तो सिनागावा कु निशि गोतान्दा ५-३२-२० किरिगाया साईजोमा जुन ३० तारिक बुधवारका दिन दिउसो १:३० देखि १:५० सम्ममा अन्तिम संस्कारको कार्यक्रम रहेको बताइएको छ। अन्तिम संस्कारको लागि विस्तृत जानकारी… पुरा पढौ

एनआरएनका धमिराहरु खबरदार !

नेपालका उखानेश्वर महादेवको पदवी पाएका पर-धानमन्तरी ओलीले गोरुलाई नांगै हिड्न के को लाज ? भनेजस्तै जापानका एनारानका हली, बाउसे, मुखियाहरुलाई अहिले पटक्कै लाज नमानेको देख्दा जापानका सारा नेपालीको अहिले अन्तरराष्ट्रिय बेइजत भएको छ । एक बिराउने, संसार पिराउने भनेझैं तरमार्न पल्केका केही बदमासहरुले गल्ती गर्छन् बिचरा सोझासिधाहरु बलिको बोको हुनुपरेको अवस्था छ । हुँदा हुँदा जापानबासी नेपालीको नाम नै संसारभरि गन्हाउन थालेको छ । यसको जिम्मा देविलालहरुले लिनुपर्छ कि पर्दैन ? पन्तहरुले लिनुपर्छ कि पर्दैन ? भट्टहरुले लिनुपर्छ कि पर्दैन… पुरा पढौ

फेरि बागलुङ गलकोटका ३४ वर्षीय गौतमको बेलायतमा निधन

लन्डन-बेलायतको नटिंघम शहरमा बसोबास गर्दै बागलुङ गलकोट वार्ड नम्बर ९ बडागाउका बद्रि गौतमको साइकल दुर्घटनामा परि निधन भएको छ । जून १८ शुक्रबार बिहान साइकल दुर्घटनामा परि घाइते भएका उनलाई नटिंघम शहरको क्विन मेडिकल सेन्टरको आपताकलित सघन कक्षमा उपचारको क्रममा निधन भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको कारण शनिवारदेखि अक्सिजन र रगत प्रवाहमा समस्या भएको कारण आइतवार निधन भएको नेपाली नटिंघमका पूर्वअध्यक्ष हाल एनआरएन यूकेका सल्लाहाकार तथा राज्य समन्वय समितिका सदस्य सचिब विष्णु चालिसेले जानकारी दिनुभयो । ३४… पुरा पढौ

आगामी एनआरएनए आइसिसी चुनावको मारमा एनआरएनए जापान

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई अन्तराष्ट्रिय समन्वय परिषदले निलम्बन गर्दै राष्ट्रिय परिषद जापानको कार्यसमितिलाई समेत भंग गरेको छ।व्यक्तिको बचाउमा लाग्दा गर्दा सिंगो जापानको कार्यसमिती अचानो बन्न पुगेको छ ।सडक दुर्घटना वापत प्राप्त हुने बिमा रकममा अनियमितता गरेको आरोप खेपिरहेका अध्यक्ष भण्डारीलाई अनुशासन समितिको अर्को निर्णय नहुने अवधिसम्मका लागि अध्यक्ष पदबाट निष्क्रिय राख्न निर्देशित गर्न एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठलाई अध्यक्ष कुमार पन्तले अनुरोध गरेका छन ।बिहिबार एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक श्रेष्ठलाई एक पत्र लेख्दै अध्यक्ष पन्तले एनसिसि जापानका अध्यक्ष भण्डारीलाई विभिन्न आरोप लागि रहेको हुनाले कारवाहिका… पुरा पढौ

जापानको सिन्जुकुमा बागलुङ गलकोटका बुढ़ाथोकी मृत भेटिए

जापान- जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा बागलुङ गलकोटका राजन बुढ़ाथोकी हरि मृत अवस्थमा भेटिएका छन ।ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेगी जापान प्रहरीले जनाएको छ ।३१ वर्षीय मृतक बुढ़ाथोकी मंगलवार दिउसो ३ बजेतिर होटलमा प्रवेश गरेको उनी बसेको कोठामा बेलुका ६ बजेदेखि ७ बजेसम्म एकजना र त्यसपछि राती ११ बजे अर्को जना व्यक्ति आवाज़जावत गरेको र करिव बिहान ३ बजेतिर उनले झुन्डिएर आत्महत्या गरेको सिसीटिभी… पुरा पढौ

संस्थालाइ कानुन तथा विधि सम्मत स‌चालनका लागि दिलिप कंडेलकाे उम्मेदवारी

जापानको कान्साइ क्षेत्रमा बिभिन्न समाजिक कार्यमा क्रियाशील रहदै सामाजिक व्यक्तित्व बनाउनु भएका सफल व्यवसायी दिलिप कंडेलले आगामी २०२१–२०२३ कार्यकालको लागि एनआरएन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । स्टार ग्रुप, एनआरएनए कान्साई क्षेत्रीय समिति तथा गलकोट समाज जापानका तर्फबाट समाजका हरेक क्रियाकलापमा सक्रिय रहनु भएका कडेलले जापानमा रहेका नेपाली समुदायलाई सहयोग पुर्याउनका लागि सो पदमा उम्मेदवारी दिएको कडेलले बताउनु भयो ।२००६ सालमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन आर एन कान्साइको बिभिन्न गतिबिधिमा… पुरा पढौ

एनआरएनए नागोयामा यस्तो लफडा, निर्वाचन समितिलाइ अपदस्त गर्न प्रत्यासीको माग

जापान/ गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय समिति नागोयामा विधान विपरीत संयोजकको उमेद्वारी सदर गरेको आरोप प्रत्यारोपका विषयलाई लिएर रडाको मच्चिएको छ ।नेपालीहरु कै अभिभावकीय संस्थाको रुपमा रहेको एनआरएनएले नेपाली समुदायलाई नै सहि नीति नियम र विधि विधानमा चल्न सिकाउनुको सट्टा गलत नजिर स्थापित गर्न लागेको आरोप संयोजक पदका दुईजना प्रत्यासीले लगाएका छन ।क्षेत्रीय समिति नागोयाको आगामी २०२१-२०२३ का लागि हुन लागेको निर्वाचनका लागि गत ३ तारिक गंगाबहादुर घर्ती, रामबहादुर खत्री अर्जुन र रुद्र मल्ल मनोजको उमेदवारी परेको थियो ।… पुरा पढौ

जन्मभुमिका लागि जापानबासी गल्कोटेले पठाए स्वास्थ्य सामाग्री

बागलुङ / जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आज अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गर्नुभएको थियो । सीमित… पुरा पढौ

एनआरएनए जापानमा अनियमितताको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

जापान ÷ एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले जापानमा ८ सय ४३ मान भन्दा बढि रकम अनियमितता भएको प्रतिवेदन आइसीसी केन्द्रलाई बुझाएको छ ।एनआरएनए जापानमा अनियमितता भएको बहसबाट विवादमा तानिएपछि छानबिनका लागि गठित उच्च स्तरीय समितिले ६ महिना लामो छानबिन पछि एनआरएनए जापानले सो रकम बेरुजुका रुपमा देखिएको आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।एनआरएनए जापानमा २०१७ देखि २०२० सम्ममा भए गरेका अर्थिक क्रियाकलापलाई सुक्ष्म… पुरा पढौ

एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन

फुकुओका /जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन भएका छन् ।शनिबार (जुन ५ तारिख)भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति (२०२१ -२३) निर्विरोध निर्वाचित भएको हो । संयोजक थापा यसअघि को समितिमा सचिव पदमा कृयाशिल थिए ।त्यस्तै गरि, उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सह-कोषाध्यक्षमा रिपु हरि सापकोटा चयन भएका छन् भने सदस्यहरुमा -अमृत भट्ट, प्रदीपकुमार राई, सुवास बहादुर बोहोरा, दिपक बहादुर… पुरा पढौ