जापानको सिन्जुकुमा बागलुङ गलकोटका बुढ़ाथोकी मृत भेटिए

-


     जनहित न्युज    
     असार १० गते २०७८


जापान- जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा बागलुङ गलकोटका राजन बुढ़ाथोकी हरि मृत अवस्थमा भेटिएका छन ।
ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेगी जापान प्रहरीले जनाएको छ ।
३१ वर्षीय मृतक बुढ़ाथोकी मंगलवार दिउसो ३ बजेतिर होटलमा प्रवेश गरेको उनी बसेको कोठामा बेलुका ६ बजेदेखि ७ बजेसम्म एकजना र त्यसपछि राती ११ बजे अर्को जना व्यक्ति आवाज़जावत गरेको र करिव बिहान ३ बजेतिर उनले झुन्डिएर आत्महत्या गरेको सिसीटिभी फ़ुटेजबाट देखिन आएको प्रहरीले जानकारी गराएको छ । शवको पोस्टमाटम रिपोर्टमा समेत आत्महत्याबाट नै मृत्यु भएको देखिएको छ।
श्रीमतीलाई केही महिना अघि नेपाल पठाएर साथीसंगै बस्दै आएका बुढ़ाथोकी करिव २ हप्तादेखि साथीलाई आफ़्नो काम सिन्जुकुतिर नै परेकोले उतै बस्ने जानकारी गराएका थिए । दक्ष कामदार कुक भिषामा जापान आएका उनका नेपालमा आमा, श्रीमती र दुई नाबालक बच्चा समेत रहेका छन ।
उनको साथमा रेसिडेन्ट कार्ड राहदानी लागाएतका कुनै काग़ज़ात साथमा नरहेकोले अध्यागमनको समन्वयमा शवलाई फ़िंगरप्रिंट प्रमाणित गरि भोलिसम्ममा आफन्तको ज़िम्मा लगाउन मिल्ने जानकारी जापान प्रहरीले दिएको गलकोट समाज जापानका सल्लाहकार विजय भण्डारीले जानकारी दिनुभयो ।

बुढ़ाथोकीको केही समय यतादेखि आर्थिक कारोवारमा समस्या आएकोले तनावमा रहेको नजिकको आफन्तहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?