जापानको कान्साइ क्षेत्रमा बिभिन्न समाजिक कार्यमा क्रियाशील रहदै सामाजिक व्यक्तित्व बनाउनु भएका सफल व्यवसायी दिलिप कंडेलले आगामी २०२१–२०२३ कार्यकालको लागि एनआरएन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
स्टार ग्रुप, एनआरएनए कान्साई क्षेत्रीय समिति तथा गलकोट समाज जापानका तर्फबाट समाजका हरेक क्रियाकलापमा सक्रिय रहनु भएका कडेलले जापानमा रहेका नेपाली समुदायलाई सहयोग पुर्याउनका लागि सो पदमा उम्मेदवारी दिएको कडेलले बताउनु भयो ।
२००६ सालमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन आर एन कान्साइको बिभिन्न गतिबिधिमा संलग्न रहदै आउनु भएको छ । गलकोट समाज जापानका केन्द्रिय सदस्य समेत रहनु भएका कंडेल हाल एनआरएन कान्साइका मानर्थ सदस्य हुनुहुन्छ ।
बिभिन्न सामाजिक कामहरुमा अग्रसर कंडेल आफुले प्राप्त गरेको अनुभब एनआरएन जापानलाई एक उत्कृष्ट सामाजिक संस्था बनाउनका लागि महत्वपूर्ण हुने बताउनुहुन्छ । संस्थाको बिकास र कानुन तथा बिधान सम्मत तरिकाले अगाडि बढाउन पहरेदारी गर्न आफुले उम्मेदवारी घोषणा गरेको कंडेलले बताउनुभयो।