जापान/ गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय समिति नागोयामा विधान विपरीत संयोजकको उमेद्वारी सदर गरेको आरोप प्रत्यारोपका विषयलाई लिएर रडाको मच्चिएको छ ।
नेपालीहरु कै अभिभावकीय संस्थाको रुपमा रहेको एनआरएनएले नेपाली समुदायलाई नै सहि नीति नियम र विधि विधानमा चल्न सिकाउनुको सट्टा गलत नजिर स्थापित गर्न लागेको आरोप संयोजक पदका दुईजना प्रत्यासीले लगाएका छन ।
क्षेत्रीय समिति नागोयाको आगामी २०२१-२०२३ का लागि हुन लागेको निर्वाचनका लागि गत ३ तारिक गंगाबहादुर घर्ती, रामबहादुर खत्री अर्जुन र रुद्र मल्ल मनोजको उमेदवारी परेको थियो ।
प्रत्यासी घर्ती र खत्रीले मल्लको उम्मेदवारी संस्थाको बिधानको परिच्छेद ८ को ५.४ र परिच्छेद १ को २.२७ बमोजिम योग्यता नपुगेको भन्दै निर्वाचन समितिमा उजुरी दर्ता गराएका थिए ।
तर निर्वाचन समितिले बिधानको व्याख्या गर्दै मल्लको उम्मेदवारी सदर गरेपछि प्रत्यासी घर्ती र खत्रीले विज्ञप्ति र एनआरएनए एनसीसी जापानमा निवेदन पेश गर्दै विधानको रक्षा गर्नका लागि वर्तमान निर्वाचन समितिको गैर ज़िम्मेवारी गतिविधिले निष्पक्ष निर्वाचन गराउन नसक्ने देखिएको हुदा यस निर्वाचन समितिलाइ अपदस्त गरि अर्को निष्पक्ष निर्वाचन समिति गठन गराइ स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन अनुरोध गरिएको छ ।
विज्ञप्तिमा विधान विपरीतको उम्मेदवारी दर्तालाई निर्वाचन समितिले सदर गर्नु भनेको विधानको ठाडो उल्लंघन र अपमान हो यसरी विधानको अपव्याख्या गरिनु संस्थालाई धरासायी गराउने मनासायका साथ कसैबाट परिचालित हुनु हो भन्ने आरोप लगाईएको छ ।
यता निर्वाचन समितिका आयुक्त विमल अधिकारीले निर्वाचनको प्रक्रियामा यस्ता उजुरी पर्नु सामान्य भएको भन्दै विषयलाई त्यही गम्भीर रूपमा नलिइ भन्नुभयो विधानको परिच्छेद १ को २.२७ मा “एक कार्यकाल भन्नाले पदमा नियुक्त र वा निर्वाचित भएर सोको शपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधिलाइ जनाउने छ” भनेर प्रष्ट उल्लेख गरिएकोले सोही बमोजिम निज प्रत्यासी मल्ल क्षेत्रीय समितिमा गत निर्वाचनमा निर्वाचित भएको हुदा ‘र’ र ‘वा’ भन्ने वाक्यांशले उम्मेदवारी बन्न बाधा नपुग्ने भएको हुदा सदर गरिएको हो ।
नागोया क्षेत्रीय समितिको २०२० डिसेमबर १२ तारिकको बैठकले रिक्त उप समयोजक पदमा कार्यसमिति सदस्य मल्ललाई मनोनीत गरेको थियो ।
‘’उम्मेवारी प्रकाशन मिति २०२१ जुन ४ बाट फर्केर हेर्दा २०२०डिसेम्बर २०मा सदस्यबाट पदाधिकारीमा मनोनित भएका मल्ल कसरी बिधान सम्मत उम्मेदवार हुन सक्छन ? यसरी सरासर बिधानकै अपमान हुनेगरी निर्बाचन समितीले कसैबाट प्रभावित बनि यस्तो अवैधानिक निर्णय गर्न गएको कारणले, यस्तो ठुलो गरिमा बोकेको सस्था एनआरएनए जापानको बिधान, अनि वर्तमान कार्यसमिति साथै निर्वाचन समितिप्रति नै गम्भिर प्रश्न खडा गरेको महशुस गरि यसरी बिधान बिपरित गर्न लागेको निर्बाचन रोक्न जोडदार माग गर्दछौ ।’’ जारी विज्ञप्तिमा भनिएको छ ।
घर्ती र खत्रीको दाबी एक कार्यकाल पदाधिकारीमा कार्यरत नरहेको व्यक्तिलाई विधानत संयोजक बन्न नमिल्ने प्रष्ट उल्लेख हुदाहुदै पनि विधानको अपव्याख्या गरेर संस्थालाई नै आँच आउने कार्य गरेकोले यस्ता कार्य रोकिनुपर्ने देखिएकोले आफूहरु अन्तिम समयसम्म न्यायिक लड़ाई लड़ने बताएका छन ।
हुन त नागोयामा यस्तो लफडा नयाँ भने होईनन । केही वर्ष अघि मात्र एनआरएनए, जापानको निर्वाचनमा धाँदली भएको भन्दैं पून : निर्वाचन गरिएको ईतिहास छ। त्यस्तै एनआरएनएमा हुने यस्ता प्रतिस्प्रधा स्वच्छ नहुने जानकारहरु बताउँछन । नागोयामा हुन लागेको यस क्षेत्रिय अधिवेशनमा संयोजकका उमेदवार अर्जुन केसीलाई एनआरएनए आईसिसिका मानार्थ सदस्य डिलाराम खरेलको निकट रहेको र मनोजवम मल्ल एनआरएनए एशिया प्यासिफिकका उप- संयोजक पारशमणि पोखरेल र गंगा घर्तिमगर एशिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठको निकट रहेको चर्चा छ।