जापान- जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा मृत भेटिएका बागलुङ गलकोटका राजन बुढ़ाथोकी हरिको जुन ३० तारिकका दिन अन्तिम दाहसंस्कार गरिने भएको छ ।
ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
पारिवारिक स्रोतका अनुसार ३१ वर्षीय मृतक बुढ़ाथोकीको टोकियो तो सिनागावा कु निशि गोतान्दा ५-३२-२० किरिगाया साईजोमा जुन ३० तारिक बुधवारका दिन दिउसो १:३० देखि १:५० सम्ममा अन्तिम संस्कारको कार्यक्रम रहेको बताइएको छ। अन्तिम संस्कारको लागि विस्तृत जानकारी तल राखिएको छ ।
करिव चार वर्ष अगाडि वैदेशिक रोजगारको शिलाशिलामा जापान आएका बुढ़ाथोकीको पारिवारिक अवस्था आर्थिक हिसाबले कमजोर रहेकोले उनको अन्तिम संस्कार गर्न र परिवारमा रहेको तीन महिने र ५ वर्षे नाबालकहरुको लालनपालन र शैक्षिक अवस्थामा केही राहत प्रदान गर्नका लागि ताराखोला समाज, जापान,गलकोट समाज जापान तथा शुभचिन्तकहरुद्वारा आर्थिक सहयोग अभियान समेत संचालन गरिएका छन ।
नाबालकहरुको लागि अनि वेसहरा आमा र श्रीमतीको चहराइ रहेको घाउमा मलमपट्टी लागाउनका लागि आर्थिक अभियान संचालन गरिएकोले सक्दो सहयोग गरि Post office bank account 11340-00032291 タラコラ サマジ ジャパン रकम जम्मा गरिदिनको लागि ताराखोला समाज जापानले अनुरोध गरेको छ ।
शवको पोस्टमाटम रिपोर्टबाट समेत आत्महत्याबाट नै मृत्यु भएको देखिएको छ। बुढ़ाथोकीको केही समय यतादेखि आर्थिक कारोवारमा समस्या आएकोले तनावमा रहेको नजिकको आफन्तहरु बताउछन ।
अन्तिम संस्कारका लागि
Funeral Fire Schedule』
NameMr. RAJAN BUDHATHOKI
●【Fire Day】
June 30, Wednesday.2021
●【Time to gather】PM14:30
🙏【Goodbye Meet time】
PM14:40 ~PM14:50
🔥【Fire Switch Start Time】
PM14:50
🔥【Fire Center Name】
Kirigaya KirigayaーKasōjō
🏠( Fire Address)
Tokyo-to,, Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 Kirigaya Saijo』
TEL(03)3491-0213
Access
①🚃 JR Gotanda Station ー.Getting off
②🚕 Next.Come by taxi
▼
『Kirigaya Saijō』
葬儀のスケジュール
(氏名) ラジャン ブダトキ 様
🔴【火葬の日】
6月30日《水曜日》
●【集合時間】
PM14:40
🙏【お別れ時間】
PM14:40〜PM14:50
🔥【火葬開始時間】
午後14:50
🔥【火葬場の名前】
桐ヶ谷斎場
🏠(火葬場 住所)
東京都 品川区 西五反田 5丁目32−20
桐ヶ谷斎場』
TEL(03)3491-0213
交通機関】
①🚃 JR五反田駅 下車
② 次に、タクシーで
🚕『桐ヶ谷斎場 (きりがやさいじょう)』
हार्दिक अपील🙏🙏🙏
बागलुङ गल्कोट,ताराखोला गा.पा.-३(साविक हिल-३ डोप्टा)निवासी डिल बहादुर बुढाथोकीका कान्छा छोरा वर्ष ३१ का राजन बुढाथोकी विगत ४ वर्ष अगाडी कुक- भिषामा जापानमा प्रबेश गरेका र यहि ६/२३ तारीक टोक्यो स्थित एक होटेलमा मृत अवस्थामा भेटिएको उहॉको आर्थिक अवस्था अति नै कमज़ोर भएको कारण दाह संस्कार गर्ने सम्म खर्चको अभाब भएको छ। मृतकको परिवारमा आमा,६ बर्षका र जम्मा ३ महिनाका २ बच्चाहरुकी सुत्केरी श्रीमती हुनुहुन्छ जस्को आर्थिक अवस्था पनि एकदमै कमजोर हुनुका साथै बृद्ध आमा, सुत्केरी श्रीमती अनि दुई अवोध बच्चाहरुको भविस्य अन्यौल र कष्टकर भएको हुंदा मृतकको दाहसस्कारको साथै सोकाकुल परिवारलाई राहत सहयोग गर्ने उदेश्यले गल्कोट समाज जापान र ताराखोला समाजको संयुक्त पहलमा सम्पूर्ण जापान स्थित आम नेपाली जनसमुदाय ,संघ-सस्था,संगठनहरुलाई आफुसक्दो आर्थिक सहयोगको लागी हार्दिक अपील गर्दछौं।
सहयोग रकम देहाय बमोजिमको खातामा जम्मा गरी सुचित गर्नुहोला!!
रकम जम्मा गर्ने खाता👉 Post office bank account
11340-00032291
タラコラ サマジ ジャパン