लन्डन-बेलायतको नटिंघम शहरमा बसोबास गर्दै बागलुङ गलकोट वार्ड नम्बर ९ बडागाउका बद्रि गौतमको साइकल दुर्घटनामा परि निधन भएको छ ।
जून १८ शुक्रबार बिहान साइकल दुर्घटनामा परि घाइते भएका उनलाई नटिंघम शहरको क्विन मेडिकल सेन्टरको आपताकलित सघन कक्षमा उपचारको क्रममा निधन भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको कारण शनिवारदेखि अक्सिजन र रगत प्रवाहमा समस्या भएको कारण आइतवार निधन भएको नेपाली नटिंघमका पूर्वअध्यक्ष हाल एनआरएन यूकेका सल्लाहाकार तथा राज्य समन्वय समितिका सदस्य सचिब विष्णु चालिसेले जानकारी दिनुभयो ।
३४ बर्षीय गौतम १८ जुन २०२१ शुक्रबारका दिन बिहान ९ बजे भलिबल खेल्न भनी निस्किएका थिए । बर्षाका कारण भलिबल खेल्न नमिलेपछि घर फर्कने क्रममा घर नजिकै रोबिनहुड रोड नजिकै गल्स एकेडेमी स्कूल आगाडी साइकलबाट लडेका थिए ।
घाइते अवस्थामा रहेका उनलाई अपरिचित व्यक्तिले पयारामेक बोलाइ सहयोग अस्पताल लैजान सहयोग गरेका गौतमको उपचारका क्रममा निधन भएको थियो ।
परिवारका एक्लो छोरा रहेको गौतम २००९ फेब्रुअरीमा बेलायतमा गएका गौतम पेसाले सेफ रहेका थिए । दुइवर्ष पहिला आमा गुमाएका बद्रीको परिवारमा फेरि अर्को दुखद घटना भएको छ । गौतमका श्रीमती र वृद्ध बुवा हुनुहुन्छ ।
नटिघमको मेलवन पार्कमा २०१७ को समरदेखि उनकै पहलमा हरेक समर सिजनमा नेपालकै झल्को मेटिने गरि भलिवलखेल्ने गरिन्छ। गौतम कै पहलमा यो खेल खेल्ने गरिदै आइरहेको थियो ।
नेपाली समाज नटिंघमका आजीवन सदस्य बद्रीको परिवारमा पुग्न गएको चोटलाई मलम पट्टी लगाउन नटिंघम समाज र आफन्तहरुले परिवारमा आपातकालीन सहयोग पुर्याऊन आर्थिक अभियान संचालन गरिएको अध्यक्ष दिपक सापकोटाले जानकारी दिए ।
उनको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।