आगामी एनआरएनए आइसिसी चुनावको मारमा एनआरएनए जापान

-


     जनहित न्युज    
     असार ११ गते २०७८


एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई अन्तराष्ट्रिय समन्वय परिषदले निलम्बन गर्दै राष्ट्रिय परिषद जापानको कार्यसमितिलाई समेत भंग गरेको छ।व्यक्तिको बचाउमा लाग्दा गर्दा सिंगो जापानको कार्यसमिती अचानो बन्न पुगेको छ ।
सडक दुर्घटना वापत प्राप्त हुने बिमा रकममा अनियमितता गरेको आरोप खेपिरहेका अध्यक्ष भण्डारीलाई अनुशासन समितिको अर्को निर्णय नहुने अवधिसम्मका लागि अध्यक्ष पदबाट निष्क्रिय राख्न निर्देशित गर्न एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठलाई अध्यक्ष कुमार पन्तले अनुरोध गरेका छन ।
बिहिबार एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक श्रेष्ठलाई एक पत्र लेख्दै अध्यक्ष पन्तले एनसिसि जापानका अध्यक्ष भण्डारीलाई विभिन्न आरोप लागि रहेको हुनाले कारवाहिका लागि अनुशासन समितिलाइ अनुरोध गर्दै हालका लागि अध्यक्षको हैसियतले कुनै कामकारवाहि नगरी निष्क्रिय रहन भनिएको छ ।
पत्रमा भनिएको छ एनसिसि जापानमा देखिएको अनियमितता छानबिन गर्न राजेश प्राधानांगको समयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन थप गरि उचित निर्णय लिनका लागि एकसमितिको समेत गठन गरिएको जानकारी गराइएको छ ।
एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक श्रेष्ठलाई अध्यक्ष पन्तले लेखेको पत्रमा तोकिएकै मितिमा निर्वाचन गर्न एनसिसि जापानद्वारा गठित निर्वाचन समितिलाई नै अनुरोध गरिएको छ । सो निर्वाचनको अनुगमन गर्नका लागि निवर्तमान आइसिसि अध्यक्ष भवन भट्टको समयोजकत्वमा पाँच सदस्यीय एक उच्च स्तरीय अनुगमन समिति समेत गठन गरेको छ । सो अनुगमन समितिले निर्वाचन र महाधिवेशनको निरिक्षण गर्ने, तथा निर्वाचन समिति र राष्ट्रिय समन्वय परिषदबिच समन्वय गरि महाधिवेशन र निर्वाचन सम्पन्न गर्न आबश्यक सम्पूर्ण निर्णय लिन सकिने उल्लेख छ ।

सो समितिमा निवर्तमान अध्यक्ष, भवन भट्ट (संयोजक ) तथा सदस्यहरुमा गोविन्द श्रेष्ठ, पारसमणि पोखरेल, दिपक कँडेल, नारायण सुवेदी, डिपि कँडेल, ददिवाल खड्का, तुल्सीराम खरेल, ईन्दिरा सुजुकी, रोशन केसी, विजय थकाली, डा भुपालमान श्रेष्ठ र बाबुराम भण्डारी रहेको उल्लेख गरिएको छ ।

वर्तमान कार्यसमितिको तर्फबाट महासचिव र कोषाध्यक्षले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन महाधिवेशनमा पेश गर्न, महाधिवेशन सञ्चालन गर्न एक अध्यक्ष मण्डल गठन गर्ने, अध्यक्ष मण्डलको गठन निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा रहेको समितिले कार्य गर्ने गरि आवश्यक अनुरोध गर्न एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक श्रेष्ठलाई अनुरोध गरिएको छ ।

मतदाता नामावली प्रकाशन भइसकेको र निर्वाचन समितिले निर्वाचन सम्बन्धि कार्य अगाडि बढाइ सकेकोले कार्यसमितिले निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय कुनै अनेपेक्षित निर्णय गर्न परेमा अनुगमन समितिको परामर्शमा गर्न समेत अनुरोध गरिएको छ ।
यता एनसिसि जापानका अध्यक्ष भण्डारीमाथि अनियमितताको आरोप लागिसकेपछि कार्यसमितिका बहुमत सदस्यहरुले उनलाई निलम्बन गरि वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामालाई कार्यवाहक तोकी नियमित कार्य गर्दै आइरहेको छ । सोही बहुमत सदस्यको निर्णय भनि आवश्यक कारवाहिको माग गर्दै अनुशासन समितिलाई अनुरोध गरिएको थियो ।
अनिता गुरुङ लामा सहितको बहुमत कार्यसदस्य टिमले यो निर्देशन मान्य नहुने बिना आधार गल्ती नगरेको कार्यसमितिलाई भंग गर्न नपाइने बताईएको छ ।
अध्यक्षको गल्ती कमजोरी जोगाउने नाममा संस्थालाई नै भंग गरिनु दुर्भाग्यपूर्ण रहेको कार्यसमितिका पदाधिकारी सदस्य, बुद्धिजीवीहरुको प्रतिक्रिया दिएका छन ।
आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई समेटेर विभिन्न देशको लागि समेत आगामी दिनमा सकारात्मक नजिर स्थापित होस भन्ने मान्यताका साथ यो निर्णय आएकोले सबै पक्षले स्वीकारेर जानुपर्ने आफ़्नो धारणा रहेको बताए ।
एशिया प्यासिफिक क्षेत्रीय संयोजक गोबिन्द श्रेष्ठले विगतमा नागोयाको क्षेत्रीय समितिको निर्वाचनका सम्बन्धमा आफूले गरेको निर्देशन विपरीत राष्ट्रिय समन्वय परिषद जापानमा कार्य भएको विषयलाई गम्भिर रूपमा लिएको बताउनु भएको छ । आफ़्नो रिपोर्टिंग गर्ने र जवाफदेही रहनुपर्ने निकायसँग नियम संगत रुपमा कार्य गर्नु गराउनका लागि समेत सचेत गराउदै यस्ता कार्य नहुनुले अहिलेको परिस्थिति आएको बुझाई छ ।
आरोपित अध्यक्ष भण्डारीले गरेको गल्तीको भागिदार सम्पूर्ण कार्यसमितिले लिन नसक्ने यो पत्रमा उल्लेख गरिए झै कुनै निर्वाचन मण्डलले निर्वाचन नगर्ने भै यहि कार्यसमितिले गर्नुपर्ने रामजंग कार्कीको भनाइ छ ।

आगामी एनआरएनए आइसिसी चुनाबको मारमा एनआरएनए जापान, आइसिसीको निर्णयलाइ चुनावी भोटको जोड घटाउले पार्यो असर, व्यक्तिको बचाउमा लाग्दा गर्दा बन्यो सिंगो जापानको कार्यसमिती अचानो

नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष हवल चन्द्र लामाले ncc जापानको अहिलेको अवस्था सृजना हुनुमा अध्यक्ष भण्डारीको प्रमुख हात रहेपनि आईसिसिले जापानको वस्तुगत अवस्थाको विश्लेषण नगरी आत्मागत निर्णय गरेकोले निर्णय कार्यान्वयनमा चुनौती रहेको बुझाई छ ।
एनसीसी जापानमा भएको भनिएको अनियमितता गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य रहनु भएका सालिकराम भण्डारीले अध्यक्ष भण्डारीको आरोप र छानबिन समितिको प्रतिवेदनलाई फरक फरक पाटोमा राखेर हेर्न आग्रह गर्दै अहिलेको समस्याको समाधानको सहज उपाय आरोपित भण्डारीलाई निलम्बित गरि कार्यसमितिलाइ नियमित काम गर्न दिइ महाधिवेशन सम्पन्न गर्ने वातावरण सृजना गरिनुपर्नेमा जोड दिए ।
महाधिवेशन सम्पन्न गर्न एक अध्यक्ष मण्डल गठन गर्ने र सो अध्यक्ष मण्डलको गठन निवर्तमान अध्यक्ष, भवन भट्टको संयोजकत्वमा रहेको समितिले गर्ने भनि पत्रमा अनुरोध भएकोले यो कार्यसमिति अवैध रूपमा भएको अवस्थामा रहने हुदा हामीले मनोनित गरेको आइसिसि सदस्य कसरि बैध? हामीले पठाएको डेलिगेट्सले मतदान गरेर जितेको प्रतिनिधि डिआरसी आरसी कोषाध्यक्ष ज्यु कसरी बैध हुन्छ भन्ने गम्भिर प्रश्न उब्जिएको सचिव विष्णुप्रसाद घिमिरेको प्रतिक्रिया छ ।

धान खाने मुसो चोट पाउने भ्यागुतो भन्ने नेपाली उखान चरितार्थ हुने गरि आईसिसिको निर्णय आउनु एनआरएनएको इतिहास मै दुर्भाग्यपूर्ण रहेको कोषाध्यक्ष कालिका थापाले बताउछिन ।
एनसीसी जापानमा भएको विवादका कारण बहुमत सदस्यले अध्यक्ष भण्डारीलाई कारवाहि गरि निलम्बन गरेर थप कारवाहिको लागि अनुशासन समितिमा निवेदन गरेपनि त्यसको कुनै सुनवाई नहुनु र अप्रत्याशित रूपमा सम्पूर्ण कार्यसमिति भंग हुने आसायबाट निर्णय सार्वजनिक हुनुले कसैको पनि हित नगर्ने यसले झन समस्या बल्झाउने बुझाई भवानी पन्त, पदम ठगुन्ना, रामहरि पुडासैनी लगायतको रहेको छ ।

तलको लिंक क्लिक गर्नुहोस।

बहुमत कार्यसमितिले गरेको निर्णय

आईसीसीलाई आरोपित अध्यक्षलाई कार्यवाहीको माग गर्दै पठाईएको निवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?