एनआरएनका धमिराहरु खबरदार !

-


     निराजन गैरे    
     असार १२ गते २०७८


नेपालका उखानेश्वर महादेवको पदवी पाएका पर-धानमन्तरी ओलीले गोरुलाई नांगै हिड्न के को लाज ? भनेजस्तै जापानका एनारानका हली, बाउसे, मुखियाहरुलाई अहिले पटक्कै लाज नमानेको देख्दा जापानका सारा नेपालीको अहिले अन्तरराष्ट्रिय बेइजत भएको छ । एक बिराउने, संसार पिराउने भनेझैं तरमार्न पल्केका केही बदमासहरुले गल्ती गर्छन् बिचरा सोझासिधाहरु बलिको बोको हुनुपरेको अवस्था छ । हुँदा हुँदा जापानबासी नेपालीको नाम नै संसारभरि गन्हाउन थालेको छ । यसको जिम्मा देविलालहरुले लिनुपर्छ कि पर्दैन ? पन्तहरुले लिनुपर्छ कि पर्दैन ? भट्टहरुले लिनुपर्छ कि पर्दैन ?
कुरोको चुरो खोतल्नै परे जरैबाट खोतल्दा अन्याय हुँदैन । जब जापानको एनारानमा चुल्ठे, मुन्द्रे, तिघ्रेहरुको चकचकी र बकबकी सुरु भयो त्यहींबाट आर्थिक घोटालाको शृङ्खला पनि सुरु भएको हो भन्दा फरक पर्दैन । माने पनि नमाने पनि यो गुण्डागर्दी प्रवृत्तिलाई एनआरएनका तेस्रो कार्यकालका अध्यक्षले भित्र्याएका हुन्, उनैको संरक्षणमा उनीहरु लामै समय पालिए, पोसिए, पुल्पुलिए । मुन्द्रेहरुको सलामी, दारुपानीको जोहो गर्न संस्थाको कोषबाट पटक्कै खर्च भएन होला भन्न सक्ने ठाउँ छैन । बिल मिलाउने, हिसाब मिलान गर्ने, अधिवेशनमा ताली पड्काउन लगाउने र आर्थिक प्रतिबेदन पास गराउने बानी परेका एनआरएनका बज्रस्वाँठहरुलाई फुकुओकादेखि आफु-आफुमा के के स्वार्थ बाझिन पुग्यो अनि कट्टु खोलाखोल र पोलापोलको स्थिति आएको हो भन्ने कुरो दिनको घामजस्तै छर्लङ्गै छ ।

एउटा मात्र केश हैन धेरै केशमा, लाखको कुरो हैन करोडमा आर्थिक घोटाला भएका कारण चरम विवादमा तानिएका अहिलेका अध्यक्ष देविलाल भण्डारीलाई कसैको संरक्षण बिना यत्रो दबाब थेग्न सकेका छैनन् भन्ने सबैलाई लागेकै थियो । नभन्दै आइसीसीले काइते एवं नामर्द निर्णय गरेर घुमाउरो पारामा आर्थिक घोटालाका नाइकेको संरक्षण गरेको लबस्तरो पत्र काटेर अनुगमन समितिको नाममा फेरि उनै दूधको साक्षी बिरालो अर्थात बाँदरलाई मकै गोठालो बनाएर जिम्मा लगाएर पठाएको देख्दा आइसीसीको तागत र वौद्धिकता पनि कठै बिचरा भन्न मन लाग्यो ।

एनआरएनमा कस्ता मान्छेहरु हुँदा रहेछन भन्ने अन्तर्राष्ट्रिय स्तरको बेइजती भईरहेको यसपटकको जापान प्रकरणले देखाएको छ, एनआरएनमा बिधि-बिधान भन्ने छैन कि क्या हो ? भित्रभित्रै डुङडुङती गन्हाएका मान्छेहरुको जमातले नेतृत्व गरेको एनआरएन जापानको आर्थिक घोटाला प्रकरण छानबिन गर्न बनेको कमिटीले अनियमितता भएको हाकाहाकी ठहर गर्दागर्दै पनि त्यसको क्षतिपूर्तीसहित कार्वाही गर्नुपर्नेमा उल्टै संरक्षण गरिनु सरासर गलत छ, घोर भर्त्सनायोग्य छ, निन्दनीय छ, आपत्तिजनक छ ।

नभन्दै आइसीसीले काइते एवं नामर्द निर्णय गरेर घुमाउरो पारामा आर्थिक घोटालाका नाइकेको संरक्षण गरेको लबस्तरो पत्र काटेर अनुगमन समितिको नाममा फेरि उनै दूधको साक्षी बिरालो अर्थात बाँदरलाई मकै गोठालो बनाएर जिम्मा लगाएर पठाएको देख्दा आइसीसीको तागत र वौद्धिकता पनि कठै बिचरा भन्न मन लाग्यो ।

एनआरएन तिम्रो मात्र ठेक्का हैन, समय आएपछि यसको मूल्य निकै महंगो पर्ने छ, जबाफ दिन तयार भएर बस्दा हुन्छ । जापानबाट फुटबल टिम पुग्ने आइसीसीमा प्रतिनिधित्व छ तर यतिभाँती रडाको मच्चिदा पनि सबै तैं चुप मै चुप हुनुको अर्थ के हो ? जबाफ चाहियो ? अब देविलाललाई जोगाउनका लागि न्वारानदेखिको बल लगाउने अरु देविलालहरुलाई पनि पानी मुनि गए पनि थुतेर नांगेझार बनाउन हामी मोर्चाबन्दी कसिसकेका छौं । राम्रोसंग हेक्का राखेहुन्छ हातमा दहि जमाएर अब जापानबासी नेपालीहरु बस्नेवला छैनन् ।

यो अति भयो, अति भए खति हुन्छ । एनआरएनमा आर्थिक घोटाला भयो भनेर १२ हात उफ्रनेहरु पनि देविलाल प्रकरणमा चुँइक्क बोलेको नदेख्दा मिलेमतोमै सबथोक भएको रहेछ भनेर अनुमान किन नलगाउने ? एनआरएन जापानको इतिहासमा सबैभन्दा कालो धब्बा लगाउने हालका चरम विवादित अध्यक्ष र उनका संरक्षणमा हात धोएर लागेका महासचिव, प्रवक्ता लगायत उनका मतियारहरुले चित्तबुझ्दो जबाफ दिनुपर्‍यो ।

क्षतीपूर्ती, सजायँ, राजीनामा मात्रैले पनि नपुग्ने अपराध गरेका देविलाल र उनका मतियारहरुलाई आइसीसीका खाली शिशीहरुले यतिभाँती माया गरेर संरक्षण गरेको देख्दा अब एनआरएन अभियानमा आगो बल्नेवला छ । आजको सचेत युवा पुस्ता तिम्रा हरेक कुरामा आँखा चिम्लेर ताली बजाउनेवला छैनन् । बरु हेक्का राख्दा हुन्छ आवश्यकता परे हामी युवाहरु ठाउँको ठाउँ ती कुलंगारहरुको कठालो समाउन तयार भएर बस्नेछौं । यो भ्रष्टाचारी संरक्षण प्रकरणको बिरोधमा एकताबध्द भई खरो रुपमा उत्रन जापानबासी समस्त स्वाभिमानी नेपालीहरुमा हार्दिक अपिल पनि गर्दछौं । (यो आलेख लेखकको निजी विचार हो।उहाँको फेसबुक वालबाट साभार गरिएको हो।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?