बागलुङ / जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आज अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गर्नुभएको थियो ।
सीमित स्रोत साधनका बावजुत कोरोनाविरुद्ध सङ्घर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले ती संस्थाले जापानमा आर्थिक सहयोग अभियान चलाएका थिए । त्यसरी सङ्कलित रकमबाट स्वास्थ्य सामग्री÷उपकरण खरिद गरी पठाइएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष रमेशकुमार खत्रीले बताउनुभयो ।
साथै आगामी दिनहरुमा यसरी नै गल्कोट समाज जापान, गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियो . घुम्टे युवा परिवार जापान शाखा र जापानमा रहेका गल्कोटका अन्य सामाजिक संस्थाहरु बिचमा सामाजिक कृयाकलाप तथा मानवीय सेवा गर्ने वातावरण श्रृजना होस् भन्ने विश्वाश लिएकाे सचिव थापाले बताउनु भयाे ।
कोरोना माहामारीलाई रोकथाम गर्नका लागि पहिलो अति आवश्यकिय पर्ने पिसिआर टेष्ट किट, एन्टिजिन टेष्ट किट, सर्जिकल मास्क, मेडिकल मास्क, पल्स अक्सिमिटर, थर्मोमिटर, फेस सिल्डलगायतका सामग्री सहयोग गरिएको हार्मोनी प्रिस्कुल इन्टरनेशनल प्रिन्सिपल प्रिन्सिपल प्रदिप थापाले बताउनु भयो। अस्पताल र दुई पालिकाका स्वास्थ्य शाखामा गरी कुल रु. सात लाख ३७ हजार बराबरको सामग्री पुगेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले बताउनुभयो ।
गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियो र घुम्टे युवा परिवार जापान शाखा दुबै संस्थाका सचिव दिनेश थापाका अनुसार आर्थिक सहयोग अभियानमा २९ जना स्वतःस्फूर्त रुपमा जोडिएका थिए । कोरोना महामारीले देश आक्रान्त बनेको, सङ्क्रमितले उपचार नपाएको, अक्सिजनसहित स्वास्थ्य सामग्री÷उपकरणको अभाव रहेको खबरले छोएपछि आफूहरु सामग्रीको जोहो गर्नतर्फ लागेको बताउने सचिव थापाले निषेधाज्ञका कारण जापानबाट नेपालका लागि हवाई उडान पुर्ण रुपमा बन्द रहेको अवस्थामा डि एच एल हवाई कार्गो गरि स्वास्थ्य सामाग्री पठाउने सामाजिक संस्थाहरुमा यो संभवत पहिलो रहेको उहाँको भनाई छ।
महामारीसँग जुधिरहेको आफ्नो देशप्रतिको कर्तव्य सम्झेर प्रवासी नेपालीले पठाएको सहयोग अमूल्य रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राना मगरले बताउनुभयो । उहाँले अस्पताललाई प्राप्त सहयोगको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । गलकोट समाज बागलुङका अध्यक्ष थापा, घुम्टे युवा परिवार मल्म, गलकोटका अध्यक्ष थम्मन थापालगायतले जापानबाट सहायता ल्याउन आवश्यक समन्वय र पहल लिनुभएको थियो । महामारीको यो विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।
साथै आगामी दिनहरुमा यसरी नै गल्कोट समाज जापान, गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियो . घुम्टे युवा परिवार जापान शाखा र जापानमा रहेका गल्कोटका अन्य सामाजिक संस्थाहरु बिचमा सामाजिक कृयाकलाप तथा मानवीय सेवा गर्ने वातावरण श्रृजना होस् भन्ने विश्वाश लिएकाे सचिव थापाले बताउनु भयाे ।