प्रवास

टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन,अध्यक्षमा चन्द्र खत्री

स्वास्थ्य, शिक्षा र खेलकुदको विकासका लागि पोखरामा स्थापना गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन गरिएको छ ।मंगलबार जापानको टोकियोमा सम्पन्न प्रथम अधिवेशनले शाखाको संरक्षकमा श्री गुरुङ र चन्द्र खत्रीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।राष्ट्रिय खेल भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल ग्रुपको जापान शाखाको उपाध्यक्षमा नबिन कुमार गुरुङ, सचिबमा भिक्टर ठाडा मगर, कोषाध्यक्षमा पृथ्बी खत्री, चयन भएका छन् ।टाइगर ग्रुपका केन्द्रीय अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङसहितको उपस्थितिमा… पुरा पढौ

जापानमा रहेका नेपालीलाई सकारात्कम ऊर्जा प्रदान गर्न “कविताको लय र जीवनका रङ्गहरु” कार्यक्रम हुँदै

जापानमा नेपाली समुदायमा बढिरहेको नैराश्य तथा यसले निम्त्याइरहेको दूर्घटना न्यूनीकरणका लागि कविता र जीवन दर्शन तथा प्रेरणादायी कथाहरुको कार्यक्रम "कविताको लय र जीवनका रङ्गहरु” कार्यक्रम गरिने भएको छ ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र एनआरएनए जापानको संयुक्त आयोजनामा २१० औ भानु जयन्तीको अवसर पारेर जुलाई ९ तारिखमा हुन लागेको विशेष कार्यक्रममा सकारात्मकता तथा प्रेरणादायी कथाका वक्ता सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी र सुरज हुक्पा चोङवाङ लगायतका स्रष्टाहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी… पुरा पढौ

एनआरएनएका एक्ला ‘राम’, जो सबलाई छोड्दा छोड्दै आफै छुटिरहे

काठमाडाैं। करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो। गोरखाको मध्यम वर्गीय परिवारमा उनी सन् १९५० मा जन्मिएका थिए। १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुगेका थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किए। त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उनको प्रेम बसिसकेको थियो। यता… पुरा पढौ

जापानमा ताप्लेजुङका १९ वर्षीय बचन केदेम लिम्बुको हृदयघातबाट निधन

जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्ड स्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए ।“४ महिना अघिमात्र जापान आएका लिम्बु शुक्रबार छात्रवास (होस्टेल)बाट विधालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए” कार्कीले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन-तत्काल उनलाई उद्धार गरेर मिनातोकु स्थित चुवु रोसाई अस्पताल लगिएको थियो, अस्पतालका… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले सेप्टेम्बर १८ मा ‘तिज धमाका २०२३’ आयोजना गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि मनाउन लागिएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए।चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न… पुरा पढौ

जापानमा कास्कीका ४४ वर्षीय अजय गुरूङको मृत्यु

जापानको खानागावाकेनको योकोहामामा परिवारसंगै बस्दै आएका एक नेपालीको मृत्यु भएको छ ।नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड न.२२ पुम्दिभुङ्दी स्थायी घर रहेका ४४ वर्षीय अजय गुरुङको बुधबार साँझ मृत्यु भएको विनय गुरुङले जानकारी दिएका छन ।श्रीमतीको डिपेण्डेंट भिसामा ११ वर्षीय छोरासहित १० वर्षदेखि जापानमा रहदै आएका उनी बुधबार आफ्नो नियमित काममा जादै गर्दा असहज भै घर फर्किएको र साँझ श्रीमतीसंग कुरा भै श्रीमति घरमा आउदा अचेत अवस्थामा फेला परि अस्पताल ल्यैजादा उनी मृत रहेको अस्पतालले जनाएको विनयले बताएका छन । पुरा पढौ

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

अध्ययन, व्यवसाय, काम वा अन्य विभिन्न कारणबाट परदेशिएका वाग्लुङ्ग बिहुँ करलिमका युवाहरूले स्थापना गरिएको करलिम कल्याण कोषको वेवसाईटको शनिवार औपचारिक उद्घाटन गरिएको छ ।परदेशमा रहेरपनि आफ्नो जन्म ठाऊँ अनि गाऊँलाई विभिन्न किसिमले सेवा अनि टेवा पुऱ्याउन साकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न देशमा रहेका वाग्लुङ्ग बिहुँ करलिमका युवाहरुले २०७८ सालमा करलिम कल्याण कोषको स्थापना गरेका थिए ।कोषले गरेका विभिन्न गतिविधि अनि सेवा र सहयोगलाई सबैका माझ सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ करलिम कल्यान कोष डट कमको शुभारम्भ गरिएको कोषले जनाएको… पुरा पढौ

जापानको रोजगार र मेरो भोगाइ

मलाई लाग्थ्यो विकसित देशहरुको भ्रमण वा कार्यथलो बनाउन पाए कस्तो हुन्थ्यो, कालोजको देश ,सपनाको देशका रुपमा आफुले जापानलाई ल्याएको थिएँ। हुन त आफ्नै मातृभूमिमा हुदाँपनि यस प्रकारका देशका नागरिक र अवस्थाका बारेमा सामान्य रुपमा जानकार हुने अवसर पाएको थिएँ । तर बाहिरबाट हेर्न र प्रत्यक्ष अनुभव गर्न पाउनु फरक हुन्छ र हुदो रहेछ । ठिक छ वर्षको जापान बसाई मेरा लागि साच्चि कै एउटा विश्वविद्यालयको रुपमा रहेको पाउदा आफूलाई सौभाग्यवान् नै ठानेको छु । आफ््रनै मुलुकमा हुदाँ स्नातकोत्तर तहसम्मको अध्ययनबाट,… पुरा पढौ

जापानको अध्यागमन हिरासतमा रहेका एक नेपालीले ४ महिनासम्म उपचार अभावमा हिडडुल गर्न समेत नसक्ने भएपछि उपचारका लागि रकमको माग गर्दै सरकारविरुद्ध मुद्दा हाले

नागासाकी प्रिफेक्चरको अध्यागमन हिरासतमा घाईते भएपछि करिब चार महिनासम्म डाक्टरलाई भेट्न नपाएपछि ओछ्यानमा परेका एक नेपालीले उपचारका लागि रकमको माग गर्दै जापान सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । जापानको अध्यागमन नियन्त्रण तथा शरणार्थी मान्यता ऐन संशोधन गर्ने विधेयक गत जुन ९ मा पारित भएपछि ‘राम’ उपनाम रहेको ४० वर्षका नेपालीले‘म अध्यागमन निकायले हाम्रो कुरा राम्ररी सुनोस र हामीसँग भेदभाव नगर्नुहोस् भन्ने चाहन्छु ।" भन्ने अपील गरेका छन ।ओमुराको नागासाकी प्रिफेक्चर शहरको ओमुरा इमिग्रेशन सेन्टरमा रहँदा रामलाई हिपको हड्डीको नेक्रोसिस हुने… पुरा पढौ

व्यस्त शहरमा काँध थाप्ने पौरखीका कथा

कस्तो भाग्यमानी है तपाई, डिपेंडेण्ट भिसामा आएर यत्ती छीट्टै काम सुरु गर्नु भो ।मैले मुसुक्क हास्दै भने कहाँ छिट्टै हुनु उमेरले त डाडै काटिसकेको छ नी । म त २६ हो अनि उनी २४ अनि तपाईं नी? उनको प्रश्नमा मैले भने २८ वर्ष ।ए हो है ? बैनी भन्थे,म त दिदी भन्नू नी आउदैन की के हो, अब हामी साथी साथी भनौ है ?हस ।यो क्याप्टेन त कस्तो घोसे छ भन्या आफ्नो कम्पनीबाट आएका हरुलाई मात्रै काम दिन्छ । हामीलाई… पुरा पढौ