प्रवास

‘हामी फेरि कहिलै भेट्ने छैनौ’ भनेर सामाजिक संजालमा लेखे जस्तै युवराज र नवराज जापानको सेन्दाइमा अरुलाई सहयोग गर्दैगर्दा सदाका लागि अस्ताए…

हामी फेरि कहिलै भेट्ने छैनौ, तिमी गुराँस नलेउ म अर्को जुनी लिन्न, पाएको जुनीमा एक हुन नसकेपछि अर्को जुनीको आशा किन???आजभन्दा करिब २ महिना अघि आफ्नो सामाजिक संजालमा यस्तो लेखेका नेपालको ओखलढुंगा स्थायी घर भै हाल जापानको सेन्दाइमा भोकेसनल( सेन्मोन गाक्कोउ) शिक्षा अध्ययनरत २७ वर्षीय युवराज थापा अब कहिले कसै कसैसँग नभेट्ने गरि जापानको धरतीमा अस्ताए । सहयोगी मनका धनी नेपाली सस्कार परदेशको भूमिमा पनि पस्तुत गर्दा सुनौला सपना बोकेर आफू र आफ़नो परिवारलाई समुन्नत बनाउने सपनालाई बिग्रिएर बनाउन लागिएको… पुरा पढौ

जापानको सेन्दाईमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते

जापानको सेन्दाई शहरबाट तरकारी कम्पनीमा काम गर्न ईवाते जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ८ः१५ बजेतिर कुरिहाराको वाकायानागीस्थित तोहोकु एक्सप्रेसवे डाउन लाइनको मुख्य लाइनमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा जापानी भाषा अध्ययनका लागि आएका विद्यार्थीसहित बस चालक एक जना जापानी नागरिकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन ।  जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार तोहोकु एक्सप्रेसवेमा रोकिएको बससँग ठूलो ट्रक ठोक्किएर दुर्घटना हुँदा बस बाहिर रहेका दुईजना जना पुरुष… पुरा पढौ

एनआरएनए जापानले गर्न लागेको ‘प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल’ प्रतियोगिताको तयारी अन्तिम चरणमा

जापानको राजधानी टोकियोमा एनआरएनए जापानले गर्न लागेको प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित आगामी सोमबार हुन लागेको उक्त प्रतियोगिताका लागि टिम दर्ता, व्यस्थापकीय कार्यसहित आवश्यक नियमहरूको तर्जुमा गरि सकिएको कार्यक्रम संयोजक एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी)ले जानकारी दिए । Shinjuku Cosmic center’ मा बिहान ९ बजेदेखि हुने उक्त प्रतियोगिताको… पुरा पढौ

प्रवासमा बढ्दैछन् असमझदारी, किन टुट्दैछन् वैवाहिक सम्बन्धहरू !

सृष्टिको सुरुवातमा महिला र पुरुषको परिकल्पना गर्नुको अर्थ महिलाले घर सम्हाल्ने र पुरुषले जहान परिवार पाल्ने मनसायले भएको हुन सक्छ। तर एक्काइसौ शताब्दिमा आईपुग्दा पुजिवाद,औधोगिकरण, महिलाबाद, उपभोक्ताबाद जस्ता अनेक बादका कारण’अर्को जेनेरेसन ‘ तयार पार्ने जिम्मेबारी सँगसंगै महिलामा अरु पनि जिम्मेबारी थपिए ।  विवाहलाई सस्थागत गर्ने नाममा विवाह भएको दिन देखि महिला त्यो पुरुषको ‘स्वामित्व बस्तु’ मा परिणत भयो। यस्तो हुँदा सम्बन्धमा समभाव हुने त कुरै भएन। जसले गर्दा धेरै जसो सम्बन्धहरुमा एक खालको ‘प्रतिस्पर्धा’ देखिन थाल्यो। नेपालमा यस्तो प्रतिस्पर्धा… पुरा पढौ

चितवन समाज जापानको चौंथो अधिवेशनको तयारी पुरा

टोकियो । चितवन समाज जापानको चौथों अधिवेशनको सम्पूर्ण तयारी सकिएको चितवन समाज जापानका कोषाध्यक्ष टंक गैरेले बताएका छन्। समाजको अधिवेशन आगामी मे १७ तारिक तय गरिएको हो। चितवनबाट जापान आएर रोजगार, व्यवसाय, अध्ययन लगायत बिभिन्न पेशा गरेर जापानलाई कर्मथलो बनाई बसेका समस्त चितवनवासीको संस्था चितवन समाज जापानको चौथो अधिवेशन हुन लागेको हो । कोभिड महामारीले बृहत् कार्यक्रम गर्न नसकेको अवस्थामा कोभिड संक्रमण न्यून भएसँगै जापान सरकारले भेला, जमघटलाई सहज बनाएको हुदाँ चौथो अधिवेशन गर्न लागेको चितवन समाज जापानका अध्यक्ष राजन… पुरा पढौ

बेलायतमा उच्च अध्ययनका लागि गएकी दोलखाकी २१ वर्षीय सदिच्छा तामाङको निधन

लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ ।निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको १० मे बुधबारमा निधन भएको हो ।सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ ।२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा… पुरा पढौ

एनआरएनए जापानमा सदस्यता आवेदनको समय थप गर्ने नगर्ने विषयमा विवाद, एकैदिन समय थप गर्ने र नगर्ने पक्षका दुईवटा विज्ञप्ति सार्वजनिक, सर्वसाधारण अन्यौलमा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा २०२३-२०२५ कार्यकालको लागि सदस्यता आवेदनका लागि समय थप गर्ने नगर्ने विषयमा भएको विवाद सुरु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको २०२३ जनवरी १५ तारिकको निर्णय अनुसार मे ५ तारिकसम्म सदस्यता आवेदनका लागि समय निर्धारण गरिएकोमा समय थप गर्ने नगर्ने विषयमा शुक्रबार दुईवटा विज्ञप्ति सार्वजनिक भएका छन । शुक्रबार दिउसो एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेको हस्ताक्षर रहेको विज्ञप्तिमा पछिल्लो ३ दिन जापानमा लामों बिदा गोल्डन विकका कारण… पुरा पढौ

ओसाकाबाट हराइरहेकी आरती किन भेटिनन् अहिलेसम्म ? यस्तो छ पछिल्लो अपडेट

आरती खनाल विद्यार्थी भिषामा १ बर्ष अगाडी मात्रै जापान आएकी थिइन। उनी जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १- ३ - २ मा रहदैं आएकी बताईएको छ। २३ वर्षीय आरतीको स्थायी घर चितवनको भरतपुर महानगरपालिका वार्ड नं -१२ हो ।हराइ रहेकी आरतीसंगै उनीहरुका साथीहरु मार्च १६ तारिक आफ्नो कोठामा नभएको र १७ तारिक सबै आफ्नो - आफ्नो कोठामा फर्किदा आरती पहिलानै कोठामा पुगिसकेकी र पछि आरतीले काम छ भन्दैं बिहानै कोठाबाट निस्किएकी उनको साथीहरुले भनेको बताइएको थियो। मार्च १६… पुरा पढौ

एनआरएनए जापानले प्रथम रनिङ कप पुरुष भलिबल प्रतियोगिता में २२ मा टोकियोमा आयोजना गर्दै

जापानको राजधानी टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो । एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले एक आपसमा भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । प्रतियोगिता मे २२ तारिख सोमबार टोकियोको ‘Shinjuku Cosmic center’ मा हुनेछ । प्रतियोगिताको… पुरा पढौ

दिपक अधिकारीको अध्यक्षमा १९ सदस्यीय गल्कोट सोसाइटी अष्ट्रेलियाको नया कार्यसमिति चयन

गल्कोट सोसाइटी अष्ट्रेलियाको आईतबार सम्पन्न भेला तथा बारबिक्यूले आगामी कार्यकाल २०२३ -२०२५ को लागि दिपक अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।Tempe पार्कमा सम्पन्न नेपाली नयाँ बर्ष शुभकामना आदान प्रदानसहित भएको कार्यक्रमबाट सोसाइटीको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण कुँवर, उपाध्यक्षमा मनोज अधिकारी महासचिबमा जंग कुँवर, सचिबमा दिपक गौतम पब्लिक रिलेशन अफिसरमा याम खत्री, कोषाध्यक्षमा याम कुँवर सह कोषाध्यक्षमा अजित थापा, स्पोर्ट्स कॉर्डिनेटरमा गोर्ख खत्री, आईटी कॉर्डिनेटरमा महेन्द्र कार्की र कल्चर कॉर्डिनेटरमा अन्जेला सुनार आर पुनम खत्रीलाई चयन गरिएको वरिष्ठ… पुरा पढौ