प्रवास

घुम्टे युवा परिवार जापान शाखाले मल्मका छात्रा विद्यार्थी र एकल महिलालाई स्वाथ्य सामग्री तथा राहत सामग्री वितरण

घुम्टे युवा परिवार जापान शाखाले गलकोट नगरपालिका वार्ड नम्बर ७ मल्मका छात्रा विद्यार्थी र एकल महिलालाई स्वाथ्य सामग्री तथा राहत सामग्री वितरण गरेको छ ।३२ जना विपन्न एकल तथा अपांग महिलाका लागि दैनिक उपभोग्य सामाग्री र वडा भित्रका ४ विधालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन १०२ जना छात्राका लागि प्रति विधार्थीलाई १ वर्ष पुग्ने गरि सेनेटरी प्याड वितरण गरिएको घुम्टे युवा परिवार जापानकी महिला संयोजक कल्पना खड्काले बताईन।घुम्टे युवा परिवार मल्म, गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालय र… पुरा पढौ

गलकोट समाज जापानले ११३औं अन्तराष्ट्रिय नारी दिवसमा अन्तरक्रिया-“गल्कोटमा महिलाको अवस्थाः हिजो,आज र भोलि ”

गलकोट समाज जापानले ११३औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा “गल्कोटमा महिलाको अवस्थाः हिजो,आज र भोलि ” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गलकोटमा जन्मिएर विश्वभर रहेका र समाजमा आफ्नो विभिन्न पहिचान बनाएका महिलाको सहभागितामा मार्च ८ अर्थात् बुधवार भर्चुवल रूपमा सो कार्यक्रम गर्न लागिएको समाजकी उपाध्यक्ष चन्द्रा अधिकारी केसीले जानकारी दिइन ।“११३औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा गल्कोट समाज जापानले पनि ११३औं अन्तराष्ट्रिय नारी दिवस विश्वभर छरिएर रहनु भएका गल्कोटे दिदीबहिनीहरुको सहभागितामा अनलाईन मार्फत अन्तरक्रिया कार्यक्रमको माध्यमबाट गर्न लागिरहेका छौ ।”… पुरा पढौ

स्याङ्जा समाज नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निविरोध चयन

स्याङ्जा समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निबिरोध चयन भएका छन्। समाजको गत कार्य समितिमा उपाध्यक्ष रहेका उनि लगाएत सम्पूर्ण कार्य समिति बिहिवार नागोया शहरमा सम्पन्न चौंथो अधिवेशनबाट र्निबिरोध चुनिएका हुन्। समाजको बन्द सत्रले बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल,महिला उपाध्यक्ष राधिका पाण्डे,उपाध्यक्ष बिरेन गुरुङ ,महासचिबमा पुनः मनोज ढुंगाना ,सचिव बिदुर लम्साल ,सह-सचिव सुन्दर थापा ,कोषाध्यक्ष सुर्य पोख्रेल र सह -कोषाध्यक्ष सुर्य वाग्लेलाई चयन गरेको हो। कार्य समिति सदस्यहरुमा (बिध्यार्थी संयोजक) रेखा केसी,राम प्रकाश अर्याल ,सुची राना ,बिकाश लम्साल, जे.बी.… पुरा पढौ

जापानमा कास्की घान्द्रुकका हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको निधन

जापानमा दुईजना नेपालीको असामयिक निधन भएको छ ।कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । जापानको साईतामाको एक पार्कमा नेपाली मृत फेला परेका गुरुङको फेब्रुअरी ४ तारिक मृत्यु भएको र सोमबारमात्र उनको मृत्युको बारेमा जानकारी प्राप्त भएको बताइएको छ । भनेबिगत लामो समयदेखि आईचि केन तोयोकावा बस्दै आएका पुनको अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको भएको हो ।गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव हाल… पुरा पढौ

चितवन समाज जापान,नागोयाको अध्यक्षमा बिनोदकुमार सापकोटा र्निविरोध चयन

चितवन समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा बिनोदकुमार सापकोटा सर्वसहमत चयन भएका छन्। शनिबार जापानको नागोयामा भएको अधिवेशनले अध्यक्ष सहित सबै पदहरु सर्वसहमत चयन गरेको हो। समाजको उपाध्यक्षमा प्रविण कँडेल र विन्दु शर्मा सचिवमा कमलप्रसाद शर्मा ( पिएचडि ), सह- सचिवमा सन्तोश ढकाल र कोषाध्यक्षमा काशी आचार्य चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा यम अछामी नेपाली, सुरेश गिरी, दिपेन्द्र थापा , अनिश कायस्थ , ईन्द्र पराजुली र जिवन घिमीरे रहेका छन्। समाजको खुल्ला सत्रले नयाँ समिति चयनका लागी चितवन समाज जापानका… पुरा पढौ

नातिनीलाई तेल लगाएको भिडियो टिकटकमा पोष्ट गरेपछि अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षीय नेपाली हजुरआमा पक्राउ

अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षीय नेपाली हजुरआमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघीय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षीय नातिनीमाथी अश्लिल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ । प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध जबरजस्ती अश्लिल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्रेंजीमा समेत उल्लेख छ । She has been charged with… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा प्रवास समन्वय समितिका नेताले सम्बोधन गर्ने

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ ।“प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने मूल नाराका साथ जापानको तोचिगीमा नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति सह इन्चार्ज लक्ष्मण पन्त नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा र नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा वाइसीयल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाको उपस्थितिमा सो कार्यक्रम गर्न लागिएको… पुरा पढौ

वृद्धा बिरामीलाई कुटेको भन्दै नेपाली नर्स पक्राउ, जेल सजाय हुनसक्ने

अष्ट्रेलियामा बसोबास गर्ने एक नेपाली नर्स पक्राउ परेकी छन्। एक वृद्धा बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेको हो।  'वर्किङ भिसा'मा अष्ट्रेलिया पुगेका अस्मिताले इपिङस्थित एस्टिया हेल्थमा भर्ना भएकी एक वृद्धालाई थप्पड हानेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्।  अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ।  अस्मितलाई जेलसम्मको सजाय हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले माफी माग्दै कुनै पनि प्रकारको दुर्व्यवहार… पुरा पढौ

धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न,श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । आईतबार टोकियोमा सम्पन्न भएको ५ औँ अधिवेशले श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ। अधिवेशनले सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीमा चयन गरेको हो।निर्वाचित हुने कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा राम सिम्खडा,उपाध्यक्षहरुमा सुजता दुवाडी,दिनेश अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ,महासचिवमा बिजय सडौला,सचिवमा सुशान्त बानियाँ र ओम कुमार श्रेष्ठ,कोषाध्यक्षमा राम बाबु दनाई,सह-कोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् । त्यस्तैगरि सदस्यहरुमा,प्रलाद अधिकारी,दिनेश पण्डित,कृष्ण बहादुर मगर,राम बहादुर बिसुन्के,ईश्वरी अर्याल,ठाकुर खनाल,गणेश बहादुर अधिकारी,पशुपति थपलिया,प्रविण नेपाल र माधव… पुरा पढौ

साउदीमा पनि २४ नेपाली अलपत्र

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरेबापत १००+३०० र १२००+३०० साउदी रियाल दिने भनेर उनीहरू साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न साउदी पुगेका थिए। ‘हामीलाई सुरुमा काम गर्न लगाइयो र १२ महिनासम्म काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसार तलब पनि पाइयो। तर, अचानक… पुरा पढौ