गलकोटमा गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले बाढ्यो शैक्षिक सामग्री

-


     जनहित न्युज    
     माघ १७ गते २०८०


गलकोट समाज जापान कान्तो क्षेत्रीय समिति टोकियोले गलकोट क्षेत्रका विभिन्न सामुदायिक विद्यालयका १ सय ७८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
कान्तो क्षेत्रीय समिति टोकियोले गलकोट क्षेत्रका गलकोट नगरपालिका र तारा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिका सचिव दिपक सुवेदीले जानकारी दिए।

प्रवासमा रहेर जन्मभूमिको माया र भावी पिँढीलाइ स्वदेशमा नै रहेर सेवा गर्न प्रोत्साहन गराउनका लागि उत्प्रेरित गरोस् भन्ने दीर्घकालीन लक्ष्यका साथ कान्तो क्षेत्रीय समितिले जेहेन्दार तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिँदै आएको सचिव सुवेदीको भनाइ छ।

हाम्रो गाउ हाम्रो ठाउँ हातेमालो गरि समृद्ध बनाउ भन्ने उदेश्यका साथ स्थापना भएको गल्कोट समाज जापान अन्तर्गतको क्षेत्रिय समिति कान्तो टोकियोले विगत २०२०-२०२२ को कार्यकाल देखि सुरुवात गरिएको शैक्षिक सामग्री वितरण कार्यलाई निरन्तरता दिदै यो वर्ष तारा गाउँपालिकाका ५ वटा वडा र गलकोट नगरपालिकाका ११ वटै वडामा प्रत्यक्ष रुपमा पुगेर अन्तर्क्रियासहित सामग्री हस्तान्तरण गरिएको क्षेत्रीय समितिका उपाध्यक्ष दिनेश थापाले बताए।
प्रत्यक्ष रुपमा फिल्डमा नै पुगेर स्थानीय तहका जन प्रतिनिधि, अभिभावक विद्यार्थी शिक्षकहरुसहितको अन्तरक्रिया कार्यक्रममार्फत सम्वन्धित बालबालिकालाई सामग्री हस्तान्तरण गर्दा संस्थाको गरिमा बढ्नुका साथै सामाजिक संघ संस्थालाई स्थानिय स्तरबाट हेर्ने दृष्टिकोणमा सकारात्मकता आएको बुझाइ उपाध्यक्ष थापाको छ।

बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको संयोजन समेत गरेका उपाध्यक्ष थापासहित सम्पूर्ण क्षेत्रमा सामग्री वितरणका लागि उपाध्यक्ष इश्वर बस्नेत, समाजका सचिब युवराज गौतम केन्द्रीय सदस्य दुर्गा थापा, कुलविर थापा, प्रकाश प्रकास केसी समाजसेवी गोपाल चोखाल लगायतको टोली पुगेको थियो।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा खट्नु हुने सम्पुर्ण टिमको कारण सस्थाको गरिमालाई एक ईटा थपी उचाईमा पुर्याउन सफल भएको विश्वास क्षेत्रीय समितिले लिएको अध्यक्ष राजु बस्नेतले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?