प्रवास

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका… पुरा पढौ

उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार, लगनशीलताले उनको जीवनमा ल्याएको परिवर्तन

म कृष्णराज तिमिल्सिना, नेपालको वाग्मती प्रदेशको रामेछापमा हुर्किए। मैले विद्यालय तहको प्रमाणपत्र (एसएलसी) परीक्षा दिनको निमित्त मेरो गाउँबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थली पुग्न १२ घण्टा हिँड्नु पर्दथ्यो । त्यसबेला माओवादी जनयुद्धकालभएकाले गाउँमा बस्न निकै खतरनाक थियो। आफ्नो ज्यान जोखिममा राखेर अध्ययन पूरा गर्न हामीले धेरै चुनौतीहरू पार गर्नुपर्यो। मेरो ब्याचका १०६ जना विद्यार्थीमध्ये हामी १० जना मात्र एसएलसी परीक्षामा उत्तीर्ण भयौं। म उच्च शिक्षाको लागि नेपालको राजधानी काठमाडौं गएँ र मलाई सार्वजनिक बसको छतमा चढेर त्यहाँ गएको सम्झना छ। मलाई सहरमा पढाउने… पुरा पढौ

रक्सी खाएका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको ज्यान गयो

पोर्चुगल/ आफ्नै साथीको चक्कु प्रहारबाट पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । चक्कु  प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले  जानकारी दिए । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए। पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका… पुरा पढौ

विदेशमा बस्ने नेपाली बालबालिकामा मोह, बेलायतमा ‘कखरा’ शिक्षा

अधिकांश नेपालीलाई अंग्रेजी भाषाप्रति मोह छ। नहोस् पनि किन? अंग्रेजी विश्वभर बोलिने तथा कामकाजी भाषा हो। विश्वको जुनसुकै कुनामा अंग्रेजी प्रयोग हुन्छ। प्रतिस्पर्र्धी विश्व बजारमा अंग्रेजीको महत्त्व तथा आवश्यकता छ। त्यसैले अंग्रेजी सिक्न निजी बोर्डिङ स्कुलमा पढाउने जमात ठुलो छ। बढ्दो बसाइँसराइ, अवसरको खोजीले गर्दा ‘ग्लोबल भिलेज’को अवधारणा आएको छ। नेपालीहरू संसारका विभिन्न मुलुकमा पुगेका छन्। नेपालमा छँदा अंग्रेजी मोह भएका नेपालीहरू विदेशमा गएपछि भने नयाँ पुस्ताले आफ्नो मातृभाषा नेपाली बिर्सिने हो कि भन्ने चिन्तामा छन्। बेलायतमा जम्ने-हुर्केका अधिकांश गैरआवासीय… पुरा पढौ

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा… पुरा पढौ

नेपाली कम्युनिटी आएरल्याण्डमा कलाकार प्रस्तुतिसहित दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाली कम्युनिटी आएरल्याण्डमा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आएरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले प्रवासमा गरिने यस प्रकारका कार्यक्रमले नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजलाई बचाउन र दोस्रो पुस्तामा हस्तान्तरण गर्न सहज हुने भनाइ व्यक्त गरे । नेपालबाट आमन्त्रित कलाकार हेमन्त राना र इश्वर सिंहको प्रस्तुति रहेको कार्यक्रममा आएरल्याण्डका लिम्रिक सिटि मेयर आज़ाद तालुक़दारले शुभकामाना मन्तव्य व्यक्त गर्दै दुई देशको कला संस्कृतिको आदान प्रदान गर्न कार्यक्रमले सहयोग प्रदान गरेको विचार व्यक्त गर्दै नेपाली… पुरा पढौ

एनआरएनए जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।"यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान… पुरा पढौ

जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति छ [अन्तर्वार्ता]

कन्सल्ट्यान्ट न्युरोसर्जन डा लुशुन चालिसेजापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्यचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत छन्। त्यसअघि उनी द युनिभर्सिटी अफ टोकियोमा एसिस्टेन्ट प्रोफेसर थिए। उनले क्लिनिकल फेलोका रुपमा नायोगा युनिभर्सिटी र न्युरोसर्जनका रुपमा जापानका विभिन्न अस्पतालमा काम गरिसकेका छन्। नागोया युनिभर्सिटीको प्रोग्राम अन्तर्गत न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेका चालिसे जापान न्युरो सर्जिकल सोसाइटीको बोर्ड–प्रमाणित फेलो प्रशिक्षक पनि रहेका छन्। साथै न्युरोसर्जरी र न्युरो अन्कोलोजीमा उनले नायोगा युनिभर्सिटीबाट पीएचडी गरी सेतो रत्ताmकोष प्रयोग गरेर ब्रेन ट्युमरको उपचार गर्ने नयाँ कार–टि थेरापीको… पुरा पढौ

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता-२०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लब टोकियोले जित्यो

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लव टोकियोले जितेको छ।बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतियोगितामा आयोजक बागलुङ समाज जापानलाई १ का विरुद्ध २ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । १० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उपाधि जितेको स्पोर्ट्स क्लबले ३० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको आयोजक टिमले २० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र पाएर चित्त बुझाएको छ । घुम्टे… पुरा पढौ

नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने

नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने भएको छ।प्रवासी नेपाली सबैमा सत्भाव र एकता आजको अपरिहार्यता , राज्यको अर्थतन्त्र सुधारमा रेमिटान्समा जोड हालको अनिवार्यता भन्ने नाराका साथ सातौं अधिवेशन नोभेम्वर ५ तारिख अर्थात आगामी आइतबार हुन लागेको क्षेत्रीय समितिले जानकारी दिएको छ ।टोकियोको शिन ओकुबो स्थित मुरा हलमा हुन लागेको उक्त अधिवेशनको आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्षेत्रीय समितिका अध्यक्ष गोकर्ण बर्तौलाले जानकारी दिए। उनका अनुसार अधिवेशनको लागि हल व्यवस्थापन, सूचना तथा पत्राचार लगायत आन्तरिक… पुरा पढौ