नेपाली जनप्रगतिशील मञ्च जापानको नवौं महाधिवेशन २०२४ जनवरी २८ तारिख टोकियोमा हुने

-


     जनहित न्युज    
     मंसिर २६ गते २०८०


नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को नवौं महाधिवेशन २०२४ जनवरी २८ तारिकका दिन टोकियोमा हुने भएको छ।
आइतबार प्रवास समन्वय समितिका सह इन्चार्च लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न र मञ्चको राष्ट्रिय समितिको पूर्ण बैठकले नवौं महाधिवेशन जनवरी २८ तारिख आईतबारका दिन जापानको टोकियोमा गर्ने निर्णय गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए।
“प्रवासी नेपालीहरुमा आपसी सद्भाव, भाइचारा र एकताको अभियान ! ज्ञान , सिप र पुँजीको लगानी सहित समृद्ध नेपालको लागि नवौँ अधिवेशन”! भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा लगायतको उपस्थितिमा गर्न लागेको र त्यसका निम्ति आन्तरिक तयारीमा मञ्च जुटेको महासचिव पौडेलले बताए ।

महाधिवेशन तयारीका लागि हल व्यवस्थापन उप – समितिमा संयोजक मोहन पौड़ेल, सदस्य श्रवण सत्त्याल, दावा शेर्पा आर्थिक उप-समितिमा संयोजक भुवन हुमागाई सदस्य बिनुका खड़का, गौरी सापकोटा स्वयम सेवक तथा मास परिचालन उप समितिमा संयोजक श्यामहरि पाण्डे, सदस्य आर एच गौतम क्षेत्रीय समितिका अध्यक्षहरु प्रचार प्रसार उप समितिमा संयोजक रामकृष्ण भण्डारी
सदस्य जीवन पोखरेल, राज पुरी र क्षेत्रीय समितिका सचिबहरु
विधान संशोधन उप- समितिमा संयोजक बाबुराम पौड़ेल र डिला निउरेलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
मञ्चको अधिवेशनमा निर्वाचन सम्पन्न गर्न प्रवास समन्वय समिति सदस्य कमरेड भुपालमान श्रेष्ठको संयोजकत्वमा प्रवास सदस्य अरुण कुमार श्रेष्ठ र मञ्च जापान इन्चार्ज रामहरी पुडासैनी सदस्य रहने गरि ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ ।

मञ्चद्वारा जापानमा सञ्चालन गरिएको ३ महिने संगठन विस्तार तथा सुदृढीकण अभियान रहेको निष्कर्ष बैठकले निकालेको र सोहि अवधिमा मञ्चका सात वटै क्षेत्रहरुका अधिवेशन सम्पन्न भएको पनि महासचिव पौडेलको जानकारी दिए।

गतवर्ष पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जापान भ्रमण गराउन सफल भएको मञ्चले सामाजिक सेवाका कार्यसहित वर्गीय र विचारधारात्मक रूपमा नजिक रहेका जापानबासी नेपालीहरुलाई संगठित गर्दै आइरहेकोमञ्चका राष्ट्रिय अध्यक्ष भवानी पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?