निलुवा समाज जापानको पाँचौँ अधिवेशन डिसेम्बर २७ मा हुने

-


     जनहित न्युज    
     मंसिर २७ गते २०८०


निलुवा समाज जापानको पाँचौँ अधिवेशन हुने भएको छ ।
बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ गठित २०१५ सालमा स्थापना भएको समाज जापानको पॅाचौ अधिवेशन टोकियोको खानागावा केन सिन योकोहामा डिसेम्बर २७ बुधबारका दिन हुने भएको अध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानलाई कर्मथलो बनाउदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्थाको रूपमा रहेको परिचित समाजले सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै आएको अध्यक्ष सुवेदीको भनाई छ ।

समाजको पाचौ अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ कार्य भइरहेको महासचिव भूमिराज सुवेदीले जानकारी दिए । । उनका अनुसार अधिवेशनबाट आगामी कार्यकाल २०२३-२०२५ को लागि नेतृत्व चयन समेत हुने भएकोले संस्थाका संरक्षक भोजिन्द्र सुवेदीको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि वर्तमान कार्यसमिति मूल आयोजक समिति रहने गरि कार्य भैरहेको छ ।

नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि सामाजिक क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक सुबेदीले बताए ।

अधिवेशन बेलुका ५बजेदेखि नेपाली रेस्टुरेन्ट सनराइज 〒222-0033 神奈川県横浜市港北区新横浜3丁目16−15 SKビル新横浜 3F हुने भएको हुनाले सम्बन्धित सम्पुर्णलाई उपस्थित हुनका लागि समाजले अनुरोध गरेको सचिब विष्णु सुबेदी जलनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?