निलुवा समाज जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

-


     जनहित न्युज    
     पौष १५ गते २०८०


जापान । निलुवा समाज जापानको पाँचौ अधिवेशनबाट मोहनराज सुवेदी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

‘बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा निलुवा समाज जापान गठन भएको थियो ।

यस संस्थामा विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरु रहेका छन् । यस संस्थाकाे वरिष्ठ उपाध्यक्षमा हरी सुवेदी निर्वाचित भएका छन् ।

यसैगरी, संस्थाकाे उपाध्यक्षमा जिआर सेवेदी, दिपक सुवेदी ‘विप्लव’, महासचिवमा भुमिराज सुवेदी, सचिवमा विष्णुप्रसाद सुवेदी (जलन), काेषाध्यक्षमा भुमिराज सुवेदी (विष्णु), सह–कोषाध्यक्षमा अन्जान सुवेदी निर्वाचित भएकाे निर्वाचन कमिटीका सदस्य थमबहादुर क्षेत्रीले जानकारी दिए ।

यसैगरी, युवालाई हातेमालाे गर्दै अगाडि बढाउनका लागि युवा संयाेजकमा शिवलाल सुवेदी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा दिनेश सुवेदी, केशव सुनार, शुशिल सुवेदी, इश्वर सुवेदी, नारायण सुवेदी, अंकित सुवेदी चयन भएकाे निर्वाचन समितिका संयाेजक भाेजिन्द्र सुवेदीले जानकारी दिए ।

प्रमुख अतिथिमा नेपालबाट जापानकाे छोटो भ्रमणमा आएका गलकाेट नगरपालिका ४ चमुवाका निवर्तमान शिक्षक हरिलाल सुवेदी थिए । यसैगरी विशिष्ट अतिथिमा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक भाेजिन्द्र सुवेदी, थमबहादुर क्षेत्री र अतिथिमा संस्थाका सल्लाहकार विष्णु सुवेदी रहेका थिए । कार्यक्रम महासचिव भुमिराज सुवेदीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जिआर सुवेदीले दिएका थिए । कार्यक्रममा बाेल्ने बक्ताहरुले कर्मभूमिमा रहेर पनि आफ्नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला मिल्ने बताएका थिए ।

प्रमुख अतिथि हरिलाल सुवेदीले निलुवा समाज जापानले स्थापना कालदेखि निरन्तर रुपमा जन्मभूमि र देशप्रतिको माया ममता, एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट गाउँ समाजमा गरेको उल्लेखनीय योगदान र विभिन्न (शिक्षा, श्वास्थ्य आर्थिक सहयोग, पर्यटकीय) क्षेत्रमा गरेको सहयोगलाई स्मरण गर्दै संस्थाप्रति आभार व्यक्त गरे ।

उक्त अधिवेशनमा महासचिव भुमिराज सुवेदीले प्रगति प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष भुमिराज सुवेदी (विष्णु)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम समापन संस्थाका अध्यक्ष मोहनराज सुवेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?