प्रवास

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएकोमा आन्तरिक तयारीका साथै विविध कारणले नोभेम्बर २० मा सारिएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।नेपालीहरुको महान पर्व दशै तथा दिपावली छठका कारण राष्ट्रिय समिति र क्षेत्रीय समितिका अधिकान्श पदाधिकारी नेपालमा रहेको र थप आन्तरिक तयारी गर्नुपर्ने भएकोले क्षेत्रीय समितिको बैठक… पुरा पढौ

जापानमा रहेका नेपालीमा बढ्दो छ मानसिक समस्या

जापानमा बस्ने नेपालीका आफन्तले विभिन्न माध्यमबाट सोध्छन्– सञ्चै छौ?   सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि?  विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त गर्ने कुरा अनगिन्ति छन्। तर  कुरा फेरि पनि कमाइ–धमाइतिर मोडियो भने चाहिँ धेरैको बिसञ्चो मन झन् बल्झिन्छ। साथीभाइले पनि भन्छन्, ‘विदेशमा छस्, मोज छ ’ अग्ला भवन र समुद्र… पुरा पढौ

अस्ट्रेलिया फर्किन नपाएपछि करोड लगानीमा खोले अत्याधुनिक ‘लन्ड्री’

केशव अर्याल दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। २०७६ फागुनमा डेढ महिनाको छुट्टी लिएर घर आइपुगे। अस्ट्रेलिया फर्किने दिन नजिकिँदै गर्दा विश्वभर कोरोना महामारी फैलन थाल्यो। विभिन्न देशले हवाई उडान रोके। नेपाल सरकारले पनि विमानस्थल बन्द गर्‍यो। त्यही अवधिमा केशवको बिदा सकियो तर अस्ट्रेलिया फर्किन सकेनन्। चौध महिनाको भिसा बाँकी छँदा नेपाल आएका उनको भिसा अवधि कोरोनाकालमै सकियो। त्यही समयमा उनले अत्याधुनिक लन्ड्री (कपडा धुने व्यवसाय) को योजना बनाएका थिए। यसको सल्लाह भने उनका बुबाले दिएका हुन्। 'बुबाको साथीले लामो समयदेखि धुलिखेलमा लन्ड्री चलाइरहनुभएको छ,' केशवले… पुरा पढौ

बाल्यकालको सम्झनामा नै बित्दो रहेछ प्रदेशीको दशैँ

यो धर्तीको सबै फोहोरलाई पखालेर आकाशले बादललाई बिदाइ गर्दै छ ! ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण निडर बिहानीमा लामा पाइला हान्दै छ! वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाले का छन्!शारदीय रातका तारा र जूनले आफ्नो राज्यको बाधा फुकुवा भएको महसुस गरेर होला! घर आँगनमा बिस्तारै फक्रँदो फूलको यौवन पोखिन थालेका छन् । बारीमा लपरम्मा धानका बाला झुलेका छन् ! वर्षायामको समाप्तिसँगै किसान हर्षित भयका छन् ।पर्खाइको एउटा सुखान्त संसार त्यहाँ साह्रै आशावादी भएका छन् ।वर्षौँसम्म फोन र भिडियोकलमा बोलेर… पुरा पढौ

जापानमा विदेशी बासिन्दाहरूको संख्या ३.२ मिलियन पुग्यो, नेपालीको संख्या १ लाख ५६ हजार ३३३

जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या २०२३ मा ३.२ मिलियन भन्दा बढीको रहेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।अध्यागमन सेवा एजेन्सीका अनुसार जुनको अन्त्यसम्ममा जापानमा श्रम अभावले सिर्जना भएको माग पूरा गर्न धेरै कामदारहरू प्रवेशपीसंगै विदेशीको संख्या ३२ लाख २३ हजार ८५८ पुगेको छ । यो संख्या गतवर्ष २०२२ को डिसेम्बरको अन्त्यको तुलनामा १ लाख ४८ हजार ६४५ बढी हो ।जापानले प्राविधिक इन्टर्नशिप कार्यक्रममा भाग लिने प्रशिक्षार्थीहरूका साथै तालिमको आवश्यकता बिना तोकिएको उद्योगहरूमा तुरुन्तै काम गर्न सक्ने निर्दिष्ट दक्ष कामदारहरूको… पुरा पढौ

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति कान्साइको अधिवेशन अक्टोबर ३० मा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको अध्यक्ष गैरेले बताए । उनका अनुसार अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप… पुरा पढौ

नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने

नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावलीको अवसरमा नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित GREAT NATIONAL SOUTH COURT HOTEL को हलमा आयोजना गर्न लागिएको यस कार्यक्रममा पारिवारिक भेटघाट, शुभकामना आदान-प्रदानको साथमा सांगीतिक प्रस्तुति समेत रहने संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए। हाम्रा अभिभावक साथै हाम्रा साना नानी बाबु सहितको उपस्थिति रहने कार्यक्रममा दशैको सामाजिक र सांस्कृतिक महत्वको विषयमा समेत जानकारी गराउदै जन्मभूमिमा दशै तथा शुभ दीपावली… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले नेपालको लागि पर्यटन प्रवर्द्धन गर्दै

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बार्सिलोनामा ‘नमस्ते बार्सिलोना- २०२३’ कार्यक्रम हुने भएको छ । २२ अक्टुबर आइतबारका दिन बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली साँस्कृतिक कार्यक्रम नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले गर्न लागेको हो । नेपालीहरुका ठूला पर्व दशैं, तिहार तथा छटको अवसरमा बार्सिलोना नगरपालिका, साँस्कृतिक विभागसंग सहकार्य गर्दै नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हुन् लागेको हो । आयोजक नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले दशैं तिहार तथा छटको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन होस् भनेर… पुरा पढौ

श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च नगर्ने एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको प्रतिबद्धता

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामीमहाधिवेशनका अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार (आरके) शर्मालेएनआरएनए भड्किलो बन्दै गएको भन्दै कार्यक्रमहरु तारेहोटलमा नगरी रत्नपार्कमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स)संग बार्सिलोनामा मंगलवार साँझ छलफल गर्दै श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न नहुनेमा जोड दिएका हुन् । ‘परदेशका श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न हुदैन भन्ने पक्षमा म छु’, एनआरएनएका उपाध्यक्ष समेत रहेका शर्माले प्रस्ताव गरें’, ‘एनआरएनएका कार्यक्रमहरु तारे होटलमा हैन रत्नपार्कमा गरौंभन्ने मेरो लाइन छ, म अध्यक्ष भएमा यस्ता भड्किला कार्यक्रमहरुहुने छैनन्, फजुल अनावश्यक खर्च रोक्ने छु ।’ १७ अक्टुवरबाट एनआरएनएको ११ औं महाधिवेशन शुरु हुदैछ ।एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुका साथै आवश्यकभन्दा अरु क्षेत्रमा खर्च गर्न नहुनेमा आफु सुरुदेखि भएको बताउँदै खाड़ी देखि युरोप अमेरिकाका श्रमिकहरुको हितमा काम गर्नेआफ्नो मुख्य उद्देश्य रहेको दोहोर्याए । महंगा होटलमा लाग्ने खर्च कटाएर सामान्य खर्चमा एनआरएनएका कार्यक्रमहरु गरीश्रमिकको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए । शर्माले एनआरएनएलाई एकताबद्ध र सबै परदेशी नेपालीको साझा संस्था बनाउनको लागि अध्यक्षको उम्मेदवारी घोषणागरेर अघि बढेको बताए । ‘एनआरएनएको अध्यक्ष बनेर फ़ोटो झुण्ड्याउन जाँदैछैन, पछिल्लो समयमा विभाजित एनआरएनएलाई एकढिक्का र सबैपरदेशी नेपालीको साझाबनाउन नेतृत्वक दाबी गरेको हुँ आशा छ सबैको साथ पाउने छु ।’ शर्माले भने । एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाको अध्यक्षतामाभएको कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएर स्पेन पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेर अघि बढेका छन् । पुरा पढौ