
नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति ओकिनावाको दोस्रो क्षेत्रीय अधिवेशन डिसेम्बर १० तारिख अर्थात आइतबार हुने भएको छ ।
मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति ओकीनावाको दोस्रो क्षेत्रीय अधिवेशन हुन लागेको क्षेत्रीय समितिका अध्यक्ष गोबिन्द प्रसाद पौडेल “अनीष”ले जानकारी दिए ।
“प्रगतिशील प्रवासीहरुमा एकता नेपाली जनप्रगतिशील मञ्च आजको अवश्यकता” ‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ संसारका मजदूरहरु एक हौ।भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको क्षेत्रीय समितिका अध्यक्ष पौडेलले बताए । उनका अनुसार अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप कार्य भएको छ । नमस्ते गाउँले रेष्टुरेन्ट नाहा वाकासा २-३-१५ हिकारी सोऊजी बिल्डिंगमा दिउसो ३ बजेदेखि कार्यक्रम हुने भएको हो।
अधिवेशनले आगामी (२०२३-२०२५)कार्यकालको लागि नेतृत्व चयन समेत गर्ने बताईएको छ । प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर जापानको ओकीनावा क्षेत्रीय समितिको अधिवेशन हुने तय भएको राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष मोहन पौडेलले बताए ।