
टोकियोमा नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रम गर्ने भएको छ।
नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ गर्न लागेको सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए।
मगरहरुको एतिहासिकता र मौलिक परम्परालाई निरन्तरता दिनका लागि जापानको प्रवासमा रहेका मगरहरूले संघ जापानले आउदो जनवरि १३ तारिख शनिबारका दिन टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) को हलमा सक्रान्ति पर्व अवसर पारेर २६ औं लाङ्घाली साँझ गर्न लागेको महासचिव ठाडा मगरको भनाइ छ ।
साँझ ५ बजेदेखि शुरु हुने लाङ्घाली साँझलाई भब्य रुपमा मनाउन लागिएकोले जापानमा रहेका मगर सहित सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि महासचिव ठाडा मगरले आग्रह गरे ।
मगर जातीको संस्कार संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै विदेशमा रहेका नया पुस्तालाई समेत जोडेर परम्पराको पुस्ता हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको सङ्घका अध्यक्ष रामहरी खपांगी मगरले बताए।
हामी नेपाली संसारको जुनसुकै कुनामा पुगे पनि जहां हामी पुगेका हुन्छौ त्यहा हाम्रो कला, संस्कृति सबै पुगेको हुन्छ। अध्यक्ष खपाङ्गी मगरले भने – हाम्रो संस्कार र संस्कृति आफैमा महान् छन यी संस्कृति र रितिरिवाजलाई जिवन्त राख्दै पुस्ता हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो।
संस्कार र संस्कृतिसंग जोडिएका सकारात्मक पक्षलाई आत्मसात गर्दै विकृतिहरुलाई छोडेर अगाडि बढ्नु हाम्रो दायित्व रहेकोले आपसी भाईचाराको सम्बन्ध स्थापित गर्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने खपांगी मगरको भनाई छ।
