प्रवास

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजु बस्नेत र अजय थापा कालु निर्वाचित

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेत र नागोयामा अजय थापा कालु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । मंगलबार जापानको टोकियोस्थित शिन ओकुबोमा सम्पन्न कान्तो क्षेत्रीय समितिको अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे मित्र, इश्वर बस्नेत र गगन खत्री झकास लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी, सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका… पुरा पढौ

१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो रहनेछ यस पटकको नेपाल फेस्टिवल(विस्तृत जानकारी सहित)

टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग तयारी सकिएको जनाएको हो । प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए अनुसार, जापानमा अन्य मुलुकहरुले आयोजना गर्नेभन्दा पृथकरुपमा नेपाल फेस्टिवल नेपाली र जापानीहरु नै बढी… पुरा पढौ

स्वर्गीय बिनोदको परिवारलाई घुम्टे युवा परिवार जापानले गर्यो १९ लाख जापानी येन सहयोग

जापान पुगेर राम्रो आम्दानी गरि परिवारको जीवनस्तर माथि पुर्याउनुका साथै सामाजिक संघसंस्थामा पनि सबैसँग हातेमालो गर्दै हिड़ने सुन्दर सपना सजाएर घरबाट जापानको यात्रा तय गरेका बिनोद थापाको परिवारलाई लागेको थिएन नै उनको १३औ दिनको पुण्यतिथिमा जापानबाट संकलित राहत रकम बुझ्नु पर्ला भनेर । भाग्यको खेल दैवको लीला बुझिसक्नु नहुने रहेछ २६ वर्षीय बिनोद चितवनको होलिभिजन स्कूलको बसको ठक्करबाट सवारी दुर्घटना परि जुन २१ तारिक सबैलाई रुवाउदै यस धर्तीबाट बिदा लिए । यो विदाईलाई अपांग बुवा रोगी आमा र साना ती… पुरा पढौ

कानागावा नेपाली कम्युनिटिद्वारा नवप्रवेशी नेपाली विद्यार्थीहरुलाई परामर्श तथा स्वागत कार्यक्रम

कानागावा नेपाली कम्युनिटिको आयोजनामा जापानमा नव आगन्तुक नेपाली विद्यार्थीहरुलाई लक्षित गरी स्वागत तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । जुलाई १७ तारिख आईतबार कानागावा प्रिफेक्चरको योकोहामामा आयोजित कार्यक्रममा नव आगन्तुक नेपाली विद्यार्थीहरु लक्षित गरी पार्टटाइम काम, भिषा, जापान बसाई तथा पढाइ सम्बन्धी विषयगत रूपमा आफ्नो अनुभव आदान प्रदान तथा ज्ञानहरु बाढ्दै जापानको दैनिकीमा आवश्यक सूचना र जानकारीको बारेमा परामर्श प्रदान गरिएको थियो । कानागावा नेपाली कम्युनिटीका उपाध्यक्ष तथा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका संरक्षक एवम् खानागावा सरकारका सल्लाहकार… पुरा पढौ

१२ औँ नेपाल फेस्टिवलको तयारीको बारेमा २२ तारिक पत्रकार सम्मेलन गरिने

टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिक पत्रकार सम्मेलन गरिने टोकियो/जापान । जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित जुलाई २२ तारिक बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदन-प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र… पुरा पढौ

सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशन तथा नवप्रवेशी नेपाली विद्यार्थीहरूलाई स्वागत तथा सहयोगी अग्रज सम्मान साथै यस वर्षको कार्य तालिका सार्वजनिकीकरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशनको लागि विषयगत समितिहरूले आफ़्नो ज़िम्मेवारीका कार्य पूरा गरि सकेको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए । सेन्दाई विद्यार्थी समूहले वार्षिक रूपमै कार्ययोजना बनाएर आफ़्नो सक्रियता बढाउने भको छ ।त्यसका… पुरा पढौ

गल्कोट समाज क्षेत्रीय समिति नागोयाको अधिवेशन जुलाई २६ मा हुने

गल्कोट समाज क्षेत्रीय समिति नागोयाको आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति चयनको लागि छैठौ अधिवेशन जुलाई २६ तारिकमा हुने भएको छ ।बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको नागोया क्षेत्रमा रहेका गलकोटेहरूको उपस्थितिमा हुने सो अधिवेशन “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ सम्पन्न हुन लागेको हो ।जुलाई २६ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयाको Sannomaru, Naka-ku, Nagoya मा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राम थापा काजीले जानकारी दिए… पुरा पढौ

रेल्वे ट्र्याकमा फसेका वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भएका तीन नेपाली विद्यार्थीलाई जापान प्रहरीद्वारा सम्मानित

जापानको हिरोशिमा प्रान्तमा जापानी भाषा अध्ययन गर्न आएका तीन जना नेपाली विद्यार्थीले रेल ट्र्याकमा फसेका एक वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भन्दै त्यहाको स्थानीय प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।गत मे ९ मा हिरोसिमा प्रान्तको काइता शहरमा रहेको व्यावसायिक विद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीहरू २३ वर्षीय सचिन, सुमन र निराजले ७० दशकका वृद्धालाई पार्क नजिकैको रेल्वे ट्र्याकमा फ़सेका उनीहरूलाई बोकेर ट्र्याक पार गराइ बचाउन सफल रहि प्रशंसनीय कार्य गरेकोले सम्मानित गरिएको प्रहरीले जनाएको आरसीसी न्यूजले जनाएको छ… पुरा पढौ

दक्षिण कोरियामा अवैध रुपमा बसेका १३ नेपाली पक्राउ !सबैजना देश निकाला हुँदै !

कोरियामा मौसमी कामदारका रूपमा प्रवेश गरी अवैध रूपमा काम गर्ने ठूलो संख्यामा विदेशीहरू पक्राउ परेका छन्। न्याय मन्त्रालयको सुवन अध्यागमन कार्यालयले अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैर कानुनी रुपमा काम गरेको आरोपमा हालै १३ नेपाली नागरिकलाई पक्राउ गरेको जनाएको छ । यसपटक पक्राउ परेका नेपालीमध्ये चारजना ‘कृषि तथा मत्स्यपालन मौसमी काम (इ–८)’ को हैसियतमा कोरिया प्रवेश गरी श्रम सम्झौता अवधि नपुग्दै काम छाडेर गैरकानूनी रूपमा अर्को ठाउँमा काम गरेको पाइएको थियो भनेबाँकी नौ जनाको भिषा अवधि सकिएको कारण अवैध अवस्थामा… पुरा पढौ

अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुग्यो

अस्ट्रेलिया — अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । अस्ट्रेलिया सरकारले हरेक ५ वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सन् २०१६ को जनगणनामा करिब ५५ हजारको हाराहारीमा रहेका नेपालीको संख्या ५ वर्षको अन्तरमा दोब्बर बढी भएको हो । अस्ट्रेलियन सरकारले मंगलबार सार्वजनिक गरेको जनगणनाको तथ्यांक अनुसार विदेशमा जन्मिएर अस्ट्रेलिया आउने नागरिकको जनसख्ंया वृद्धिमा नेपालीको संख्या दोस्रो स्थानमा परेको… पुरा पढौ