प्रवास

फ्रान्सका मेयरलेपनि मनाए दशैं

फ्रान्सको बेल इल अँ मेयर भन्ने क्षेत्रको ल पाले नगरपालिकामा नेपाली झण्डा फहराउँदै फ्रान्सेली मेयरले दशैं मनाएका छन् । उक्त क्षेत्रमा पर्ने ल पाले नगरपालिकामा नेपाली झण्डा गाडेर दशैं मनाउने कार्यक्रम नेपाली ब्यापारी प्रकाश चन्द्र पाठकले मिलाएका हुन् । पाठकका अनुसार बेल इल अँ मेयर क्षेत्रको ल पाले नगरपालिकाका मेयर तिबो गोल्मु नेपालप्रेमी बनेका छन् । नेपाल गएका, नेपाललाई माया र प्रेम गर्ने धेरै फ्रन्सेलीहरुलाई नेपालको माया दिलाईरहन, संझना गराउन प्रकाश पाठकले दशमीकै दिन दशैं मनाउने कार्यक्रम राखेका थिए ।… पुरा पढौ

एनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, अधिकांश सदस्यहरु संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने पक्षमा, अध्यक्ष पन्त पूर्व अध्यक्ष सहितको टिम बनाउने पक्षमा

काठमाडौँ -- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकाल थप्नु पर्ने मागलाई आइसीसीका बहुमत सदस्यहरुले अस्वीकार गरि दिएका छन्। शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा केन्द्रीय अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्र पछि उत्पन्न परिस्थितिलाइ ध्यानमा राखी संघको दशौँ महाधिवेशन स्थगित गर्नु परेको बताएका थिए। उनले महाधिवेशन र चुनाव गराउन विधान अनुसार आइसीसीको पदावधि ६ महिना थप गर्न प्रस्ताव गरेका थिए। उनले ३० नोभेम्वर २०२१ भित्रै चुनाव गराउने गरि काम गर्ने पनि जनाएका थिए।… पुरा पढौ

गुल्मेली समाज जापानको अधिवेशन अक्टोबर २४ मा

कोरोना महामारीको कारणबाट स्थगित हुदै आएको गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिक आइतबार दिउसो १ बजेबाट टोकियोको शिनओकुबो सोलमारी मुरा हलमा हुने भएको छ।गुल्मी ज़िल्लामा जन्म भै जापानमा विभिन्न पेशा व्यावसाय, अध्ययन र रोजगारीको शिलाशिलामा जापानमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरुलाई संगठित गर्दै एक आपसमा पारस्परिक सम्बन्ध, सद्भाव, सहयोग प्रदान गर्ने उदेश्यले गठित सो समाजको वार्षिक साधारण तथा अधिवेशन गर्न लागिएको प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिए ।कोरोना महामारी विरुद्दको स्वास्थ्य मापदण्ड अपनाउदै सिमित उपस्थितिमा… पुरा पढौ

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टोबर २४ मा, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, २०२१ मा संघका अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक शेष घलेको प्रमुख अतिथ्यतामा हुने भएको छ। गैरआवासीय नेपाली संघ भित्रको विकसित पछिल्लो घटनाक्रमको विवेचना र एनसीसीहरुको धारणा सम्बन्धमा एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला यहि अक्टुवर २४, २०२१ मा आयोजना गरिएको हो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधि लगायत बिषयमा पत्र पठाएको र त्यसपछि उत्पन्न परिस्थित र संघको महाधिवेशन नै स्थगन… पुरा पढौ

गैर आवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र विश्व सम्मेलन स्थगित हुदै अनिश्चित

गैर आवासीय नेपाली संघको २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने भएको छ ।संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल माध्यमबाट आइतबार सम्पन्न बैठकबाट संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रको सन्दर्भलाई लिएर अर्को निर्णय नहुने समयसम्मका लागि स्थगित गरिएको प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय… पुरा पढौ

एनआरएनए विवादः जापान र जर्मनीमा चुनाव गर्नैपर्ने, युके र अमेरिकामा नपर्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद निरुपणका लागि दिएको पछिल्लो निर्देशनलाई लिए भ्रम उत्पन्न गर्ने प्रयास सुरु भएको छ । संस्थापन पक्षका केही पदाधिकारीले पूर्वनिर्धारित मितिमै निर्वाचन भएका केही एनसीसीहरुमा पनि मन्त्रालयले पुनः चुनाव गर्न निर्देशन दिएको भन्दै भ्रम छर्ने काम गरेका छन् । संघको विधानमा उल्लेख भएको र आइसीसीको सहमतिमा फरक मितिमा निर्वाचन गरिएका एनसीसीहरुमा पुनः चुनाव गर्न नपर्ने परराष्ट्र श्रोतले बताएको छ । खासगरी सदस्यता, महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन तथा एनसीसीको निर्वाचन प्रक्रियालाई लिएर… पुरा पढौ

वैदेशिक रोजगारी: नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा कन्टेनरबाट उद्धार

जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित एक सय बढी आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ ।  सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्धार गरेको हो । तीमध्ये १०० भन्दा बढी राजनीतिक संकटमा फसेका हाइटीका नागरिक रहेका समाचारमा जनाइएको छ । समाचारअनुसार नेपाल र घानाका नागरिक पनि रहेका बीबीसीले जनाएको छ ।  कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ । मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले उनीहरूलाई छोडेको हुन सक्ने… पुरा पढौ

आखा उपचार केन्द्रले शल्यक्रियासम्मको कार्य गर्न उपकरण खरिदका लागि घुम्टे युवा परिवार शाखा जापानको २७ लाख सहयोग

परदेशमा रहेकाहरुको मन घरदेश त्यो पनि आफनै जन्मभूमिमा केही गरौ भन्ने भै रहन्छ । विशेषज्ञ स्वास्थ्य सेवाको कमि भैरहेको बागलुङको गलकोट मल्म र त्यस वरपरका बासिन्दालाई सामान्य रूपमा स्वास्थ सेवा प्राप्त भएपनि आखा चेकजाँच र उपचारको अभावमा निकै कष्ट व्यहोरदै आउनु परेको थियो ।मल्ममा जन्मेर आखा सम्बन्धी विशेषज्ञता हासिल गरेकी डाक्टर सल्मा केसीराई जब आखा शिविर संचालनको लागि गलकोटमा पुगिन तब उनलाई मनमा एकप्रकारको खिन्नता लाग्यो । डा. सल्मा भन्छिन- ‘’आखा शिविर संचालनका क्रममा म गलकोट आउदा त्यहाको आखासम्बन्धी बिरामी… पुरा पढौ

महाधिवेशनपछि सार्न आग्रह गर्दै परराष्ट्रले एनआरएनएलाई फेरि सोध्यो स्पष्टीकरण, ६५ प्रतिशत प्रतिनिधि छनोट विधान अनुसार गर्नु

परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषदका अधिवेशनमा विद्यार्थीलाई सदस्य बनाएर मतदान प्रक्रियामा सहभागी गराइएको बारेमा स्पष्टीकरण सोधेको छ । शुक्रवार संघको नाममा स्पष्टीकरण पत्र लेखदै मन्त्रालयले देशको नाम उल्लेख नगरी एनसीसीको निर्वाचनमा विद्यार्थीलाई सहभागी हुन विधानले नदिएपनि सहभागी गराइएको पाइएकोले त्यसका बारेमा स्पष्ट जानकारी दिनका लागि निर्देशन गरिएको छ । पत्रमा भनिएको छ- यदी कहीँ विद्यार्थी सदस्य बनेका छन भने त्यसको छानविन गरेर त्यसमा पुनर्विचार गर्नुहोला ।’ जापानमा जुलाई ३० मा सम्पन्न एनसिसिको निर्वाचनका विषयमा विवाद सृजना… पुरा पढौ

जापानमा कोरोना संक्रमणका कारण फेरि अर्को नेपाली युवकको निधन, विभिन्न कारणले एकै हप्तामा ३ जना नेपालीको मृत्यु

नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।जापानमा श्रीमतिसंगै बसदै आएका मृतक गुरूङको नेपालमा आमा बुवा र छोरा रहेको बताईएको छ ।लामो समयदेखि उपचाररत गुरूङको निधनपछि अस्पतालको सल्लाह बमोजिम शवको अन्तिम संस्कार गरिने बताईएको छ ।मृतक गुरूङकि श्रीमति पनि कोरोना संक्रमित पछि हाल कोरोनामुक्त भएको बताईएको छ… पुरा पढौ