कानागावा नेपाली कम्युनिटीको तेस्रो अधिवेशन, अध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित

-


     जनहित न्युज    
     भाद्र ७ गते २०७९


जापानमा रहेको कानागावा नेपाली कम्युनिटीको तेस्रो अधिवेशन सर्वसम्मति रूपमा राजेन्द्र श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ ।


नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश के.सी. र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ भने सदस्यहरूमा सुदीप लम्साल, राजकुमार श्रेष्ठ, सचिन के.सी.,भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई छनौट गरेको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी दिए ।संयोजक पौडेलका अनुसार सो अधिवेशनले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष १ जनाको पद थप गरी ३ जना उपाध्यक्षबाट ४ जना रहने ब्यवस्था गरेको छ भने सदस्य ३ जनाको चयन भने कार्यसमितिले पछि गर्ने छ ।निर्वाचन समितिमा पौडेलसंगै सदस्यमा लोकनाथ वस्ती र बाबुराम भण्डारी रहेका थिए ।सो अधिवेशनको समापन समारोहमा कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञानकुमार थापा,गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक सह-संयोजक ददीवल खड्का, नेपाली व्यापार संघ-जापानका अध्यक्ष विजय थकाली,चितवन समाज-जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,दोलखा समाजोजापान का अध्यक्ष महेश खड्का, संचारकर्मी दिनेशकुमार थपलिया, निर्वाचन समितिका संयोजक र सदस्यहरूले नवगठित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सो अवसरमा कानागावा नेपाली कम्यूनिटीका नि-वर्तमान अध्यक्ष डोलराज सापकोटा ‘हरि’ ले जापानमा रहेका नेपालीहरूको एउटा अलग्गै के पहिचानसहितको क्रियाशील नेपाली समुदायिक संस्था बनाउन विभिन्न कठिनाईका बावजुदपनि सबैको सर-सहयोगबाट सफलता हासिल गर्न सकिएकोमा खुशी ब्यक्त गरे ।
नव-निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको साखलाई कायम राख्दै अझै ऊर्जाशील बनाई राख्नका लागि आफू क्रियाशील भई रहने प्रतिवद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?